प्रभावन जे र स्मृति गौतमको स्वरमा ‘आइदेउ फर्केर’

प्रभावन जे र स्मृति गौतमको स्वरमा ‘आइदेउ फर्केर’


विश्व अहिले कोरोना भाइरसको महामारीमा फसेको छ । यो अवस्थामा पीडा सबैलाई भएता पनि आफ्नो देशको चिन्ता अलि बढी सबैलाई हुने गर्दछ । हाम्रो देश नेपाल, जहाँ गरिबीको कारणले धेरै नेपालीहरु पर्देशिन बाध्य बनेका छन् । राज्यले बेरोजगारी समस्याको समाधान गर्नुको सट्टा अहिलेको संक्रमणको घडीमा बाध्यतावश परदेशिएका नेपालीहरुलाई उद्धार गर्न समेत नसकिरहेको गुनासाहरु सुन्न सकिन्छ ।

यी र यस्तै परिस्थितिलाई केन्द्रित गर्दै नेपाली गीत संगीतको क्षेत्रमा बेलाबखत विभिन्न गीतहरु आइरहेका हुन्छन् । सोही क्रममा भर्खरै मात्र असंख्य श्रोता तथा दर्शकहरुका निमित्त डी.ए.आर मुभिज प्रालिले ‘आइदेउ फर्केर’ बोलको ल्याएको छ । प्रभावन जे र स्मृति गौतमको स्वरमा रहेको यस गीतलाई लय तथा शब्द सिर्जना प्रभावन जेले नै भरेका छन् ।

गीतको म्युजिक भिडियोलाई पनि उत्तिकै जीवन्त बनाउने कोसिस गरिएको छ । भिडियोमा सरोज दाहाल र अनु पराजुलीको अभिनय देख्न सकिन्छ । ‘आइदेउ फर्केर’ बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन प्रभावन जे समुहले गरेको छ भने छायांकन पिटर गुरुङ्ग र सम्पादन नवीन भाटले गरेका छन् ।