चलचित्र विकास बोर्ड अध्यक्षमा दयाराम दाहाल नियुक्त

चलचित्र विकास बोर्ड अध्यक्षमा दयाराम दाहाल नियुक्त


चलचित्र निर्देशक दयाराम दाहाललाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । हाल बोर्ड सदस्यका रुपमा क्रियाशील दाहाललाई बिहीबार (२२ जेठ) बसेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्डअध्यक्ष बन्नका लागि चलचित्र क्षेत्रका दशजनाले आवेदन दिए पनि तीमध्येबाट दयाराम दाहाल, भुवन केसी र राजेश थापाको नाम सिफारिस भएर मन्त्री परिषदमा पुगेको थियो। मन्त्रिपरिषदले दयाराम दाहाललाई बोर्डअध्यक्षको निम्ति उपयुक्त ठहऱ्याएको हो ।

दौँतरी, भरिया, ढुकढुकी, ठूल्दाइ, जेठो कान्छो, कर्म, अर्जुन, चाँदनी, तँ त साह्रै बिग्रिस् नि बद्री लगायत थुप्रै हिट चलचित्रका निर्देशक दाहाल गीतकारका रुपमा पनि चिनिन्छन् ।

यो पनि हेर्नुहोस्-

चलचित्र बोर्ड अध्यक्षमा तीनजनाको नाम सिफारिस, कसले मार्ला बाजी ?