चलचित्र बोर्ड अध्यक्षमा तीनजनाको नाम सिफारिस

चलचित्र बोर्ड अध्यक्षमा तीनजनाको नाम सिफारिस


  • राजन घिमिरे

केही समयदेखि चलचित्र विकास बोर्ड अध्यक्षविहीन छ । नयाँ अध्यक्षका लागि करिव एक दर्जन चलचित्रकर्मीले दरखास्त दिए पनि अन्ततः अन्तिम प्रतिस्पर्धातामा तीन चलचित्रकर्मीहरूको नाम आएको छ ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले सोमबार (१९ जेठ) तीनजनाको नाम सिफारिस गरेको हो । मन्त्रालयले तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको जानकारी दिएको छ ।

सिफारिसमा चर्चित अभिनेता भुवन केसी, वरिष्ठ निर्देशक दयाराम दाहाल र सांस्कृतिक संस्थान (नाच घर) का पूर्वमहाप्रबन्धक राजेश थापा थापा परेका छन् ।

सिफारिसमा परेका तीनमध्ये एक जनालाई यसै साता बस्ने मन्त्रीपरिषदको बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

तीनैजना आकाङ्क्षीबीच तीव्र प्रतिष्पर्धा भए पनि अन्ततः निर्देशक दाहाललाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गर्ने सम्भावना रहेको सम्बद्ध क्षेत्रमा चर्चा छ ।