प्रधानमन्त्रीका निजी चिकित्सक डा. सिंह आइओएमको डिन नियुक्त

प्रधानमन्त्रीका निजी चिकित्सक डा. सिंह आइओएमको डिन नियुक्त


त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिनमा प्राडा दिव्यासिंह शाह नियुक्त हुनुभएको छ ।

त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये उहाँलाई डिनमा नियुक्ति गरेको हो ।

यसअघि डा. शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले बिहीबार (४ असार) देखि कार्यभार सम्हाल्दै हुनुहुन्छ । यसअघिका डिन प्राडा जगदीशप्रसाद अग्रवालले उमेरहदका कारण जेठ २१ मा अवकाश पाएपछि उक्त पद रिक्त थियो ।