ब्रिटिस एअरवेजको विज्ञापनमा बेलायत प्रवासी नेपाली

ब्रिटिस एअरवेजको विज्ञापनमा बेलायत प्रवासी नेपाली


  • राजन घिमिरे

प्रवासी जीवनमा पनि कतिपय नेपालीले आफ्नो पहिचान र उपस्थिति सारगर्वित तुल्याइरहेका छन् । विभिन्न क्षेत्र वा विधा जस्तै मोडलिङ क्षेत्रमा पनि नेपालीहरुको संलग्नताले राम्रै चर्चा पाइरहेको छ । यसै सिलसिलामा लामो समयदेखि बेलायत बस्दै आएका नेपाली मोडल टंक धमलाले विश्वचर्चित एअरलाइन्स ब्रिटिस एअरवेजको भिडियो विज्ञापनमा मोडलिङ गर्ने अवसर पाएका छन् ।

मोडलिङ क्षेत्रमा लियो ट्यांक नामले चिनिने टंकले मोडलिङ गरेको ब्रिटिश एअरवेजको विज्ञापन अहिले यूट्यूबमा देख्न सकिन्छ । यो विज्ञापन भारतमा रहेको सिनेमा हलहरूमा प्रदर्शनको लागि निर्माण गरिएको हो । भारतमा सिनेमा हल सञ्चालन हुन थालेपछि टंकले मोडलिङ गरेको विज्ञापन प्रशारण गरिने भएको छ। बेलायतको राष्ट्रिय ध्वजावाहक ब्रिटिस एअरवेजको विज्ञापनमा मोडलिङ गरेपछि यतिबेला एकाएक धमलाको चर्चा चुलिएको छ।