डा. डीआरको ‘घर यस्तो होस्’ सार्वजनिक

डा. डीआरको ‘घर यस्तो होस्’ सार्वजनिक


डा. डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ । डीआरको शब्द–स्वर र सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ । गीतकारका रुपमा विभिन्न थुप्रै विश्व रेकर्ड कायम गरेका डा. उपाध्याय गायनमा पनि यो गीतमार्फत देखिएका छन् । सबैको घर स्वर्ग जस्तो होस् जसका लागि आवश्यक कुराहरु के–के हुन् भन्ने विषय डा. उपाध्यायले गीतमार्फत प्रस्तुत गरेका छन् ।

‘एउटा आदर्श घरको कल्पना गरेर घरका सदस्य सबैले आफ्नो जिम्मेबारी वहन गरुन्, हरेकको घरमा सुख शान्तिहोस् भन्ने हेतुले मैले यो गीत स्रोता/दर्शकमाझ ल्याएको हुँ’, कीर्तिमानी गीतकार डा. उपाध्यायले भने । डा. उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम ‘स्वर्गघर’मा समावेस रहेको गीत हो यो ।

घर यस्तो होस् जहाँ
शुख शान्तिले बास गरोस् ।
एक अर्काको आधार
बनोस् परिवार
हर ओठमा मुस्कान
सधैं कायम रहोस्
जहाँ माता–पिताको
आदर होस्
सन्ततिको भावनाको
कदर होस्
कर्तब्यदेखि टाढा
नभागोस् कोही
हर सुख–दुःखमा
सधैं साथ रहोस्
घर बनोस् मन्दिर जहाँ
ईश्वरको बास रहोस्
सधै विश्वासको आधार
बनोस परिवार
हर ओठमा मुस्कान
सधैं कायम रहोस्
रिसराग कसैको
मनमा नहोस्
सद्भाव सबैमा
रहिरहोस्
हर कठिन घडीमा
एकजुट बनोस्
माया ममता सधैं
बनिरहोस्
घर बनोस् मन्दिर जहाँ
ईश्वरको बास रहोस्
एकअर्काको खुशी
बनोस् परिवार
हर ओठमा मुस्कान सधैँ
कायम रहोस्
– डा. डीआर उपाध्याय

दश उपन्यास र सयौं गीतमार्फत पाठक, स्रोता तथा दर्शकको मन मष्तिस्कम बस्न सफल डा. डीआर उपाध्यायको केही समयअघि बाह्र भाषामा रहेको गीतको एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको थियो । डा. उपाध्यायका अहिलेसम्म १८ एल्बम र सयौं गीत स्रोतामाझ आएका छन् ।

गीत लेखेर एक पछि अर्को कीर्तिमान कायम गरेका डा. डीआर उपाध्यायले वल्र्ड बुक्स अर्फ अमेरिका, अष्ट्रेलिया, लण्डनलगायत विभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् ।

उपाध्यायले मिराकल वर्ल्ड रेकर्ड, इण्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रकेर्ड, जीनस वर्ल्ड रेकर्ड, एभरेष्ट वर्ल्ड रकेर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् । उनले नेपाली गीत-सङ्गीतका विविध विधामा गरेको नामको खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेका हुन् । ‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. डीआर उपाध्यायलाई गीतकार सङ्घ, नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपालबाहिर हुने विभिन्न गीत–सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायःजसो सबै अवार्ड चुम्न सफल भएका छन् ।