प्रदेश ५ मा मात्रै ९ सय १९ संक्रमित

प्रदेश ५ मा मात्रै ९ सय १९ संक्रमित



नारद कोहार,
कपिलवस्तु

प्रदेश नं. ५ मा कोरोना संक्रमितको संख्या ९ सय १९ पुगेको छ । बिहीबार (२२ जेठ) मात्रै बाँके जिल्लामा ४२ जना, कपिलवस्तुमा २९, दाङमा १५, रुपन्देहीमा १८, नवलपरासीमा २, पाल्पा र आर्घाखाँचीमा एक–एक जना गरी १ सय ८ जना नया संक्रमित भेटिएका छन् ।

योसँगै प्रदेश ५ को कपिलवस्तु ४३१, बाँके २५५, रुपन्देही १०७, दाङ ७३, नवलपरासी १७, बर्दिया १३, पाल्पा ८, आर्घाखाँची ४, गुल्मी ५, प्यूठान ३, रुकुम पूर्व ३ जना गरी ९ सय १९ जना संक्रमित रहेका छन्, जसमा ८५ जना निको भएर घर फर्किसकेका छन् भने ४ जनाको मृत्यु भइसकेको छ ।

प्रदेश ५ का १२ वटै जिल्लामा ४० हजार १ सय ९२ जना क्वारेन्टिनमा रहेको प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रलयले जनाएको छ ।

बाँके जिल्लामा भेटिएका कोरोना संक्रमितको स्वाव परिक्षण भेरी अस्पतालमा गरीएको हो । भेटिएका ४२ जना संक्रमित नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका १५ वर्षदेखि ३५ वर्षका पुरुष रहेका छन् ।

त्यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिकामा १७ जना र बाणगंगा नगरपालिकाका ६ र यशोधरा गाउँपालिकाका ६ जना रहेका छन् । कृष्णनगर नगरपालिकामा भेटिएका कोरोना संक्रमितको स्वावपरीक्षण धुलिखेल अस्पतालमा गरिएको र उनिहरु १७ वर्षदेखि ५२ वर्षसम्मका पुरुष हुन् ।

त्यस्तै बाणगंगा नगरपालिका र यशोधरा गाउँपालिकामा भेटिएका संक्रमितको स्वाव परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको हो । बाणगंगाका कोरोना संक्रमित ओदारी मावि र यशोधराका संक्रमित जनचेतना माविमा निर्माण गरिएको क्वारेन्टिनका हुन् । बाणगंगामा ८ वर्षीया बालिकादेखि ३९ वर्षसम्मका छन् । यशोधराका संक्रमित २२ वर्षदेखि ४८ वर्षसम्मका रहेका छन् । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४ सय ३१ पुगेको छ ।

त्यस्तै रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा रुपन्देही सैनामैनाका १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १५ जनामा कोरोना पोजेटिभ देखिएका र ती सबै दाङकै हुन् ।