कोरोना भाइरस वर्षौं रहन सक्छ तर भयाक्रान्त नबनौँ !

कोरोना भाइरस वर्षौं रहन सक्छ तर भयाक्रान्त नबनौँ !


युनिभर्सिटी अफ मेरिल्याण्ड (अमेरिका)को संक्रामक रोग केन्द्रका प्रमुखद्वारा कोभिड–१९ बारे कायम रहेको भ्रमसम्बन्धी १७ बूँदे सुझाव–

(१) कोरोना भाइरससँग हामीले महिनौँ अथवा वर्षौंसम्म पनि बस्नुपर्ने हुन सक्छ । त्यसैले भयाक्रान्त भएर जीवनलाई निरर्थक नबनाइकन यो सत्यलाई स्वीकार गर्दै बाँच्न सिकौँ ।

(२) कोशिका भित्ताभित्र प्रवेश गरिसकेको भाइरसलाई धेरै पटक तातो पानी खाएर नष्ट गर्न सकिन्न । त्यसबाट पटक–पटक पिसाब फेर्ने मात्रै हुनेछ ।

(३) बारम्बार हात धुने र दुई मिटरको भौतिक दूरी कायम राख्नु यसका लागि सर्वोत्तम उपाय हो ।

(४) कोभिड–१९ को रोगी नभएको अवस्थामा घरमा किटाणुनाशक छर्कनु आवश्यक छैन ।

(५) प्याकेज गरिएको कार्गो, पेट्रोल पम्प, किनमेल गर्ने ठेलागाडी र एटिएमबाट संक्रमण हुँदैन ।

(६) कोरोना भाइरसको संक्रमण भोजनबाट हुने होइन । अहिलेसम्म खानाबाट भाइरस संक्रमित भएको कुनै तथ्यगत सूचना छैन ।

(७) कोभिड–१९ को गैरविशिष्ट लक्षणहरू भनेको गन्ध बुझ्न नसक्नु, अत्यधिक एलर्जी र भाइरल संक्रमण हो ।

(८) घर फर्किंदा हतारिएर लुगा फेर्न अथवा नुहाउनु पर्ने आवश्यकता छैन । शुद्धता सद्गुण हो, यसलाई पागलपन बनाउनु हुँदैन ।

(९) कोरोना भाइरस वायुमण्डलमा हुँदैन । यो निकटता गर्दा श्वासप्रश्वासको माध्यमबाट सर्ने संक्रमण हो ।

(१०) बगैँचा र पार्कको स्वच्छ हावामा भौतिक दूरी कायम राख्दै घुमफिर गर्न सकिन्छ ।

(११) कोरोना एउटा भाइरस हो बैक्टिरिया होइन । त्यसैले यसको लागि साधारण साबुनको प्रयोग गरे पनि पर्याप्त हुन्छ ।

(१२) अनलाइन अर्डर गरेर खाना मगाउनेबारे चिन्तित हुनु पर्दैन तर त्यस्तो भोजनलाई माइक्रोवेब अथवा अन्य कुनै प्रकारले तताएर खानु पर्दछ ।

(१३) जुत्तासँग जोडिएर कोरोना भाइरस घरभित्र पुग्ने सम्भावना छैन । ड्रप संक्रमण यसरी फैलिँदैन ।

(१४) भिनेगर, अदुवा अथवा बेसारको प्रयोग गर्दा यो भाइरसबाट सुरक्षित हुन सक्दैन, तर तिनको सेवनले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न मद्दत पुग्छ ।

(१५) लामो समयसम्म मास्कको प्रयोग गर्दा श्वासप्रश्वास बाधित भई शरीरमा आक्सिजनको मात्रालाई फरक पार्न सक्छ । त्यसैले यसलाई भीडभाड भएको ठाउँमा मात्रै प्रयोग गर्नु उचित हुन्छ ।

(१६) सधैंभरी पञ्जा लगाइरहनु ठिक छैन । भाइरस त्यसमा टाँसिएको हुनसक्छ र अनुहार छुँदा सजिलै सर्न सक्छ । बरु हात धुने क्रममा वृद्धि गर्नु सही हो ।

(१७) जीवाणुरहित वातावरणमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुनाले घर बाहिरको संसारमा प्रायः गइरहनु उपयोगी हुनेछ । रोगजनक माहौलमा शरीरको प्रतिरोधात्मक क्षमता आफै सन्तुलित हुने गर्दछ । त्यसैले घरभित्र बसेर चिल्लो, गुलियो र मसलायुक्त भोजन गर्नुको साटो खुला ठाउँको भ्रमण बढी उपयुक्त हुन्छ ।

कोरोना सङ्कट वर्षौंसम्म रहिरहने हुनाले अझै पनि विधिसम्मत ढंगले काम गर्न सके यसको व्यवस्थापन सम्भव छ । लकडाउनको निरन्तरता समस्याको समाधान होइन ।