कस्सिए वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण

कस्सिए वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण


माओवादी केन्द्रीय समितिको बैठकमा वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण निकै आक्रामक शैलीमा प्रस्तुत हुनुहुँदा अध्यक्ष प्रचण्डचाहिँ प्रहरीका अघिल्तिर उभिएका अभियुक्तभै+m देखिएको महसुस बैठकमा सहभागीहरूले गरे । अध्यक्ष प्रचण्डका निम्ति चालू बैठक फलामको चिउरा चपाउनुसरह बनेको छ । किरणले बोलिरहँदा प्रचण्ड हाँस्न सक्ने त कुरै थिएन, रुन पनि सक्नुभएन । बाबुराम भट्टराईतिर फर्किएर वैद्यले ‘बाबुरामजीको त कुरै नगरौँ, उहाँ दक्षिणपन्थी भासमा पहिले नै गइसक्नुभएको हो, उहाँसँग मलाई केही भन्नु छैन’ भन्दै प्रचण्डतिर फर्किएर उहाँले भन्नुभयो, ‘तपाईंले यो के गर्नुभएको हो जवाफ चाहियो ।’ आफूले पहिले दर्ता गरेको दशबुँदे चार्ज सिटमा शरतसिंह भण्डारीलाई मन्त्रीबाट हटाएपछि नौबुँदे भएको बताउँदै भण्डारीलाई हटाएकोमा वैद्यले बाबुरामलाई धन्यवाद दिनुभयो ।
अनेकौँपटक स्थगित हुँदै आएको माओवादी केन्द्रीय समितिको बैठक कात्तिक २८ गते मध्याह्नमा सुरु गरिएको थियो । महासचिव रामबहादुर थापा बादलले आफ्ना कुराहरू सङ्क्षिप्तमा राख्दै बैठक प्रारम्भ गर्नुभएपछि वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणलाई आफ्ना धारणा राख्न समय दिइएको थियो । सहभागीहरूलाई सम्बोधन गर्दै वैद्यले बैठकमा भन्नुभयो, ‘पार्टी निर्णय एउटा हुने तर काम अर्कै गर्ने राजनीतिक रूपमा घोर अनैतिक कार्य अध्यक्ष -प्रचण्ड) ले गरिरहनुभएको छ ।’ प्रधान अन्तरविरोध भारत र दलाल नोकरशाही शक्तिसँग छ भनेर दस्तावेजमा लेखिएको स्मरण गराउँदै वैद्यले प्रचण्डसँग प्रश्न गर्नुभयो, ‘अनि रअसँग भेट्दै अँध्यारो कोठामा चाहिँ सम्झौता गर्दै हिँड्दै -‘ अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईतिर इशारा गर्दै किरणले भन्नुभयो, ‘तपाईहरूमा राष्ट्रपति र प्रधानमन्त्री बन्ने ख्वाबबाहेक केही पनि छैन । जनता र राष्ट्रको तपाईंहरूलाई मतलब भएको देखिएन । यति नै राजनीतिक उपलब्धिका लागि लडेका थियौँ भने भन्नुहोस् ! यतिका लागि त काङ्ग्रेस र एमालेसँग मिलेर संयुक्त जनआन्दोलन मात्र गरेको भए पनि हुन्थ्यो, त्यत्तिका मानिस किन मर्नुपथ्र्यो, त्यति धेरै रगत बगाउन किन पथ्र्यो ?’ अझै कड्किएर वैद्यले भन्नुभयो, ‘किन बगायौँ हामीले रगत तपाईंहरूले भन्नुपर्‍यो !’
प्रचण्डको कार्यशैली र व्यवहारको कटु आलोचना गर्दै उहाँले ‘तपाईं पार्टीभन्दा बाहिर यस्तो प्राधिकार हुनुभएको छ कि तपाईंले हामीलाई दास-रैती मान्नुभएको छ, अब चल्दैन तपाईंका त्यस्ता कुरा, हामी मान्दैनौँ’ भन्नुभयो । रहस्यमयी भ्रमणको कुरा पार्टीमा पटक-पटक उठ्दा पनि प्रचण्डले जवाफ नदिएको कुरा पनि वैद्यले उठाउनुभएको थियो । पार्टीलाई रहस्यमयी भ्रमणका विवरण उपलब्ध गराउन पनि उहाँले माग गर्नुभयो । एनजीओ र आईएनजीओको विरोध गर्ने अध्यक्ष कमरेड पार्टीलाई थाहै नदिई लुम्बिनीको निम्ति अन्तर्राष्ट्रिय सहयोग जुटाउन हिँड्नुभयो, यसबाट पार्टी र क्रान्तिलाई के फाइदा हुन्छ अध्यक्षले प्रस्ट पार्नुपर्‍यो- वैद्यको भनाइ थियो । करिब डेढ घन्टासम्म निरन्तर आक्रमण भइरहँदा पनि त्यहाँ प्रचण्डले प्रतिवाद गर्नसक्ने स्थिति थिएन । प्रचण्डले कात्तिक २९ गते मंगलबार बस्ने बैठकमा आफ्नो धारणा प्रस्तुत गर्ने बताएर २८ गतेको बैठक टुङ्ग्याइएको थियो । तर, मंगलबार केन्द्रीय समितिको बैठक नै प्रारम्भ भएन । पदाधिकारीहरूको बैठक केही बेर बस्यो र बैठकमा संविधान संशोधनसम्बन्धी विषयलाई छलफलमा ल्याइएको थियो । वैद्यले कुनै हालतमा पनि विज्ञ समूह गठनका निम्ति संविधान संशोधन गर्न नहुने भन्दै अड्डी लिएपछि अन्य महत्त्वपूर्ण बैठक गर्नुछ भन्ने जानकारी गराउँदै बिहीबार (मङ्सिर १ गते) सम्मका लागि केन्द्रीय समितिको बैठक स्थगित गरिएको जानकारी गराएर प्रचण्ड त्यहाँबाट हिँड्नुभयो । बिहीबारको बैठकमा प्रचण्डले आफ्नो कुराहरू राख्दै वैद्य र उहाँका समर्थकहरूलाई दह्रो जवाफ दिने तयारी गर्नुभएको बुझिएको छ । वैद्य समर्थकहरूले प्रचण्डको जवाफमा कुनै तुक नरहने ठानेका छन् । उहाँले पार्टी एकता, शान्ति र संविधानका विषयमा केन्द्रित हुँदै विद्यमान जटिल मुद्दाहरूलाई सम्बोधन नै नगरी छल्न खोज्नुहुने अनुमान वैद्य समर्थकहरूले गरेका छन् ।

कसले खायो वार्षिक चार करोड
समायोजन, पुनर्स्थापन र स्वेछिक अवकाशसम्बन्धी विस्तृत कार्ययोजनाअनुसार आगामी मङ्सिर ३ गतेबाट शिविरमा रहेका माओवादी लडाकुको अन्तिम वर्गीकरण तथा सर्भेक्षण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । माओवादी लडाकु रेखदेख समायोजन र पुनर्स्थापनसँग सम्बन्धित विशेष समितिले तयार गरेको कार्यतालिकाअनुसार मङ्सिरको दोस्रो साताभित्रमा शिविरमा रहेका सबै लडाकुको वर्गीकरण गरी तीन प्याकेजअनुसार को कता जाने भन्ने स्पष्ट भइसक्छ । जसअनुसार पुनर्स्थापन, स्वेच्छिक अवकाश र सेनामा समायोजित हुने लडाकुको सङ्ख्या स्पष्ट हुनेछ ।
दलहरूबीच भएको सातबुँदे सहमतिअनुसार पैंसट्ठी सय लडाकु सेनामा समायोजित हुने छन् र बाँकीले पुनर्स्थापन र स्वेच्छिक अवकाशमध्ये एक रोज्ने छन् । सङ्ख्याकै आधारमा हेर्ने हो भने सेनामा समायोजन भएर बाँकी रहेको लगभग तेह्र हजार लडाकु पुनर्स्थापन र स्वेच्छिक अवकाशमा जाने देखिन्छ । स्रोतका अनुसार पार्टी नेतृत्वको धम्की तथा बलजफ्तीका कारण सेनामा समायोजन हुने लडाकुको सङ्ख्याले पूर्णता पाए पनि पुनर्स्थापन र स्वेच्छिक अवकाशमा जाने लडाकुको सङ्ख्या भने पुग्ने सम्भावना छैन । संयुक्त राष्ट्रसङ्घीय मिसन अनमिनको दोस्रो चरणको प्रमाणीकरणअनुसार शिविरमा १९ हजार ६ सय लडाकु हुनुपर्छ । तर, सात डिभिजनका कमाण्डरहरूले गत हप्ता राजधानीमा नै आएर पार्टी नेतृत्वलाई दिएको जानकारीअनुसार शिविरमा लगभग चौध हजारको हाराहारीमा मात्र लडाकु छन् । उनीहरूका अनुसार शिविरबाट धेरै सङ्ख्यामा लडाकु भागेको, कोही कारबाहीमा परेको, कसैको मृत्यु भएकाले जति हुनुपर्ने हो त्यो सङ्ख्यामा लडाकु छैनन् । त्यसो त शिविरमा रहेका लडाकुको सङ्ख्याबारे राम्रो जानकारी छ माओवादी नेतृत्वलाई । तर, उनीहरूले १९ हजार ६ सय लडाकुकै तलब-भत्तास्वरूप राज्यबाट पाउने मासिक १७ करोड रुपैयाँ बुझ्दै पनि आएका छन् । शिविरमा भएका लडाकुले पाउने तलब-भत्ता लिनु त स्वाभाविकै हो । लडाकुले पार्टी नेतृत्वलाई जानकारी गराएअनुसार शिविरमा नरहेका लगभग पाँच हजार लडाकुको तलब-भत्ता पनि बुझेका छन् माओवादीले । गणितीय आधारमा हिसाब गर्ने हो भने पनि माओवादीले शिविरमा नरहेका लडाकुको तलब-भत्तास्वरूप वार्षिक चार करोडभन्दा बढी रकम बुझेको देखिन्छ । त्यो रकम कसको नाममा जान्छ र कसले लिन्छ राज्यलाई केही जानकारी छैन । उसले एकाहोरो पैसा दिइरहेको छ माओवादीलाई लडाकुको नाममा । लडाकुको नाममा राज्यबाट रकम लिई राज्यलाई नै खोक्रो पार्ने अभियानमा रहेका माओवादीले सुरुका दिनमा त शिविरमा रहेका लडाकुले पाउने सबै रकम नेता कृष्णबहादुर महराको बैंक खातामा जम्मा गराउने गरेको थियो । लडाकुले पाउने रकम सीधै माओवादी नेताले बुझ्ने गरेकाले रकम हिनामिना भएको भन्दै चौतर्फी विरोध भएपछि माधवकुमार नेपाल नेतृत्वको सरकारले लडाकुको नाममा शिविरमा रकम पठाउने गरेको थियो । लडाकुको नाममा शिविरमा रकम पठाउँदा पनि माओवादीले राज्यबाट हुँदै नभएका लडाकुको नाममा मासिक करोडौँ रकम असुलेर राज्यलाई आर्थिक रूपमा खोक्रो पारिरहेको देख्दा पनि सम्बन्धित निकाय मौन बस्नु रहस्यमय मानिन्छ । तर्सथ यस विषयमा राज्यले छनबिन गरी हिनामिना भएको रकम राज्यकोषमा दाखिला गराउनुपर्ने देखिएको छ ।

देव गुरुङले अड्काइदिए
संविधानअनुसार चल्नभन्दा आफ्नो आवश्यकताअनुसार संविधान चलाउन माहिर मानिएका नेपाली राजनीतिक दलका नेताहरूले विद्यमान अन्तरिम संविधानमा एघारौँपटक संशोधन गर्न भइरहेको प्रयासमा कठिनाइ उत्पन्न भएको छ । कठिनाइ प्रतिप्ाक्षका कारण नभई यसपटक सत्तारुढ दलभित्रैबाट पैदा हुन पुगेको छ । प्रमुख राजनीतिक दलका नेताहरूबीच बनेको सहमतिअनुरूप विज्ञहरूको एउटा समिति बनाई तिनकै राय-सुझावका आधारमा राज्य संरचनासम्बन्धी निर्णय लिने मार्ग प्रशस्त गर्न अन्तरिम संविधानमा एघारौँपटक संशोधन गर्न लागिएको हो । र, यससम्बन्धी प्रस्ताव संविधानसभामा दर्ता पनि भइसकेको छ । कुनै अवरोध पैदा भएन भने कात्तिक ३० गते बस्ने संविधानसभा बैठकबाट उक्त संशोधन प्रस्ताव पारित हुने विश्वास गरिएको पनि छ । तर, माओवादी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसद्मा उपस्थित भएर संशोधनको पक्षमा मतदान गर्न माओवादी सभासद्हरूलाई हि्वप नै जारी गरेका छैनन् । माओवादीभित्रको मोहन वैद्य खेमा संविधान संशोधनको विपक्षमा छ र गुरुङ वैद्यपक्षीय नेता हुन् ।
पार्टीले जातीय स्वायत्ततासहितको सङ्घीयताको पक्षमा निर्णय गरिसकेको छ र संविधानको भावनासमेत पार्टी निर्णय प्रतिकूल नरहेको भन्ने मान्यतामा अडिग गुरुङ संविधान संशोधनको विरुद्ध छन् । त्यसैले उनले हि्वप जारी गर्न आवश्यक देखेनन् । हि्वप जारी नभएकै कारण संविधानसभा बैठकमा माओवादी सभासद्हरूको न्यून उपस्थिति रहने गरेको छ । गत आइतबारको बैठक संविधानसभाका करिब ६ सय सभासद्मध्ये एक सय सत्चालीस (१४७) जना मात्र उपस्थित थिए र त्यसमा पचासी (८५) जना काङ्ग्रेसका मात्र थिए । अन्य सबै दलका गरी बाँकी जम्मा बैसठ्ठी (६२) जना मात्र थिए । मन्त्रिमण्डलका छयालीस (४६) सदस्यमध्ये १८ जनाले आफ्नो उपस्थिति बैठकमा जनाएका थिए । संविधानसभा गठन भएयता कोरम नपुगेका कारण दर्जनौँपटक बैठकहरू स्थगित गरिएका छन् । गत आइतबार पनि गणपूरक सङ्ख्या नपुगेकै कारण बैठक कात्तिक तीस (३०) गतेका निम्ति सारिएको हो । माओवादी सचेतक देव गुरुङले हि्वप जारी नगरेका कारण बैठकमा फेरि पनि न्यून उपस्थिति रहने हो कि भन्ने आशङ्का गरिएको छ । काङ्ग्रेस र एमालेलगायत अन्य कतिपय दलका सभासद् राजधानीमा नरहेकोले पनि बैठकमा दुईतिहाई सभासद् सङ्ख्या पुर्‍याउन मुस्किल पर्ने देखिएको छ ।
माओवादी नेता मोहन वैद्य किरणले संविधानको एघारौँ संशोधनप्रति गम्भीर आपत्ति जनाउँदै चालू बैठकमा त्यसको विरोध गर्नुभएको थियो । उहाँले विज्ञ समूह गठनको आवश्यकता नरहेको बताउँदै संविधान संशोधन गर्नु नपर्ने धारणा प्रस्तुत गर्नुभएको थियो । त्यसैले बुधबार (कात्तिक ३०) को बैठकमा वैद्य पक्षका सभासद्हरू उपस्थित हुनेमा आशङ्का गरिएको छ ।

कालीबहादुर कोटेश्वरमै प्रकट !
काठमाडौं कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याकाण्डका मुख्य आरोपी कालीबहादुर खाम (विविध) धेरै लामो अन्तरालपछि गत सोमबार कोटेश्वर पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा प्रकट भए । पटकपटकको स्थगितपछि सोमबारबाटै सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी हुन हत्याराको आरोप लागेका खाम आफ्ना केही सहयोगीका साथ पार्टी कार्यलयमा प्रकट भएका थिए । उनी पार्टी कार्यालयमा प्रकट मात्र भएनन्, केन्द्रीय कमिटी बैठकमा अन्य सदस्यसरह पूर्ण रूपमा सहभागीसमेत भए । बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्यबाहेक अन्यले नबोलेकाले खामले पनि केही बोलेनन् । बैठकमा सहभागी एक नेताका अनुसार बैठक सुरु हुनुभन्दा केही समय पहिले नै बैठककक्ष प्रवेश गरेका खाम बैठककक्षको सबैभन्दा पछिल्लो भागमा बसेका थिए । लामो समयपछि बैठकमा सहभागी भए पनि उनी अन्य सदस्यहरूको आँखामा पर्न रुचाएको नदेखिएको सहभागी नेताको भनाइ थियो । ती नेताका अनुसार प्रचण्डको पक्षमा खुलेर लागेका खाम मोहन वैद्य पक्षधर नेताहरूको नजिक त पर्नै चाहेका थिएनन् । हत्याका आरोपीसँग एउटै बैठकमा बस्नुपर्दा आफूलाई निकै ग्लानि भएको जानकारी गराउँदै बैठकमा सहभागी एक सदस्यले मंगलबार घटना र विचारसँग भने, ‘हाम्रा पार्टीमा अनेकखाले मानिसको सहभागिता रहेकाले यसलाई पनि त्यसै रूपमा लिँदा उचित हुन्छ ।’ ‘बैठकमा खामको उपस्थितिबारे आगामी बैठकमा कुरा राख्ने जानकारी गराउँदै उनले थपे, ‘हत्याको आरोप लागेपछि बसेको कुनै पनि बैठकमा सहभागी नगराइएका खामलाई यो बैठकमा किन र कसले बोलायो जानकारी छैन ।’
सोमबारको बैठकमा मात्र होइन खाम मंगलबारको बैठकमा पनि सहभागिता जनाउन पार्टी कार्यालय पुगेका थिए । बिहान ११ बजेका लागि बैठक बोलाइएको भए पनि खाम बिहान १० बजे नै पार्टी कार्यालय प्रवेश गरिसकेको थिए । र्सट, पाइन्ट लगाएका खामले हातमा ज्याकेट झुन्ड्याउँदै केही सहयोगी तथा केन्द्रीय सदस्यहरूको बीचमा रहेर पार्टी कार्यालय छिरेका थिए । मंगलबार भने उनको हाउभाउ सोमबारको भन्दा निकै फरक थियो । सोमबारको तुलनामा उनी केही खुलेका देखिन्थे । खामको सहभागितबारे आर्श्चर्य प्रकट गर्दै वैद्यनिकट अर्का नेताले घटना र विचारसँग भन्नुभयो, ‘बैठकमा नै उपस्थित हुन आउनुभएको होला, तर आज बैठक नबसेपछि उनी बाहिर सहयोगीहरूसँग गपिँmदै थिए ।’
रामहरि श्रेष्ठको हत्याकाण्डपछि पार्टी अध्यक्ष प्रचण्डको विशेष निगाहमा केन्द्रीय सदस्य पदमा बढुवा भएका खामलाई श्रेष्ठको हत्यासँगै ठगी तथा यार्सागुम्बाको अवैध कारोबारमा संलग्न भएको भन्दै प्रहरीको मोस्टवान्टेड सूचीमा समेत राखिएको छ । प्रहरीले माओवादी नेता खाम जहाँ भेटिन्छन् त्यहीँबाट पक्राउ गर्न भन्दै मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको थियो । तर, पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । प्रहरीको पक्राउ लिस्टमा रहे पनि उनी निर्धक्कसँग पार्टी कार्यालयमा उपस्थित हुनुलाई सामान्य मान्दै माओवादीका एक नेताले भने, ‘सर्वश्वसहित जन्मकैद पाएका नेताहरू निर्धक्क साथ हिँडिरहेका छन्, खामजीलाई आरोप मात्र लगाइएको हो, त्यसैले उहाँ पार्टीको बैठकमा सहभागी हुनु नौलो कुरा होइन ।’वा माओवादीलेझैं आफूलाई प्रजातान्त्रिक देखाउन मात्र खोजेको हो निकट भविष्यमै यस कुराको पुष्टि हुनेछ ।

समायोजनमा नजान आह्वान
पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने भन्दै पटक-पटक औपचारिक तथा अनौपचारिक बैठक बसेर समाधान खोज्ने असफल प्रयास जारी राखेपछि माओवादीभित्रको विवाद झन् गहिरिँदै जाने स्पष्ट सङ्केत देखिएको छ । पार्टी उपाध्यक्ष मोहन वैद्य पक्षले सरकार र पार्टी नेतृत्वले गरेको हरेक निर्णयलाई काउन्टर दिँदै सडक-सङ्घर्षमा उत्रने तथा नेतृत्वले अन्य दलहरूसँग गरेको विभिन्न सम्झौताविरुद्ध वक्तव्य जारी गरेपछि माओवादीभित्रको विवादले तत्काल समाधान पाउन नसक्ने स्पष्ट भएको हो । नेतृत्वले गरेको सहमतिविरुद्ध वक्तव्य दिने क्रममा उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले मंगलबार अर्को एउटा वक्तव्य जारी गरे । शिविरमा रहेका लडाकुलाई सेना समायोजन प्रक्रियमा सहभागी नहुन भन्दै उनीहरूले संयुक्त वक्तव्य जारी गरेका हुन् । वक्तव्यमा उनीहरूले सेना समायोजनसम्बन्धी सम्झौता जनमुक्ति सेनाका निम्ति अत्यन्तै अपमानजनक र शान्तिविरोधी भएकोले जनमुक्ति सेनाका कमाण्डरसहित सम्पूर्ण योद्धालाई यसप्रकारको आत्मसमर्पणवादी प्रक्रियाबाट अलग हुन अपिल गर्दछौँ भनिएको छ । यसअघि सोमबार वैद्यले आफूनिकट लडाकुका कामण्डरहरूसँग गोप्य बैठक बोलाई लडाकुहरूको धारणा बुझ्नुभएको थियो । साँझ राजधानीको एक होटलमा भएको गोप्य बैठकमा सातवटै डिभिजनका आफूनिकट उपकमाण्डर, ब्रिगेड कमाण्डरहरूको सहभागिता रहेको बैठकमा वैद्यसँग महासचिव रामबहादुर थापाको पनि सहभागिता रहेको थियो । उक्त बैठकमा सहभागी कमाण्डरहरूले आफूहरू समायोजन प्रक्रियामा सहभागी नभई स्वेच्छिक अवकाश लिने तयारीमा रहेको जानकारी गराएका थिए । सूत्रका अनुसार वैद्य पक्षले त्यसै बैठकलाई आधार मानी मंगलबार लडाकुहरूलाई समायोजना प्रक्रियामा सहभागी नहुन अपिल गरेको हो ।
उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकार निर्माणका क्रममा मधेसकेन्द्रित दलहरूको मोर्चासँग भएको चारबुँदे सम्झौताविरुद्ध सडक-सङ्घर्षमा आउनुभएका वैद्य गत कात्तिक १५ गते तीन प्रमुख दलबीच भएको सातबुँदे सहमतिको पनि विरोध गर्दै सडकमा उत्रनुभएको थियो । उपाध्यक्ष वैद्यको चर्को विरोधका बाबजुद पार्टी नेतृत्वले तीन दलबीच भएको सहमतिलाई कार्यान्वयन गर्ने भन्दै शान्ति र संविधान निर्माणमा महत्त्वपूर्ण पाटोको रूपमा रहेका लडाकु समायोजन प्रक्रियालाई अघि बढाउँदै आगामी मङ्सिर ३ गते पुन: वर्गीकरण गरी लडाकुलाई समायोजन प्रक्रियामा सहभागी गराउने निर्णय गरेको थियो । तर, वैद्यले मंगलबार उक्त निर्णयको विरोध गर्दै लडाकुलाई समायोजन प्रक्रियामा नै सहभागी नहुन अपिल गरेपछि सेना समायोजन प्रक्रियाले कुन रूप लिन्छ यसै भन्न सकिने अवस्था छैन ।

पोल खुलेपछि आत्तिए गच्छदार
संसद्को राज्यव्यवस्था समितिमा आइतबार मध्याह्न अनायास हङ्गामा मच्चियो, जब संसद्का पाका सदस्य चित्रबहादुर केसीले झोलाबाट अखबार निकालेर पहिलो पृष्ठमा छापिएको एक समाचार देखाउँदै सामुन्ने रहेका गृहमन्त्रीलाई ठाडो प्रश्न गरे, ‘यो के हो गृहमन्त्रीज्यू ? प्रहरी बढुवामा त गज्जबै गर्नुभएछ नि !’ उखान-तुक्का हाली-हाली अभिव्यक्ति दिन खप्पीस केसीले थपे, ‘भन्यो भने चित्त फाट्ला !’ यसरी आफ्नो भनाइ राख्न सुरु गरेका जनमोर्चाका अध्यक्ष एवम् सभासद् केसीले दर्जनौँ सभासद् र सञ्चारकर्मीमाझ विभिन्न उदाहरण दिँदै गृहमन्त्रीको भ्रष्ट क्रियाकलापको दोहोलो काडे ।
गृह मन्त्रालयका विभिन्न एजेण्डामा छलफल गर्न आइतबार बसेको राज्यव्यवस्था समितिको बैठकमा गच्छदारलाई आच्छु-आच्छु पार्न सभासद् केसीले गत बुधबार प्रकाशित घटना र विचार साप्ताहिक पत्रिका साथै लिएर गएका थिए । गृहमन्त्रीजस्तो व्यक्तिले नै यसरी घुस माग्न लागेपछि अन्य विषय गौण भयो भन्दै उनले यही विषयमा छलफल गर्न सभापतिसँग रुलिङको माग गरेका थिए । गृहमन्त्री गच्छदारलाई औंल्याउँदै सभासद् केसीले भने, ‘गृहमन्त्रीको नाममा उहाँको सम्धीले बढुवाका लागि डेढ करोड मागेको कुरा पत्रिकामा आएको छ, गृहमन्त्रीलाई लागेको चार्ज झुटो हो भने त्यो मिडियालाई कारबाही गर्नुपर्छ, साँच्चिकै हो भने किन हामी बस्छौँ बैठक यहाँ ? या त गृहमन्त्रीलाई काम गर्न नदिन पत्रिकाले चरित्रहत्या गर्न खोजेको यो पीत पत्रकारिता हो, होइन र गृहमन्त्रीले नै यसरी कुत असुल्न थालेका हुन् भने त अब प्रहरीले केका आधारमा देशको सेवा गर्ने -! अरू साथीले यो कुरा गृहमन्त्रीले चित्त दुखाउनुहोला भनेर उठाउन सक्नुभएन, तर मलाई त लाग्छ अब यही विषयमा छलफल गरौँ, किनाराका अन्य विषयमा गर्दै गरौँला ।’
एमालेका सभासद् एवम् पूर्वगृहराज्यमन्त्री रिजवान अन्सारीले पनि केसीको भनाइको समर्थन गरे । डीआईजीसम्मको सरुवा प्रहरी आइजीपीले गर्नुपर्नेमा गृहमन्त्री हवल्दारसम्म पनि पैसा उठाउँदै हिँडेको अन्सारीको कथन थियो । ‘गृहमन्त्री जता पनि आर्थिक चलखेलमा डुबिरहेका छन्,’ उनको टिप्पणी थियो । सभासद्हरूले समितिमै प्रमाणका लागि पत्रिका बोकेर पुगेपछि गृहमन्त्री अत्तालिएका थिए । त्यसैमेसोमा उनले सभासद्हरूलाई होच्याउँदै ‘भाइ’ सम्बोधन गरे र आफूजस्तो चार-चारपटक लगातार सांसद जितेको व्यक्तिसँग प्रश्न नगर्न चेतावनीसमेत दिए ।
तथ्यलाई मेट्न नसकेपछि उनले पत्रकारको कर्तव्यबारे ‘पाठ’ सिकाए । २०४७ सालमा आफू सञ्चारमन्त्री बनेका कारण मिडियाको विकास भएको दाबी गर्दै उनले घुमाउरो पारामा आफूविरुद्ध नलेख्न धम्कीसमेत दिए । नेपालको सञ्चार क्षेत्रको विकास पनि आफैंले गरेको दाबी गर्ने क्रममा गच्छदारले आफूलाई विगतमा सुत्केरी भत्ता खाएकोजस्ता आरोप लाग्ने गरेको खुलासा गर्दै पत्रिकामा आफूबारे प्रकाशित समाचारको कहिलेकाहीँ मात्रै खण्डन गर्ने गरेको बताए । घटना र विचारको समाचार खण्डन गर्न मात्र उनले आधा घण्टा समय खर्च गरेका थिए । सो क्रममा उनले ‘मैले पनि त्यो न्यूज पढँे, मेरा सम्धी यहीँ ठमेलमा छन्, कुन-कुन व्यक्तिको नाम लिइएको छ, सबै मैले चिनेको पनि छैन,’ भने ।
गच्छदारले नेपाल प्रहरीको डीआईजी सरुवामा त्यस्तो अनियमितता नगरेको दाबी गर्दै भने, ‘कुनै लेनदेनको कुरा भएको छैन, सशस्त्र प्रहरीमा त ‘झनै’ त्यस्तो गरेको छैन ।’ ‘दूधको साक्षी बिरालो’ भनेझैं सँगै रहेका प्रहरी आईजीहरूतर्फ फर्किएर उनले ‘मैले घुस मागेको भए तपाईंहरूले भनिदिनुस्’ भन्दै लाचारी प्रदर्शन गर्नसमेत उनी शर्माएनन् । गृहमन्त्री भएलगत्तै ‘घटना र विचार’ र ‘दृष्टि’ पत्रिकाले आफूलाई रक्तचन्दन तस्करीको आरोप लगाएको तर्क गर्दै उनले ‘त्यसको ग्राभिटीलाई बुझेर खण्डन गरिन्छ’ भने ।
राज्यव्यवस्था समितिले भने गृहमन्त्रीको भनाइ चित्तबुझ्दो नभएको भन्दै संसदीय छानबिनको तयारी गरेको छ । यसअघि गृहमन्त्री भएलगत्तैको एक पत्रकार सम्मेलनमा पनि उनले आफू भ्रष्टाचार गरेर नभई शरीरको पसिनाकै कारण गन्हाएकोजस्ता अभिव्यक्ति दिएका थिए ।

माओवादी संस्थागत ढङ्गमै अपराधमा : जनमोर्चा
ओखलढुङ्गा पोकलीका उज्जनकुमार श्रेष्ठलाई ०५५ असार १० गते माओवादी सभासद् बालकृष्ण ढुङ्गेलले गोली हानी हत्या गरेको अभियोगमा सर्वोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका ढुङ्गेललाई उक्त सजायबाट आममाफी दिने सरकारी निर्णयको जनमोर्चाले तीव्र विरोध जनाएको छ ।
माओवादी र मधेसवादी मोर्चाबीच भएको चारबुँदे सम्झौतामा ‘माओवादी युद्धकाललगायत विभिन्न आन्दोलनहरूमा लगाएका मुद्दाहरूसमेतलाई खारेज गर्ने र आममाफी दिने’ भनी उल्लेख भएकोप्रति सुरुदेखि नै विरोध गर्दै आएको जनमोर्चाले एक विज्ञप्ति प्रकाशित गर्दै भनेको छ, ‘सत्यनिरूपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता पार्नेसम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेको अवस्थामा त्यो विधेयक पारित हुनुपूर्व नै द्वन्द्वका क्रममा राज्य र माओवादी पक्षबाट मानवअधिकारको गम्भीर उल्लङ्घन गर्ने दोषीहरूलाई सजायबाट उन्मुक्ति दिन मिल्दैन र ‘युद्धकाल’मा माओवादीमा प्रवेश गर्नुपूर्व वा प्रवेश गरिसकेपछि अपराधमा संलग्न कुनै पनि व्यक्ति माओवादीको सदस्य भएकै कारण सजायबाट बच्न सक्दैनन् । त्यसप्रकारका अपराधलाई राजनीतीकरण गर्ने माओवादी क्रियाकलापलाई समेत हामी गलत ठान्दछौँ ।’
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विधिको शासनका विरुद्धको यस निर्णयले देशमा दण्डहीनता तथा सामाजिक द्वन्द्वलाई प्रश्रय दिने हुनाले निर्णय फिर्ता लिन तथा सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान र कार्यान्वयन गर्न सरकारसँग माग गर्दछौँ ।’
माओवादीले अपहरण, लुटपाट जबर्जस्ती चन्दाअसुलीजस्ता आपराधिक क्रियाकलापहरूलाई संस्थागत ढङ्गबाट अगाडि बढाउनुका साथै विभिन्न अपराधमा संलग्न व्यक्तिहरूलाई राजनीतिक संरक्षणसमेत गर्दै आएको ठहर पनि जनमोर्चाले गरेको छ । ढुङ्गेललाई आममाफी दिने सरकारी निर्णय खारेज गराउन तथा मृतक उज्जन श्रेष्ठका परिवारलाई न्याय दिलाउन आन्दोलनरत सङ्घसंस्थाहरूप्रति जनमोर्चाले ऐक्यबद्धता जनाएको छ ।

चुरोट उत्पादकहरू अदालतको शरणमा
चुरोटलगायत सुर्तीजन्य पदार्थको प्याकेटको पचहत्तर प्रतिशत भागमा स्वास्थ्यको निम्ति खतरा झल्किने चित्र अङ्कित गर्नुपर्ने भएपछि चुरोट तथा सुर्तीजन्य पदार्थका उत्पादकहरूले न्यायालयको ढोका ढकढक्याउने भएका छन् । पचहत्तर प्रतिशत भागमा खतराको चिह्न अङ्कित गर्दा उत्पादनबारे उल्लेख गर्नुपर्ने विवरण र लोगोसमेत प्रस्तुत गर्न नपाउने अवस्था रहेकोले उनीहरू अदालतको शरणमा जान लागेको बुझिएको छ ।
नेपालमा गैरसरकारी संस्थाको प्रभावले नेपालको ठूलो राजस्व दिने चुरोट एवम् सुर्तीजन्य उद्योग धराशयी हुने उत्पादकहरूको तर्क छ । WHO FRAME WORK CONVENTION ON TOBACCO CONTROL मा सही गरेपछि नेपाल सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्ने कानुन ल्याउन बाध्य भएको हो । सरकारले सुर्तीजन्य पदार्थको बट्टामा ३० प्रतिशत धुम्रपानविरुद्ध चेतना जगाउने विषय लेख्नुपर्ने प्रस्ताव गरेकोमा विधेयक समितिका सदस्य नरहेका दुई सांसदले सुर्तीजन्य पदार्थको बट्टामा ७५ प्रतिशत भागमा विभिन्न फोटो राख्ने कानुन बनाए र लागू गर्नेसमेत १८० दिनपछि तोके । यो कानुन २०६८/१/२६ मा पास भएको हो र कानुन बनेपछि नयाँ डब्बा बनाउने नयाँ प्याकिङमा के-कुन चित्र राख्नेबारे सरकारले निर्देशिका प्रकाशन गर्नुपर्नेमा सरकार लामो समय चुप लागेर बस्यो र १८०औँ दिन पुग्नु एक हप्ताअगाडि २०६८/७/१८ मा निर्देशिका प्रकाशन गर्‍यो । सुर्तीजन्य पदार्थको बट्टामा ७५ प्रतिशत विभिन्न रोग लागेका चित्र प्रकाशन भएको नपाए उत्पादन एवम् बेचविखनमा रोक लगाउन लाउनु भनी रिट दिइएपछि सर्वोच्च अदालतका न्यायाधीश कमलनारायण दासले चुरोट उत्पादन, बिक्री/वितरण नगर्नु/नगराउनु भनी आन्तरिम आदेश गरिदिनुभएको थियो । बट्टामा ७५ प्रतिशत विभिन्न रोग लागेको फोटो छापेमा नेपाली चुरोट बिक्री नभई भारतीय एवम् चिनियाँ चुरोट खुला सिमानाबाट भित्रिई नेपाललाई अर्बौंको राजस्व नोक्सान हुने दाबी उत्पादकको छ ।

वीरगञ्जमा एनएमबी
एनएमबी बैंकले वीरगञ्जवासीलाई विशेष लक्षित गर्दै ‘गढीमाई बचत खाता’ सञ्चालनमा ल्याएको छ । गत आइतबार बैंकको १९औँ शाखाको उद्घाटन गर्न वीरगञ्ज पुगेका बैंकका अध्यक्ष पवन गोल्यानले उक्त जानकारी दिएका हुन् । गोल्यानले वीरगञ्जवासीको अन्य मागलाई ध्यान दिँदै छिट्टै अन्य सेवा-सुविधा थप गर्ने जानकारी पनि दिए । दुई अर्ब चुक्ता पुँजी भएको बैंकले १९ शाखा र १५ एटीएममार्फत ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको छ ।

अमेरिकाबाट आईएमई
नेपालको रेमिट्यान्स क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको इन्टरनेसनल मनी एक्सप्रेस -आईर्एमई)ले अमेरिकाको न्युयोर्कबाट पनि सेवा प्रदान गर्ने भएको छ । मलेसियाबाट नेपालमा रेमिट्यान्स भित्र्याउन थालेको आईर्एमईले नोभेम्बर १ बाट अमेरिकाको न्युयोर्क स्टेट डिपार्टमेन्ट आफ फाइनान्सियल सरि्भसेसबाट इजाजत लिएर आफ्नो सेवा सुरु गरेको जनाएको छ । सेवा सुरु गरेको अवसरमा अमेरिकाकाबाट नेपालमा पैसा पठाउँदा सेवा शुल्कमा विशेष छुटको व्यवस्था गरेको उल्लेख गर्दै जारी विज्ञप्तिमा अमेरिकाका अरू राज्यबाट समेत सेवा सुरु गरिने जनाइएको छ भने अमेरिकाबाट पठाएको रकम आईएमईको ७५ वटै जिल्लामा रहेको १६ सय शाखाबाट सजिलै भुक्तानी प्राप्त गर्न वा बैंक तथा वित्तीय संस्थामा जम्मा गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ । आईएमईले खाडी मुलुकहरू तथा युरोप, अस्टे्रलिया, जापानलगायतका मुलुकहरूबाट रेमिट्यान्स सेवा दिँदै आएको छ ।

सिर्द्धार्थको आठ, बोटलर्सको पचपन्न
सिर्द्धार्थ डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा भएको नाफाबाट आफ्ना सेयरधनीलाई आठ प्रतिशत नगद लाभांश दिने भएको छ । गत शुक्रबार सम्पन्न बैंक सञ्चालक समितिको बैंठकले यस्तो निर्णय गरेको हो । तर, उक्त निर्णय आगामी साधारणसभा तथा नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कार्यान्वयन हुनेछ । बैंकले गत आर्थिक वर्षमा ६ करोड ५२ लाख ८९ हजार रुपैयाँ खुद नाफा गरेको थियो । उसको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३४ दशमलव १८ प्रतिशतले धेरै हो । बैंकको अघिल्लो आर्थिक वर्षमा चार करोड ८६ लाख ५९ हजार रुपैयाँ नाफा गरेको बताएको थियो । सो अवधिमा बैंकको सञ्चित नौ करोड २७ लाख थियो । बैंकले गत आर्थिक वर्षको उक्त अवधिमा चार अर्ब १५ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी तीन अर्ब ६५ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकले सो अवधिमा प्रवाह गरेको कुल कर्जामा खराब कर्जाको अंश ०.३५ प्रतिशत रहेको जानकारी दिइएको थियो ।
त्यसैगरी बोटलर्स नेपालले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ५५ प्रतिशत नगद लाभांश दिने भएको छ । गत आइतबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । सञ्चालक समितिको यो निर्णय पनि आगामी साधारणसभाले पारित गरेपछि मात्र लागू हुने बताइएको छ ।

चार अर्बको तयारीमा नेपाल बैंक
नेपाल बैंकले आफ्नो स्थिर सम्पत्ति बिक्री गरेर आफ्नो पुँजी चार अर्ब पुर्‍याउने भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैंठकले ३८ करोड मात्र रहेको बैंकको चुक्ता पुँजी बढाएर चार अर्ब पुर्‍याउने योजनालाई स्वीकृति दिएको हो । स्थिर सम्पत्ति बिक्री गर्दा पनि लक्ष्यअनुसार पुँजी नपुगेमा हकप्रद सेयर जारी गर्ने गरी पुँजी वृद्धि कार्य योजना तयार पारिने बैंकले जानकारी दिएको छ । स्रोतका अनुसार बैंकको हाल बिक्रीयोग्य स्थिर सम्पत्ति करिब दुई अर्ब रुपैयाँबराबरको छ । बैंकले लक्ष्यअनुसार चार अर्ब पुँजी पुर्‍याउन सके सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक हुनेछ । स्रोतका अनुसार बैंक सञ्चालक समितिको बैंठकले बैंकको पुँजी चार अर्ब पुर्‍याउने योजना पारित गरे पनि त्यसको विस्तृत विवरण भने तयार भइसकेको छैन । बैंकको गत असारसम्म सञ्चित कोष चार अर्ब ६० करोड ४६ लाख ६१ हजारले ऋणात्मक छ भने पुँजी कोष अनुपात नौ दशमलव ६६ प्रतिशतले ऋणात्मक रहेको छ । खराब कर्जा अनुपात पाँच दशमलव २९ प्रतिशतले रहेको बैंकको यस अवधिमा ४६ अर्ब ८०करोड निक्षेप सङ्कलन गरी २६ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ ।

मातृकाको नाममा चन्दा !
मातृका यादव संयोजक रहेको नेकपा माओवादीको केन्द्रीय कोषाध्यक्ष तथा विद्यार्थी सङ्गठनको केन्द्रीय अध्यक्ष बताउँदै काठमाडौंका विभिन्न उद्यमी तथा व्यवसायीसँग चन्दा उठाउँदै आएका एक ठग पक्राउ परेका छन् । सप्तरी जिल्ला छिन्नमस्ता-४ स्थायी घर भएका रूपलाल साहका नाति रेशमकुमारको छोरा अन्दाजी वर्ष ३० का अमितकुमार सिंह भन्ने रामकुमार साहलाई ललितपुरको लगनखेलमा एक व्यवसायीसँग चन्दा असुल्दै गर्दा मातृका माओवादीका कार्यकर्ताले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।
आफूलाई नेकपा माओवादीको मातृका समूहका केन्द्रीय कोषाध्यक्ष तथा विद्यार्थी सङ्गठनको केन्द्रीय अध्यक्षका साथै रामराजा सिंहको नाति एवम् ओखलढुङ्गा जिल्ला अदालतका न्यायधीशका छोरा बताउँदै व्यापारीसँग चन्दा असुल्दै आएका आपराधिक गिरोहका नाइके रामकुमारले वैदेशिक रोजगारमा पठाइदिन्छु भनेर विभिन्न व्यक्तिहरूसँग लाखौँ ठगी गरेकोसमेत खुल्न आएको छ ।
काठमाडौंको शंखमूलमा ‘सेती प्रोडक्सन’का नाममा ससेज फ्याक्ट्री सञ्चालन गर्दै आएका मीनबहादुर रोकायसँग ‘तपाईंको भतिजलाई कोरिया पठाइदिन्छु’ भन्दै निज साहले दुई लाख ५० हजार ठगी गरेका थिए । यसैगरी साहले नेकपा माओवादीको संयोजक मातृकाप्रसाद यादवलाई भेटाइदिन्छु भन्दै कोटेश्वर तिनकुनेस्थित सपोर्ट ट्रेडिङ प्रा.लि. का सञ्चालक देवराज प्रर्साईंसँग करिब तीन लाख रुपैयाँ सापटी र चन्दा लिएको खुल्न आएको छ । ठगिएकाहरूले आफ्नो फसेको नगद उठाइपाउँm भनी प्रहरी प्रशासन गुहार्दा आफूहरूले केही गर्न नसक्ने भनी प्रहरीले लाचारी व्यक्त गरेको नाम नबताउने र्सतमा एक पीडितले जनाए ।
राजधानीको उच्च तथा मध्यमवर्गीय उद्यमी तथा व्यवसायीहरूसँग नेकपा माओवादी मातृका समूह तथा पर्ुनर्गठित नेकपा माओवादीको नाममा भेला, कार्यक्रम तथा अभियान छ भन्दै आर्थिक सहयोग तथा चन्दा उठाउने गिरोह सक्रिय रहेको जानकारी पाएलगत्तै आफूले सबैलाई सचेत गराएको मातृकाप्रसाद नेतृत्वको नेकपा माओवादीको उपत्यका संयुक्त जिल्ला सङ्गठनका सेक्रेटरी सुजनले दाबी गरे । उनले चन्दा तथा आर्थिक सहयोग उठाउने आफ्नो पार्टीको कुनै नीति नरहेको जनाउँदै कसैले त्यसरी चन्दा मागेमा नेकपा माओवादीको केन्द्रीय कार्यालय बिजुलीबजार काठमाडौं वा ९८४१५६०१२५, ९८५१११८२९५, ९८०३९३४०६० वा नजिकको प्रहरी प्रशासन वा सुरक्षा निकायमा खबर गर्न सम्पूर्ण उद्यमी तथा व्यवसायीलाई अनुरोधसमेत गरेका छन् ।
रामकुमारको पक्षमा वैदेशिक रोजगार विभागमा वकालत गर्न पुगेकी कानुन व्यवसायी विनिता अधिकारीको पनि मिलेमतो रहेको आशङ्का गरिएको छ । ठग साहसँग आफ्नो रकम असुल्न पुगेका पीडितहरू देखेपछि अधिवक्ता अधिकारी तिनकुनेस्थित वैदेशिक रोजगार विभागबाट ठगका नाइके साहका बाबु रेशमकुमार साहलाई लिएर हतार-हतार काम नसकी विभागबाट बाहिरिएपछि पीडितहरूले यस्तो आशङ्का गरेका हुन् ।
नेकपा माओवादी मातृका यादवको नाममा आर्थिक सहयोग तथा चन्दा उठाउने गिरोहका नाइके रामकुमारलाई वैदेशिक रोजगार न्यायाधीकरण कार्यालयले अनुसन्धानका लागि म्याद थप गरी महागगरीय प्रहरी परिसर हनुमानढोकाको हिरासतमा पठाएको छ । साह पक्राउ पर्दा नेकपा माओवादीको नाममा उनले प्रयोग गरेको नक्कली रसिद, स्ट्याम्प, चन्दा उठाएको रसिदका अर्धकट्टीहरू पनि फेला परेको छ ।

नेविसङ्घको इतिवृत्त पुस्तकमा
नेपाल विद्यार्थी सङ्घका नेता भूपेन्द्रजंग शाहीद्वारा लिखित पुस्तक ‘नेपाल विद्यार्थी सङ्घ : विगत र वर्तमान’ प्रकाशित भएको छ । गत २५ गते नेपाल पर्यटन बोर्डमा आयोजित विमोचन समारोहबीच काङ्ग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले सो पुस्तक विमोचन गर्नुभयो । चार खण्डमा विभाजित एक सय ५४ पृष्ठको पुस्तक नेविसङ्घको इतिवृत्त बुझन चाहनेका लागि अत्यन्त उपयोगी रहेको छ ।
लेखक शाहीका यसअघि बन्दीगृह
-उपन्यास), लाशहरूको बस्ती -गजलसङ्ग्रह), कर्णालीका लागि सम्पूर्ण आन्दोलन -लेखसङ्ग्रह) प्रकाशित भइसकेका छन् । यसका साथै विभिन्न पत्रपत्रिकामा उहाँ समसामयिक सन्दर्भमा लेखहरू लेख्ने गर्नुहुन्छ । ‘नेविसङ्घ, नेविसङ्घ : हाम्रो नेविसङ्घ’ भन्ने नेपाल विद्यार्थी सङ्घको मूल गीत भूपेन्द्रजंगले नै लेख्नुभएको हो । पछिल्लो समयमा शाहीले नेपालको साठी वर्षको राजनीतिक इतिहासलाई समेटेर ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काङ्ग्रेस’ नामक वृत्तचित्रको निर्देशन तथा निर्माणमा पनि गर्नुभएको छ । उहाँका युद्धसम्बन्धी उपन्यास ‘विस्थापितहरू’ र कवितासङ्ग्रह ‘देश हराएको सूचना’ प्रकाशनको तयारीमा छन् ।

तिब्बती पक्राउ
बिनाराहदानी लुकिछिपी नेपाल प्रवेेश गरेको आरोपमा एक महिला र ६ जना पुरुषलाई प्रहरीले गत आइतबार बिहान नियन्त्रणमा लिएको छ । हुम्लाको लिमी गाविसस्थित टिक्ची भन्ने स्थानबाट नियन्त्रणमा लिइएका ती तिब्बतीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच दाङ सतबरिया-३ का पदम योगीको घरको मूलगेटमा राखिएको प्रेसरकुकर बम प्रहरीको सक्रियतामा नेपाली सेनाको टोलीले निष्त्रिmय तुल्याएको छ । जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी केन्द्रीय कमिटीका अध्यक्ष भगत सिंहको हस्ताक्षर भएको पर्चासमेत बमसँगै फेलापरेको थियो ।

काङ्ग्रेसमा सपना रहेन : शशांक
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् डा. शशांक कोइरालाले बीपी कोइरलामा सपना थियो कार्यान्वयनका लागि समय थिएन, अहिले नेपाली काङ्ग्रेसमा समय रहेको तर सपना नरहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस भोटसिपाद्वारा आयोजित काङ्ग्रेसको गाउँ जागरण अभियानलाई सम्बोधन गर्दै नेता कोइरालाले अब काङ्ग्रेस स्पष्ट भिजनसहित गाउँ जाने बताउनुभयो । राष्ट्रिय राजनीतिका सन्दर्भमा भने नेता कोइरालाले सातबुँदे ठीक भए पनि कार्यान्वयनमा आशङ्का रहेको बताउनुभयो ।
काङ्ग्रेसको जिल्ला अधिवेशनपश्चात् भएको सबैभन्दा ठूलो उक्त सभालाई काङ्ग्रेसका युवानेता विश्वप्रकाश शर्मा, किसान सङ्घका निवर्तमान अध्यक्ष भानु सिग्देल, सिन्धु काङ्ग्रेसका महासमिति सदस्यद्वय विकास लामा र सुदर्शन आचार्यले सम्बोधन गर्नुभएको थियो । सोही सभालाई संविधानसभा निर्वाचनका प्रत्याशीद्वय लीला नेपाल र सोनाम लामा, काङ्ग्रेसका क्षेत्रीय सभापति जंगबहादुर तामाङ, महाधिवेशन प्रतिनिधि विलबहादुर तामाङ, नेविसङ्घका जिल्ला अध्यक्ष गणेश सिग्देल, तरुण दलका प्रतिनिधि अमृत बुढोथोकी, काङ्ग्रेसका भीमप्रताप भण्डारी, मधुसूदन सिग्देललगायत वक्ताहरूले सम्बोधन गरेका थिए । सभा एकाइ सभापति पुण्यप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

समाजसेवी सेतीमायाको तन जापानमा मन नेपालमै
३५ वर्षअघि सोलुखुम्बुको नाम्चेबजारदेखि जापानसम्मको यात्रा तय गर्दा सेतीमाया शेर्पाले कल्पनासम्म पनि गरेकी थिइनन् कि जापानजस्तो परिश्रमबाट समृद्ध बनेको मुलुकमा रहेर पनि आज आफ्नो हैसियत समाजसेवामा यशपूर्ण योगदान पुर्‍याउने स्तरको हुनेछ भन्ने । तर, भाग्यको लेखोट यही नै थियो, फलत: नामको पछिल्तिर यतिबेला ‘थामाओकी’ जोडिएर सेतीमाया थामाओकीको परिचय बनाएकी नाम्चेकी नेपाली चेली आज परिश्रमकै बलमा जापान र नेपालमा समेत एक समाजसेवी महिलाको परिचय बनाउन सफल
भएकी छिन् ।
जापानमा सोरोपिची मिस्टो क्लब, सुजुराङ्काइ -महिलासम्बन्धी संस्था) लगायतका विभिन्न सामाजिक सङ्घ-संस्थामा आबद्ध रही अनेक सामाजिक क्रियाकलापमा संलग्न रहँदै आएकी सेतीमायाले जापान-नेपाल सोसाइटीमार्फत नेपाल र नेपालीका निम्ति पनि सेवामूलक कार्यहरू गर्दै आएकी छिन् । ३५ वर्षको जापान बसाइका क्रममा उनले २५ पटक नेपालको यात्रा गरिसकेकी छिन्, यसबाट नेपाल र नेपालीप्रतिको उनको लगाव मापन गर्न सकिन्छ । जापानको टोकियोनजिक चिवाकेन भन्ने ठाउँमा ‘जयनेपाल’ नामक रेस्टुरेन्ट सञ्चालन गरिरहेकी सेतीमायाका चिवाकेनकै माकुहारी भन्ने स्थानमा पनि अन्य दुईवटा रेस्टुरेन्ट सञ्चालनमा छन् । वर्षोनी ५०-६० जना महिला उपस्थित गराएर सेतीमाया ‘साडी पार्टी’को आयोजना गर्ने गर्छिन् । नेपाली पहिरनबारे चिनारी बाँड्नु यस कार्यको उद्देश्य रहेको सेतीमायाको कथन छ । उनको जयनेपाल रेस्टुरेन्ट त जापानीका लागि नेपाल तथा नेपाली संस्कृति बुझ्ने एक महत्त्वपूर्ण थलोकै रूपमा जापानभर चिनिएको छ । नेपाल, नेपाली, नेपाली धर्म-संस्कृति, रीतिरिवाजबारे जापानीलाई जानकारी गराउनमा सेतीमायाले पुर्‍याइरहेको योगदानका आधारमा उनलाई जापानका लागि नेपाली सांस्कृतिक राजदूतकै संज्ञा दिँदा पनि फरक पर्दैन । सेतीमाया थामाओकीले समाजसेवामा पुर्‍याएका योगदानहरूबारे जापानका ‘सेभेनस्टार’लगायतका अन्य प्रख्यात टीभी च्यानलहरूले समेत समय-समयमा उनको अन्तर्वार्ता तथा नेपालसम्बन्धी कार्यक्रम प्रसारण गर्ने गर्छन् । हालै जापानमा गएको सुनामीले अस्तव्यस्त पारेको समयमा अलपत्र परेका आठ सय बालबालिका तथा वृद्धवृद्धालाई अहोरात्र खटिएर आफ्नै खर्चमा खाना तथा अन्य बन्दोबस्तीका सामान उपलब्ध गराउँदा समाजसेवी नेपाली चेलीको रूपमा जापानमा उनको ठूलो प्रशंसा भएको थियो ।
हालै आफ्नो पच्चीसौँ नेपाल आगमनका अवसरमा बालसारथि नामक स्कुलका लागि सेतीमायाले पचास हजार चन्दा प्रदान गरिन् । गौशाला, तिलगंगास्थित सो स्कुलमा ९० जना बालबालिकाले शिक्षा पाइरहेका छन् । जापानमा समेत इलमेन्ट्री स्कुल सञ्चालन गरी अन्य विभिन्न विद्यालयमा सहयोग उपलब्ध गराउँदै आएकी सेतीमाया थामाओकीकै सहयोगमा नौ वर्षअघि बालसारथी स्कुल स्थापना भएको थियो भने खुङ्बिला होटलका प्रोपाइटर एवम् जापान-नेपाल सोसाइटीका डाइरेक्टर पासाङ विश्वकर्माले सुरुका चार वर्षसम्म आफ्नो होटल नै उक्त स्कुलका लागि नि:शुल्क उपलब्ध गराएका थिए ।
-अजय लामा

क्षेत्री-ब्राह्मण एकै ठाउँ
ब्राह्मण-खस क्षत्री राष्ट्रिय सङ्घर्ष समितिका कमाण्डर एवम् खस क्षत्री समाज राष्ट्रिय महासङ्घका अध्यक्ष कुमारबहादुर थापाले धर्तीपूत्र र ब्राह्मणलाई राज्यले गरेको विभेदकारी कार्य तत्काल नसच्याए अब हुने संयुक्त आन्दोलन सरकारका लागि महँगो पर्ने चेतावनी दिनुभएको छ ।
ब्राह्मण, खस क्षत्री, दलित, दशनामी, ठकुरीलगायत जातिलाई राज्यले आदिवासी र मूलजातिमा नराखेमा हिजो मंगलबारदेखि सुरु भएको संयुक्त आन्दोलनले कस-कसलाई बढार्ने हो निश्चित नभएको थापाको चुनौती छ । देश निर्माणका लागि मात्र नभएर मुलुकमा प्रजातन्त्र स्थापनाका लागि रगतको खोलो बगाएको जातिलाई आज आप्रवासी बनाउने दुस्साहस गरिएकोले बाध्य भएर आन्दोलन गर्नुपरेको थापाले बताउनुभयो ।
अब ब्राह्मण र क्षत्री पनि दल खोल्न बाध्य हुने उल्लेख गर्दै कमाण्डर थापाले जुन दिन ब्राह्मण-क्षत्रीले दल खोल्छन् त्यो दिन माओवादी, नेपाली काङ्ग्रेस र एमालेको हैसियत हर्ेनलायक हुने दाबी पनि गर्नुभयो । अधिकारको माग गर्दै संविधानसभा भवनअगाडि गरिएको धर्ना कार्यक्रमलाई सम्बोधनका क्रममा थापाले उक्त कुरा बताउनुभएको थियो ।
संयुक्त सङ्घर्ष समितिका संरक्षक तथा ब्राह्मण समाजका केन्द्रीय अध्यक्ष नारायणप्रसाद अधिकारीले आफूहरू कुनै पद र प्रतिष्ठाका लागि आन्दोलनमा नलागेको बताउँदै भावी पुस्ताको उज्ज्वल भविष्यका लागि बाध्य भएर सडकमा आएको बताउनुभएको थियो ।

महिलामा अड्कियो भ्रातृ सङ्गठन विवाद
संविधान निर्माण र लोकतन्त्र स्थायित्वको नेतृत्व लिनुपर्ने नेपाली काङ्ग्रेस यतिबेला आफैंले सिर्जना गरेको भ्रातृ सङ्गठन विवादमा अल्झन पुगेको छ । काङ्ग्रेसभित्र तत्काल भ्रातृ सङ्गठन विवाद मिलाएर राष्ट्रिय राजनीतिमा केन्द्रित हुन दबाब बढ्दै गए पनि काङ्ग्रेसले आफूलाई गतिशील पार्टीका रूपमा अगाडि र्सार्न सकेको छैन । पार्टी एकीकरणपश्चात् भएको एकताको महाधिवेशनपश्चात् पार्टीले व्यापक उचाइ लिने अपेक्षा आमकाङ्ग्रेसजनमा थियो । तर, त्यसो हुन सकेन मात्र होइन, आफैंले सिर्जना गरेको विवादमा काङ्ग्रेस फस्न पुगेको छ ।
नेविसङ्घका अध्यक्ष प्रदीप पौडेलले राजीनामा दिएको आधा वर्ष नाघिसक्दासमेत नेविसङ्घको समिति निर्माण हुन नसक्दा देशभरका नेविसङ्घका कार्यकर्तामा निराशा उत्पन्न भएको छ । निराशाकैै बीच नेविसङ्घको अध्यक्षका प्रत्याशीमा नैनसिंह महरा, दीपक अधिकारी र रञ्जित कर्णको नाम भने चर्चामा आएको छ । पार्टी संस्थापन पक्षले आफूभित्रवाट आउनुपर्दा दीपक अधिकारी र रञ्जित कर्णमध्ये एकलाई छान्ने सम्भावना देखिन्छ ।
उता तरुण दलको विवाद पनि उत्कर्षमै छ । दलका अध्यक्ष महेन्द्र यादव पार्टीको केन्द्रीय सदस्य तथा सभासद् भएकाले विकल्पका लागि भन्ने तर्क दिँदै दल विघटन भएको थियो । दलमा अध्यक्षका प्रत्याशी कोइराला क्याम्पबाट हुर्मत न्यौपाने, पुष्प पराजुली देखिनुभएको छ भने देउवा क्यापबाट उदयशमशेर राणा, नागेश्वर यादव र निरञ्जन केसी देखिनुभएको छ । दुवै क्यापमा नरहेका कृष्णप्रसाद बसेलको पनि नाम चर्चामा छ । अन्तमा तरुण दल पार्टी एकीकरणका समय देउवा क्याम्पमा परेकाले देउवाले जसलाई अगाडि सार्‍यो यसैले दलको अध्यक्ष पाउने सम्भावना बढी छ । देउवा क्याम्पले भ्रातृ सङ्गठनलगायत पार्टीको विभागसमेत प्याकेजमा सहमति गर्नुपर्ने अडान राख्दै आएकाले भने भ्रातृ सङ्गठनको टुङ्गो कसरी लाग्छ यकिन छैन ।
काङ्ग्रेस स्रोतका अनुसार विवादको चुरो भने महिला सङ्घमा अड्किएको छ । पार्टी संस्थापन पक्ष महिला सङ्घको नेतृत्व आफ्ना पक्षबाट बनाउन चाहन्छ भने देउवा क्याम्प महिला सङ्घकी अध्यक्ष अम्बिका बस्नेत आफ्ना पक्षमा रहेकीले सङ्घको नेतृत्व आफैंले तोकेको व्यक्तिले पाउनुपर्नेमा छ । देउवा क्याम्प पनि महेन्द्र यादव र अम्बिका बस्नेतको विकल्प दिने भने तयार भइसकेको छ ।
उता तरुण दलको महाधिवेशन आयोजक समितिमा रहने केही व्यक्तिहरूको नामसमेत चर्चामा आएको छ । कोइराला क्याम्पबाट पुष्पराज पराजुली, दामोदर कोइराला, नारायण भट्टराई, प्रताप गुर्धामी, भक्तध्वज बोहरालगायत एक दर्जन व्यक्तिको नाम चर्चामा छ । आफूहरूमध्ये केही दलको संयोजक को हुन्छ भनेर हेरेर मात्र सदस्य बस्ने मनस्थितिमा हुनुहुन्छ । अर्कातिर देउवा क्याम्पबाट नागेश्वर यादव, निरञ्जन केसी, राधा घले, जन्मजय तिमिल्सिना, लक्ष्मी परियार, उद्धव सिलवाल आदिको नाम चर्चामा छ । मध्यमार्गी धारमा रहेकामध्ये डा. शेखर कोइरालानजिक रहेका उत्तम चापागाईंसमेत समितिमा पर्ने सम्भावना छ । प्रचार विभाग प्रमुख रहेर काङ्ग्रेस महामन्त्री कृष्ण सिटौलानजिक पुगेका सर्ुदर्शन आचार्यले भने दलभन्दा बाहिरै रहेर पार्टीको काम गर्ने बताउँदै आएका छन् ।
पार्टीले आधा दर्जन भ्रातृ सङ्गठन भङ्ग गरी लामो समयसम्म विवाद मिलाएर गठन गर्न नसक्दा आममानिसमा पार्टीका प्रति निराशा उत्पन्न हुँदै गएकाले एक साताभित्रै भ्रातृ सङ्गठनले पूर्णता पाउने काङ्ग्रेस स्रोतले बतायो ।

मर्स्याङदी-२ फेरि मृत्युशय्यामा-विलाल बगाले
माओवादीको गलत क्रियाकलाप तथा अवरोधका कारण लामो समयसम्म थला परेको ६ सय मेगावाटको माथिल्लो मर्स्याङदी-२ जलविद्युत् परियोजना गत असारबाट सञ्चालनमा आउने भनिएपछि बौरिएको अनुभूति गरिएको थियो । तर, देशको राजनीतिक दुरावस्था अनि चारबुँदे सहमतिपछि छिमेकी मित्रराष्ट्र भारतको चर्को विरोध गर्दै आएका वैद्य पक्षधरका एक नेताले मर्स्याङदी-२ लाई पुन: मृत्युशय्यामा लगेका छन् ।
मनाङ र लमजुङको सीमावर्ती क्षेत्रमा निर्माण हुन लागेको ६ सय मेगावाटको माथिल्लो मर्स्याङदी-२ परियोजना गत असारबाट सञ्चालनमा आउने भनिए पनि परियोजनाले लिखित रूपमा गरेको प्रतिबद्धता पूरा नगरेसम्म सञ्चालनमा नआएको र आउनै नदिने चेतावनीसमेत दिइएको छ ।
नेकपा माओवादी स्थायी कमिटीका सदस्य देव गुरुङले बेसीसहरमा सञ्चारकर्मीसँग कुराकानीका बेला भारतीय कम्पनी जीएमआर र हिमताल हाइड्रोपावर कम्पनीलाई डीपीआर मात्र पूरा गर्न दिएको बताउँदै स्थानीयवासीको अग्राधिकार कायम नभएसम्म परियोजना सञ्चालन गर्न नदिने बताए । तर, पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराईलाई हिमताल हाइड्रोपावर कम्पनीका उच्च अधिकारीले परियोजनाबारे यथार्थ अनि विस्तृत जानकारीसमेत विगतमा गराएको र सङ्क्रमणकालीन समयमा जलविद्युत् क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरू डराइरहेको समयमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि लगानीमैत्रीको वातावरण बन्ने अपेक्षा सबैले गरेका थिए ।
अहिले एमाओवादीभित्र विवाद बढेका बेला वैद्य पक्षले स्थानीयवासीको अग्राधिकार र राष्ट्रिय स्वाधीनताको मुद्दा अगाडि ल्याएको छ । चारबुँदे सहमतिपछि भारतको चर्को विरोध गर्दै आएका वैद्य पक्षका गुरुङले स्थानीयवासीको अग्राधिकारकै लागि विगतमा आयोजना बन्द गरिएकोमा आयोजना सुरु हुने बेलामा आफूहरूले उठाएको माग पूरा गर्ने लिखित सहमति जनाएकाले मात्र डीपीआर पूरा गर्न दिएको बताए । जीएमआरसँग करोडौँ आर्थिक लेनदेनपछि मात्र बन्द परियोजना खुलाउन माओवादी राजी भएको हो त भन्ने हल्लाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा सदस्य गुरुङले हल्ला मात्र रहेको बताए । तर, परियोजनाले स्थानीय तहको विकास निर्माण र वातारणमा एक अर्ब ९१ करोड ६८ लाख पाँच हजार एक सय ८८ रुपैयाँ खर्च गर्ने भएको छ ।
मनाङ र लमजुङको सीमावर्ती क्षेत्रमा निर्माण हुन लागेको परियोजनाको डीपीआर तयारी भइरहँदा विगतमा आदिवासी जनजाति र भ्रातृसङ्गठन तमू राष्ट्रिय मुक्तिमोर्चाले हितविपरीत भएको भन्दै दुई वर्षअघि परियोजनाको परीक्षण सुरुङ लमजुङको ताघ्रिङको स्याँगेमा झन्डा गाडेर निर्माणकार्य बन्द गराएका थिए । तर, एमाओवादी र भ्रातृसङ्गठन तमू मुक्तिमोर्चालाई व्यापक दबाब परेपछि काठमाडौंमा भएको सर्वपक्षीय बैठकमा तत्कालका लागि परियोजनाको निर्माणकार्य अगाडि बढाउन माओवादी र उसको भ्रातृसङ्गठन सकारात्मक भएपछि परियोजनाको काम अगाडि बढाउने क्रममा परियोजानले गत साउनको तेस्रो साता वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, स्थायी कमिटी सदस्य गुरुङले छुट्टै ऊर्जा नीति नबनाएसम्म तत्कालका लागि उत्पादन अनुमतिमा रोक लगाउने तर त्यसभन्दा पहिले डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कनका काम गर्न दिने र्सतमा मात्र परियोजनाको काम सुचारु गर्न अनुमति दिएको बताए ।
देशको राजनीतिक अवस्थाले विगतदेखि नै राजनीतिको सिकार बन्दै आएको माथिल्लो मर्स्याङ्दी-२ भारतीय कम्पनी जीएमआरको ८० र हिमाताल हाइड्रोपावरको २० प्रतिशत लगानी रहेको छ । परियोजानले डीपीआर रिपोर्ट सम्बन्धित विभागमा बुझाइसके पनि निर्माणकार्य रोक्नसमेत वैद्य पक्षको बढी संलग्नता रहेको यो परियोजना सञ्चालन गर्न दिने पार्टीको नीत्रि्रति वैद्य पक्ष असन्तुष्ट हुँदै आए पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू अर्थमन्त्री भएर लमजुङ र मनाङ आउँदा जलविद्युत् क्षेत्रको लगानीकर्ताहरूलाई हौसला र प्रेरणा दिएका थिए । करिब ८५ अर्ब लाग्ने अनुमान गरिएको मर्स्याङदी-२ परियोजना काम गर्ने वातावरण सहज भएमा करिब पाँच वर्षभित्रमा निर्माणकार्य सम्पन्न हुने आशा गरिएको थियो ।

तनावमुक्तिका निम्ति ध्यान कार्यशाला
सफलता, तनावमुक्ति र सुखी जीवनका लागि माइन्ड मेनेजमेन्ट कार्यशाला सञ्चालन भएको छ । स्थानीय अन्नपूर्ण होटलमा रोटरी क्लब अफ राजधानीका सदस्यहरूलाई उक्त शिविर आयोजना गरिएको थियो । उक्त शिविरमा प्रबन्धन गुरु आचार्य श्री स्वामी धु्रवले प्रवचन दिनु भई ध्यान सिकाउनुभएको थियो । यसभन्दा पहिला रोटरी क्लब अफ बुढानीलकण्ठ र सिटिजन बैंक इन्टरनेसनल लिमिटेडका कर्मचारीहरूका लागि पनि माइन्ड मेनेजमेन्ट कार्यशाला सञ्चालन गरिएको थियो । सृष्टि साधना केन्द्रले ठाउँ-ठाउँमा बेलाबेलामा यस्तो कार्यक्रम गरिरहेको छ । निकट भविष्यमा ट्राफिक प्रहरी र केन्द्रीय कारागारमा पनि यस्तै किसिमको कार्यक्रम हुने बताइएको छ ।

भक्तपुरमा श्रीमद्भागवत ज्ञान यज्ञ
लक्ष्मीनारायण कलश मन्दिर स्थापनार्थ भक्तपुर दरबार स्क्वायरमा श्रीभद्भागवत ज्ञान महायज्ञको सञ्चालन हुँदै छ । आउँदो मङ्सिर ११ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त ज्ञान महायज्ञमा नवग्रह पुञ्ज, शक्ति पूजा, भीमसेन पूजा, भैरव पूजा, महामृत्युन्जन्य पूजा र लक्ष्मीनारायणको पूजा गरिने छ । वेदाचार्य पण्डित नारायणप्रसाद शर्माले श्रीमद्भागवतको कथा सुनाउने उक्त ज्ञान महायज्ञमा यज्ञलाई सफल पार्न दान दिनुहुने भक्तजनलाई सम्मान गर्ने आयोजक लक्ष्मीनारायण कलश ट्रष्ट समितिले बताएको छ ।

एटीएमबाट पैसा नआए पनि खातामा घट्ने !
एक्काइसौँ शताब्दीको प्रतिस्पर्धी जमानामा आफ्ना ग्राहकलाई सुविधा दिन खोज्नु तथा आफूतर्फ आकर्षित गर्ने नयाँ योजना ल्याउनु जुनसुकै व्यापारिक कम्पनीको उद्देश्य नै रहन्छ । तर, सुविधाका नाममा ग्राहकलाई भ्रममा पारेर ग्राहकको रकम गायव पारेर त्यही रकमका भरमा आफू फाइदामा गएको देखाउन मिल्छ कि मिल्दैन ? पछिल्ला दिनमा बैंकका एटीएमबाट रकम गायव हुने क्रम बढिरहे पनि त्यसको निराकरण तथा एटीएम बोक्ने ग्राहकलाई ‘र्एलर्ट’ गर्नेतर्फ भने कुनै पनि वित्तीय संस्थाले चासो दिएको पाइँदैन ।
नेपालमा बैंक तथा वित्तीय संस्थाहरू आवश्यकताभन्दा तेब्बर रहेको जानकार कसैले पनि नकार्दैनन् । यसैले पनि बैंक तथा वित्तीय संस्थाले आफूप्रति ग्राहकको ध्यान खिच्नका लागि विभिन्न योजना र सुविधाको प्रचार गरिरहेका हुन्छन् । पछिल्ला दिनमा चेक साट्न घन्टौँ लाइनमा बस्नु नपर्ने एटीएम -एनी टाइम मनी) सेवा प्राय: ठूला बैंक तथा वित्तीय संस्थाले व्यवस्था गरिसकेका छन् भने केही फाइनान्सले समेत एटीएम सेवा चालू गरेका छन् । साथै, केही बैंक तथा वित्तीय संस्था त एसएमएस बैंकिङर्, इ-बैंकिङजस्ता सेवा दिएर पनि ग्राहक तान्ने होडमा छन् । तर, के त्यस्ता सुविधाबाट ग्राहकले सेवा बढी पाएका छन् कि सास्ती ? कसैले चासो देखाएको या खोजीनिती गरेको छ त ?
एटीएम तथा क्रेडिट कार्डको दुरुपयोग गरी रकम चोर्ने गिरोह सक्रिय रहेका बेला बैंक तथा वित्तीय संस्थाको बद्मासीले पनि ग्राहकहरू ठगिने क्रम बढिरहेको छ । एक बैंकको एटीएम बोकेर अर्कै बैंकको एटीएममा छिर्दा एकातिर जानकारी नपाएर कतिपय ग्राहक सेवा दिएको नाममा महँगो शुल्कमा ठगिएका हुन्छन् भने कतिपय बैंकले एटीएममा रकम नै नराखिदिएर पनि रकम ट्रान्सफर शुल्क मात्रै नभएर ग्राहकले खोजेको रकमसमेत ठगी गर्ने गरेको पाइएको छ ।
शनिबार बिहान मात्रै इन्भेष्टमेन्ट बैंकको कार्ड प्रयोग गर्दा एक ग्राहक ठगिएका छन् । एमआर नामका ग्राहकले कलंकीस्थित राष्ट्रिय वाणिज्य बैंकको एटीएममा सोही बैंकले जारी गरेको एटीएम कार्ड छिराउँदा ‘पिन रुजु हुन सकेन’ भनेपछि सोही एटीएममा इन्भेष्टमेन्ट बैंकको कार्ड छिराउँदा रकम हराएको हो । दुईपटकसम्म कोसिस गर्दासमेत रकम नदिएपछि एमआर नेपाल एसबीआई बैंक पुगेका थिए, त्यहाँ पनि दुवै कार्डबाट पैसा उपलब्ध भएन । त्यसपछि कलंकीकै सिर्द्धार्थ बैंकको एटीएममा पुगेपछि रावा बैंकको कार्डलाई रकम उपलब्ध भएन भने इन्भेष्टमेन्टको कार्डबाट रकम झर्‍यो । पछि कुरैकुरामा एटीएमले रकम नदिएको खण्डमा पनि खातामा घट्ने जानकारी पाएपछि एमआरले इन्भेष्टमेन्ट बैंकमा सम्पर्क गर्दा पैसा घटेको पत्तो लाग्यो र उनले एउटा मात्र ट्रान्जेक्सन सही रहेको दाबीका साथ इन्भेष्टमेन्ट बैंकमा कम्प्लेन गरेका छन् । बैंक कर्मचारीले सम्बन्धित बैंकमा प्रोसेसिङका लागि पठाइने र खातामा जम्मा हुन केही दिन लाग्ने जानकारी दिए ।
यसरी रकम नै नझरेको अवस्थामा खाताबाट रकम कट्टी हुनु कसको कमजोरी ? भन्ने प्रश्न गर्दा इन्भेष्टमेन्ट बैंकका दिपेश नामका कर्मचारीले ग्राहक नै ‘र्एलर्ट’ हुनुपर्ने बताए । ‘आफूले रकम झिक्न टर््राई गरिसकेपछि चाहे पैसा पाइयोस्, या नपाइयोस् बेलाबेलामा स्टेटमेन्ट हर्ेनर्ैपर्ने हुन्छ,’ उनले भने, ‘त्यसैले त हामीले १८ वटा क्लज ग्राहकलाई सचेत र सजग हुनका लागि उपलब्ध गराएका हुन्छौँ ।’ एटीएमबाट रकम झिक्ने क्रममा प्राप्त नभएको रकम पनि खातामा घट्ने हुँदा त्यस्तो रकम समयमै दाबी नगरिएको खण्डमा हराउन पनि सक्ने उनको कथन छ । उनले भने, ‘कुनै बैंकले त पछि फर्काइदिन पनि सक्छ र कसैले फर्काउँदैनन् पनि ।’ उनका अनुसार बैंकको एटीएमले रकम नदिएको खण्डमा खाताबाट घटेको रकम लिन भने प्रोसेसिङमा जाँदा पुन: खातामा जम्मा हुन केही दिन लाग्न सक्छ ।
इन्भेष्टमेन्ट बैंककै कर्मचारी दिपेशका कुरा सुन्दा लाग्छ, बैंकका १८ वटा क्लज बुझेर एटीएम प्रयोग गर्ने हामी १ प्रतिशत पनि छैनौँ । अझै कतिपय त एटीएमको कोड कहाँ हान्ने ? कसरी पैसा बुझ्ने भन्नेसम्म नबुझेकाहरूले पनि एटीएम प्रयोग गर्ने गरेको अवस्थामा जान्नेहरू नै ठगिने अवस्थाले बैंकहरू ग्राहकको खाताबाट हराएको रकममा आफू फाइदामा गएको देखाउँदा रहेछन् भन्ने पुष्टि भएको छ ।
यहीबीच, कलंकीस्थित राष्ट्रिय वाणिज्य बैंकको एटीएमले अधिकांश समय पैसा नदिने गरेको गुनासो स्थानीयवासीको छ । राजधानीको प्रवेश एवम् बाहिरिने मुख्य चोकमा रहेका यस्ता एटीएमले एकातिर ग्राहकको मागबमोजिम रकम नदिँदा समस्या पारेको छ भने उल्टो पैसै नझरीकन खातामा रकम घट्ने हुँदा अर्काे पिरलो पनि थपेको छ । कतिपयले त एटीएमले पैसा नझार्दा धोका पाएकोसमेत गुनासो गरेका छन् । यसरी धोका पाएकाहरूले नो टाइम मनीसमेत भनेर भन्न थालेका छन् । कतै तपाईं पनि एटीएमले पैसा दिएन, अघिल्लो कारोबार हुन सकेन, कारोबार रद्द गरिएको छ, पुन कोसिस गर्नुस्, जस्ता विभिन्न सुझाव एटीएमले दियो तर पैसा दिएन भने होस् गर्नुस् ! पैसा नपाए पनि खातामा चाहिँ रकम घट्ने सम्भावना प्रबल छ । यसतर्फ एटीएम बोक्नेहरू सावधान हुनर्ैपर्ने भएको छ ।
-नवीन उप्रेती

विदेशी लोग्नेले आत्महत्या गर्दा सुमित्रालाई सास्ती
माओवादी पार्टीले गरेको ‘जनयुद्ध’को समापन भएको केही वर्ष बितिसकेको छ । तर, युद्धले छोडेका कतिपय अभिशाप भने नेपाली समाजमा ज्युँका त्युँ छन् । यस्तैमध्येको एउटा अभिशाप बनेको छ जथाभावी रूपमा प्रयोगमा आएको देखिने घातक हातहतियारहरू ।
यसैको पछिल्लो उदाहरण गत आइतबार व्यहोर्नुपर्‍यो भरतपुर नगरपालिका-१० निवासी वीरेन्द्र बहुमुखी क्याम्पसका प्रोफेसर दीपक रेग्मीले । कुनै अपरिचित व्यक्ति उनको घर प्रवेश गरी आफूसँग भएको कटुवा पेस्तोलको आडमा लुटपाट मच्चाउन खोज्यो । मुखमा माक्स लगाएर आएको २०-२१ वर्षीय अपरिचित युवक घरभित्र प्रवेश गर्न खोजेपछि निजलाई नियन्त्रणमा लिने कोसिस भयो । सो क्रममा लुटेरा युवकले कटुवा पेस्तोल भने त्यहीँ छोडेर भाग्नुपर्‍यो । सो पेस्तोल प्रहरीले बरामद गरेको छ भने फरार अभियुक्तको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच ललितपुर उपमहानगरपालिका-१ डेरा गरी बस्ने सुमित्रा थापाका श्रीमान् एलेन अल्फोएलले घरको शौचालयमा आफंैले शरीरका विभिन्न भागमा छुरा प्रहार गरी आत्महत्या गरेका छन् । चालीस वर्षीय बेलायती नागरिक अल्फोएलाई घाइते अवस्थामा देखेर उनकै पत्नीले कुपण्डोलस्थित सर्वाङ्ग अस्पताल पुर्‍याएकी तर उपचारको क्रममा उनको मृत्यु भएको थियो । प्रहरीले सुमित्रा थापालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।