राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण


राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट मंगलबार (२० जेठ) पारित भई पेश भएको विधेयक नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिनुभयो ।