काठमाडौंका चार स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि, नेपालमा थप २८८ जनामा संक्रमण

काठमाडौंका चार स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि, नेपालमा थप २८८ जनामा संक्रमण


काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २४ देखि ३२ वर्षसम्मका तीन जना महिला र २८ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा डा. देवकोटाले जनाएअनुसार नेपालमा मंगलबार (२० जेठ) थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित मध्ये २ सय ७० जना पुरुष र १८ जना महिला रहेका छन् ।

बताइएअनुसार मंगलबार पीसीआर विधिबाट ७५ हजार तीन सय ४३ र आरडीटी विधिबाट एक लाख १६ हजार तीन सय ४५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय ४० र आरडीटी विधिबाट दुई हजार पाँच सय ८० जनाको नमुना परीक्षण गरिएको छ। यस्तै, अहिले १८ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

हालसम्म अस्पतालबाट कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या चाहिँ २६६ पुगेको छ। पछिल्लो चौबिस घण्टामा ४५ जना डिस्चार्ज भएका हुन् ।

हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई हजार उनान्सय पुगेको छ ।