नेपाली युवा भारतविरुद्ध भड्कँदैछन् ?

नेपाली युवा भारतविरुद्ध भड्कँदैछन् ?


■ त्रिभुवनचन्द्र वाग्ले

भारतको एउटा बुझाइ पूर्ण सत्य हो कि भारतविरुद्ध नेपाली युवा भड्किरहेका छन्, तर किन यस्तो भइरहेको छ भन्ने भारतको बुझाइ भने पूर्ण सत्य हुन सक्दैन ।

नेपालको प्रमुख विकास साझेदार हो भारत । भारतले नेपाललाई बर्सेनि ठुलो अङ्कमा अनुदान उपलब्ध गराउँछ । दैनिक सीमा वारपार गरेर धेरै नेपाली तथा भारतीले दैनिकी गुजारा गर्दै आएका छन् । यो क्रम अझ लामो रहने छ । भारतखण्डको सांस्कृतिक इतिहास छ, जसअनुसार नेपाल र भारतबीच राजनीतिक सीमा छैन । यो एउटै खण्ड हो । नेपालले नदीनाला भारत पठाइदिन्छ र बङ्गालको खाडीमा हुने मौसमी क्रिया, प्रतिक्रिया र परिवर्तनले नेपालमा वर्षा हुन्छ । नेपाल र भारतबीच मौसमी र वातावरणीय विभाजन छैन । बरु अन्तरसम्बन्ध छ ।

नेपाली र भारतीयबीच उल्लेख्य सङ्ख्यामा बिहेबारी भएका छन् । अझै पर प्रागइतिहास र त्योभन्दा पनि पर धार्मिक युगतिर फर्कने हो भने हाम्रा ऋषिमुनिले नेपाल–भातरलाई साझा ‘हिन्दुस्थान’ बनाएका थिए । राजनीतिक रूपमा सन् १९४५ बाट भारत अहिलेको भारत भएको हो, त्योभन्दा पहिला विसं. १८२५ तिरबाट नेपाल नेपाल भएको हो । लामो समय हामीहरू स्वतन्त्र राजनीतिक देश (खण्ड) का अभिभाज्य र अन्तरसम्बन्धित साँस्कृतिक खण्ड (युनिट) का बासिन्दा थियौं । यसो हुनुमा मानव उद्विकास (इभोलुसन) को इतिहास, हाम्रो वातावरण, संस्कृति र महान् ऋषिमुनि र पछिल्ला नेताहरूको ठुलो योगदान छ ।

जब भारत स्वाधीन राष्ट्र बन्न गान्धी नेतृत्वको अभियानमा सक्रिय थियो । कृष्णप्रसाद कोइराला, बीपी कोइराला, दीव्या कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारीजस्ता नेपालका प्रातःस्मरणीयहरूले तत्कालीन अङ्ग्रेज–भारत सरकारविरुद्ध आफूलाई उभ्याउनु भएको इतिहास छ । बीपी भन्नुहुन्थ्यो– भारत स्वाधीन नभइ नेपालमा प्रजातन्त्र सम्भव छैन । उता भारतमा स्वाधीनताको आन्दोलनमा कडा दमन हुन लागेपछि भारतबाट भागेर नेपालको सप्तरीस्थित हनुमान नगरमा लुकेका भारतीय नेताहरूलाई तत्कालीन राणा सरकारले जेलमा थुन्यो । प्रतिकारमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले राममनोहर लोहियालगायत उहाँहरूलाई हनुमाननगरको राणाको जेलबाट मुक्त गरेका थिए ।

हाम्रा थुप्रो सङ्ख्याका सर्वसाधारण, पूर्व सेना, भारतमा रहेका विद्यार्थीले भारतीय स्वाधीनताको आन्दोलनमा भौतिक तथा नैतिक सहभागिता वा समर्थन गरेका छन् । नेपालमा जहानीय राणा शासनको अन्त्य गर्न स्वाधीन भारतका नेताले सहयोग गर्नुभएको थियो । त्यतिमात्र होइन, २०४६ मा नेपाली काँग्रेसको नेतृत्वमा भएको आन्दोलनमा चन्द्रशेखरलगायत भारतका केही विशिष्ट नेताहरू नेपाल आएर सर्वोच्च नेता गणेशमान सिंहको आँगनबाट नेपाली आन्दोलनलाई नैतिक समर्थन गर्नुभयो । हत्याहिंसाको शृङ्खला बिसाउँदै शान्तिपूर्ण राजनीतिक मूलधारमा नेकपा माओवादीलाई ल्याउन नेपाल सरकार र माओवादी दुबैलाई उत्प्रेरणात्मक पहल भारतले गरेकै हो । यसरी ऋषिमुनिदेखि नेताहरूसम्मले हुर्काएका सामाजिक, साँस्कृतिक नाता, स्वाधीनता र प्रजातन्त्रको सम्बन्ध, अनुहार र दैनिक व्यवहारको समानता, नेपाल पहिरिँदा भारत डुब्ने बाध्यता हुँदाहुँदै पनि किन नेपाली युवामा भारत विरोधी मानसिकता हुर्किदो छ ? यो समीक्षाको विषय हो । यसको बढी समीक्षा भारतबाटै हुनुपर्छ । कहीँ कतै उनीहरूको सहयोगको केमिकल मिलेको छैन ।

दुवै देशका युवालाई हाम्रा विशेष सम्बन्धबारे जानकारी दिन नसक्दा आगामी दिन नेपाल भारत सम्बन्ध प्राविधिक र यान्त्रिक बन्ने छ । हाम्रो सम्बन्ध परराष्ट्रका सिद्धान्तजस्ता प्राविधिक संयन्त्रले होइन मानवता र संस्कृतिले निर्मित छन् तर वर्तमान युवा पुस्ता विगतका यस्ता अन्तरसम्बन्ध कम बोध गर्छन् । जहाँ सम्बन्ध रहँदैन त्यहाँ विभाजन (डिस्इन्ट्रिग्रेसन) उत्पन्न गर्छ । मानव समाजलाई विभिन्न सम्बन्धले बाँधेको हुन्छ ।

परिवर्तित समयले नेपाल भारत दुवैलाई धेरै अगाडि ल्याएको छ । दुवै देशका वर्तमान युवा ऋषिमुनिकालीन नेपाल–भारतको साझा भूखण्डबारे चासो राख्दैनन् । भारतलाई स्वाधीन बनाउन योगदान दिने नेपाली नेता बीपी कोइरालालाई चिन्दैनन् । यता नेपाली युवा पनि नेपालमा प्रजातन्त्र ल्याउन सहयोग गर्ने भारतीय नेता जवाहरलाल नेहरू वा चन्द्रशेखरलाई जान्दैनन् । यस्ता दर्जनौँ उदाहरणका कारण नेपाल तथा भारतका युवाले हाम्रो विशेष सम्बन्ध अनुभूति गर्दैनन् ।

नेपाली पुरानो पुस्ता बनासरलाई भारतको भूभागभन्दा पनि पवित्रस्थानका रूपमा पूजा गर्छन् । नेपालको शिक्षा, साहित्य राजनीतिको केन्द्र थियो बनारस । आस्थाको केन्द्र । हाम्रा पिता पुस्ता बनारस टेक्दा भारतप्रति आभार व्यक्त गर्थे । गर्व गर्थे । यसैगरी भारतीहरू एकपटक पशुपति र जनकपुर आएर जीवनलाई सार्थक बनाउने अभिलाषा पाल्थे । यी विरासतलाई हामीले बचाउन चाहेनौँ भने नेपाल र भारतका युवा अझ एक्लदै (डिट्याच) जानेछन् । दुवै देशका युवालाई हाम्रा विशेष सम्बन्धबारे जानकारी दिन नसक्दा आगामी दिन नेपाल भारत सम्बन्ध प्राविधिक र यान्त्रिक बन्ने छ । हाम्रो सम्बन्ध परराष्ट्रका सिद्धान्तजस्ता प्राविधिक संयन्त्रले होइन मानवता र संस्कृतिले निर्मित छन् तर वर्तमान युवा पुस्ता विगतका यस्ता अन्तरसम्बन्ध कम बोध गर्छन् । जहाँ सम्बन्ध रहँदैन त्यहाँ विभाजन (डिस्इन्ट्रिग्रेसन) उत्पन्न गर्छ । मानव समाजलाई विभिन्न सम्बन्धले बाँधेको हुन्छ ।

भारतले नेपालविरुद्ध गरेको ‘नाकाबन्दी’ले नेपाली युवालाई भारतविरोधी बनाउन ठूलो भूमिका निर्वाह गरेका छ । २०४५ सालमा भारतले नेपाली प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पुग्ने गरी परोक्ष तरिकाले मट्टितेललगायतको आपुर्ति रोक्दा व्यापार सन्धि नवीकरण हुन नसकेको र त्यसको कारण तत्कालीन पञ्चायती सरकार थियो भन्ने रणनीति प्रयोग गरेको थियो, जसले प्रजातान्त्रिक आन्दोलनमा होमिएका युवा भारतले गरेको आपूर्ति रुकावटलाई ‘प्रजातान्त्रिक आन्दोलनप्रतिको समर्थन’ का रूपमा बुझ्दथे । सन्धि नवीकरण गर्न नसक्ने पञ्चायतलाई दोष दिन्थे । भारतले आफ्ना काम ग¥यो तर पञ्चायतलाई दोष दिएर । यसलाई परराष्ट्र नीतिको एक कला भन्न सकिन्छ ।

नेपाल–भारत सीमामा भारतले बनाएको बाँध नामको सडकले वर्षामा मधेस डुब्ने गरेको छ । मधेसी युवाले देखिरहेका छन्– सस्तो र सितैमा नेपालको चुरेबाट दोहन गरिएको गिटीबालुवाले बनाइएको सडक नामको भारतीय बाँधले उनीहरूको माटो मात्र डुब्ने गर्दैन मन पनि डुबाउने गरेको छ । यस्तो कार्यको विरोध गर्दा नेपाली युवाले भारतीय प्रहरीको कारवाहीमा मृत्युवरण गर्नुभएको छ ।

नेपालको २०७२ को संविधान जारी भएपछि मधेसमा देखिएको असन्तुष्टिलाई सघाउन गरेको नाकाबन्दीमा २०४५ को जस्तो कलापूर्ण कुटनीतिक आवरण लेपन गर्न सकेन । यो भारतको कुटनीतिक कमजोरी थियो, खासगरी मोदी सरकारको । भारतले २०४५ माजस्तो नेपाल (पञ्चायत) लाई सन्धि नगरेको दोषारोपण गर्ने कुशल राणनीति देखाउन नसकेपछि अधिकांश नेपाली युवाले यसलाई नेपालमाथिको ठाडो हस्तक्षेप देखे । नेपालको आन्तरिक मामिलामा सिधै हस्तक्षेप देखिने गरी नाकाबन्दी गरेर भारतले ‘दबाबको कुटनीतिक कला’ देखाउन सकेन । यसले गर्दा नेपालका तमाम युवा भारतविरोधी भए ।

संविधानलाई आधार बनाएर नाकाबन्दी लगाउने भारतको समर्थन गर्न तराई–मधेशका युवा वा दललाई पनि सङ्कट पऱ्यो । २०४५ को व्यापार सन्धि नवीकरण नगरेको भनी पञ्चायतविरुद्ध लाग्न युवालाई जुन सहजता थियो तर राष्ट्रियताको सवालमा जोडिएको संविधानको विरोधमा गरिएको नाकाबन्दीलाई तराई मधेसका युवा तथा आन्दोलनरत दलहरूले सिधै समर्थन गर्न सक्ने अवस्था थिएन । यसले तराई–मधेश आन्दोलन सङ्कटमा पऱ्यो । यहाँ भारतको सहयोग ‘सहयोग कला’ चुक्यो । सहयोग नै प्रत्युत्पादक बनेपछि आन्दोलन तुहियो भने नाकाबन्दीबाट भारत पछि हट्न बाध्य भयो ।

भारतको अर्को बुझाइ गलत सावित हुँदैछ, पहाडीको तुलनामा तराई मधेसका युवा तथा दल भारत समर्थक छन् भन्ने भारतले बुझेको देखिन्छ । सीमा–मनोविज्ञानलाई छाड्ने हो भने अबका तराई–मधेसी युवा तथा दल भारतको प्रखर विरोधी हुनेछन् । नेपाल–भारत सीमामा भारतले बनाएको बाँध नामको सडकले वर्षामा मधेस डुब्ने गरेको छ । मधेसी युवाले देखिरहेका छन्– सस्तो र सितैमा नेपालको चुरेबाट दोहन गरिएको गिटीबालुवाले बनाइएको सडक नामको भारतीय बाँधले उनीहरूको माटो मात्र डुब्ने गर्दैन मन पनि डुबाउने गरेको छ । यस्तो कार्यको विरोध गर्दा नेपाली युवाले भारतीय प्रहरीको कारवाहीमा मृत्युवरण गर्नुभएको छ । भारतको बाँधका कारण पहाड डुब्ने छैन । भारतका कारण जतिजति तराई–मधेसका क्षेत्र डुबानमा पछनर्् त्यतित्यति तराई मधेसका नेपाली भारत विरोधी हुनेछन् । यसबारे भारतले समयमै सोच्न आवश्यक छ । सीमा क्षेत्रमा भारतले गर्ने अन्यायले सीमाका नेपालीको मन दुख्ने छ, जो विरोधमा परिणत हुनेछ ।

राजाका ‘दास’सँग वार्ता नगर्ने माओवादीले राजाका भाइ धीरन्द्रसँग राखेको विशेष सम्बन्ध र गरेको वार्ता तथा राजतन्त्रको अन्त्यजस्ता उसको नारासँग सतेच नेपाली जानकार नै छन् । भारतद्वारा संरक्षितले नै उम्दा राष्ट्रवादी देखिन भारतको विरोध गर्दा आमसाधासिधा जनतामा विरोधको स्वर विस्तार हुने गरेको छ । भारतका शुभचिन्तकहरूले यसमा पनि ध्यान दिनुपर्छ ।

भारतले नेपालमा प्रजातन्त्र स्थापनार्थ मात्र सहयोग गरेको छैन । २०१७ को कण्ड, पञ्चायतको सवलीकरणमा पनि सहयोग गरेका छ । माओवादी नेताहरूलाई भारतमा संरक्षणमात्र होइन भारतीहरूले नेपाली माओवादीलाई सैनिक तालिम दिएको माओवादी नेताले स्वीकार गरेका छन् । कहिले राजा र कहिले काँग्रेस÷कम्युनिष्टलाई सहयोग गरेर भारतले दोहोर चरित्र प्रयोग गरेका छ । यसले चेतनशील नेपाली युवा भारतविरोधी भएका छन् । गणतन्त्र आइसकेपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति हुन रोकेर मात्र होइन प्रधानमन्त्री झलनाथ खनाललाई नियतवश भारत भ्रमणको निम्तो नदिएर चारतले कला विहीनता प्रस्तुत गरेको नेपाली सचेत युवालाई निको लाग्ने विषय नै भएन ।

नेपाल भारतबीच युवा तहमा सम्बन्ध बिगार्न भारत मात्र दोषी छैन । नेपालमा जति ठूलो स्वरमा भारतलाई गाली गर्न सक्यो त्यति नै राष्ट्रवादी भइन्छ भन्ने मनोविज्ञान पञ्चालयले हुर्काएको थियो । भारतमा शरण बस्न बाध्य कांग्रेसलाई अत (अराष्ट्रिय तत्व) भनिन्थ्यो, मानौं राजा र पञ्च मात्र राष्ट्रिय तत्व थिए । कतिपय नेपालीहरू खाँटी नेपाली हुन भारतलाई गाली गर्नुपर्छ भन्ने दीक्षा सम्पन्न मात्र छैनन् कालो देखेकै भरमा तराई मधेशका नेपालीलाई दोस्रो दर्जा (सबअर्डिनेट) का नागरिक देख्छन् । भारतले उपलब्ध गराएका महात्मा गान्धी शताब्दीलगायतका छात्रवृत्तिमा अध्ययन गरेर फर्केका वा पढ्दै गरेका केही नेपालीको मनोविज्ञान अध्ययन गरेको छु र पाएको छु उनीहरू भारतविरोधी कुरा गर्छन् । भारतको छात्रवृत्तिमा पढ्ेर भारतकै छात्राबासमा बसेर भारत पाकिस्तानबीचको क्रिकेट प्रतियोगितामा पाकिस्तानको नियतवश गरिने समर्थन मैले अनुभव गरेको छु । भारतले बनाइदिएको वीर अस्पतालको शैय्यामा सुतेर भारतलाई गाली गर्नेको मानसिकतालाई मैले केही पढेको छु ।

छिमेकी मनोविज्ञानले पनि नेपालमा भारतविरोधी जन्माएको छ । छिमेकीले गरेका प्रगतिमा जल्ने अर्को छिमेकी जस्तो हरेक कोणबाट भारतको विरोध गर्ने जन्मजात विरोधीहरूको चरित्र पनि मलाई केही थाह छ । नेपालमा दरबार र भारतको सबैभन्दा धेरै विरोध गर्नेहरूलाई त्यहाँबाट हुने संरक्षणका दर्जनौँ उदाहरण पाइन्छन् । राजाका ‘दास’सँग वार्ता नगर्ने माओवादीले राजाका भाइ धीरन्द्रसँग राखेको विशेष सम्बन्ध र गरेको वार्ता तथा राजतन्त्रको अन्त्यजस्ता उसको नारासँग सतेच नेपाली जानकार नै छन् । भारतद्वारा संरक्षितले नै उम्दा राष्ट्रवादी देखिन भारतको विरोध गर्दा आमसाधासिधा जनतामा विरोधको स्वर विस्तार हुने गरेको छ । भारतका शुभचिन्तकहरूले यसमा पनि ध्यान दिनुपर्छ । चीन वा रुसको छात्रवृत्तिमा पढेर नेपाल फर्केका अधिकांश नेपाली चीन वा रुस विरोधी नहुने तर भारतको छात्रवृत्तिमा पढ्ने अधिकांश किन भारत विरोधी हुन्छन् वा देखिन्छन् ? यसको गम्भीरता भारतले बुझ्नु पर्छ, कि कतै भारतले गर्ने सहयोगको तौरतरिका मिलेको छैन कि ?

अब न सीता र राम छन् जसले नेपाल–भारतलाई अयोध्या र जनकपुरको अस्थामा जोडुन्. न गान्धी र बीपी छन् जसले स्वाधीनता र प्रजातन्त्रको अभ्यासमा विशेष नाता गाँसुन् । तसर्थ दुवैतिरका नव पुस्ताले नेपाल–भारत सम्बन्धलाई विशेष बनाउनु पर्छ, जुन यहाँको भूगोल, संस्कृति वा जनजीवनले निर्दिष्ट गरेको सत्य हो ।

अर्कोतिर आफूलाई मन पर्दासम्म भारतको ‘सहयोग’ देख्ने नेपाली आफूप्रतिकुलका कार्यलाई ‘हस्तक्षेप’ भन्छन् । २००७ मा भारतले नेपाली काङ्ग्रेसलाई उपयुक्त वातावरण बनाइदियो काङ्ग्रेसले त्यो वातवरणलाई भारतको सहयोग भन्यो राणाले हस्तक्षेप । २०१७ मा काङ्ग्रेसलाई खुच्ची गर्न राजालाई सहयोग गऱ्यो भारतले । त्यसलाई राजाले सहयोग देखे काङ्ग्रेसले हस्तक्षेप । भारतले २०४६ को आन्दोलनमा काङ्ग्रेस÷कम्युनिष्टलाई ‘सहयोग’ गऱ्योे पञ्चलाई ‘आन्तरिक मामिलामा हस्क्षक्षेप’ । २०६२/२०६३ मा काङ्ग्रेस, एमाले, माओवादीलाई भारत ‘सहयोगी’ भयो दरबारलाई हस्तक्षेपकारी । नेपालमा भनिएको थियो– युरोल धर्मनिरपेक्षता किनियो, भारुले गणतन्त्र । २०७२ मा भारतले तराई–मधेसको आन्दोलनलाई ‘नैतिक समर्थन’ गऱ्यो पहाडी सत्तालाई ‘असह्य हस्तक्षेप’ भयो । हो यस्तो दोहोरो मान्यता र स्वार्थमा नेपालीहरूले कति खेल्ने हो ? कति रमाउने हो ? निर्णय गर्नुपर्छ ।

व्रह्माण्डीय सत्य हो– नेपाल भारतबीच विशेष सम्बन्ध रहनु नै पर्छ र रहने छ । यसलाई छिमेकी र अन्य मुलुकले पनि बुझेका छन् । नेपाली तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई चिनियाँ नेता माओत्सेतुङ्ले ‘नेपालले चीनलगायत सबै देशसँग राम्रो तर भारतसँग विशेष सम्बन्ध राख्नु ्पर्छ’ भन्नुभएको भनाइले नेपालको जियोपोलिटिक्स र साँस्कृतिक जीवनका सम्बन्ध तथा बाध्यता स्वीकार गरेको छ । वर्तमान चीनले पनि माओत्सेतुङभन्दा भिन्न विचार गरेर नेपाललार्ई गर्ने अतिमाया कामयावी हुने छैन । बिना प्रविधि प्रयोग टाढाको घामको तातोले भात पाक्दैन । पोल्ने तर नजिककै आगोले भात पाक्छ । कुरो यतिको आगोसँग खेल्न जान्नुपर्छ । नेपालले मात्र भारतसँग विशेष सम्बन्ध राख्छु भनेर सम्भव हुँदैन । भारतले पनि यो सत्य र वाध्यता स्वीकार गर्नुपर्छ ।

भारतमा गुजराल डक्ट्रिनका प्रतिपादक आइके गुजरालहरू जस्ता नेता थिए, छन् । बल्लभभाइ पटेल मात्र होइन चन्द्रशेखरजस्ता धेरै नेता थिए र छन् । अबका नेपाली तथा भारतीय युवाले नेपाल–भारत सम्बन्धलाई नयाँ तरिकाले परिभाषित गर्दै नयाँ उचाइमा पुऱ्याउन सक्छन् । त्यसका लागि उनीहरूले नेपाल भारतबीचका केही सत्य, केही तथ्य र केही बाध्यतालाई आत्मबोध गर्नुपर्छ । नेपाल भारत सम्बन्ध विशेष थियो विशेष प्रकारको हुनैपर्छ । त्यो दुवैतिरका हामीले नै बनाउनु पर्छ । अब न सीता र राम छन् जसले नेपाल–भारतलाई अयोध्या र जनकपुरको अस्थामा जोडुन्. न गान्धी र बीपी छन् जसले स्वाधीनता र प्रजातन्त्रको अभ्यासमा विशेष नाता गाँसुन् । तसर्थ दुवैतिरका नव पुस्ताले नेपाल–भारत सम्बन्धलाई विशेष बनाउनु पर्छ, जुन यहाँको भूगोल, संस्कृति वा जनजीवनले निर्दिष्ट गरेको सत्य हो ।