आजको पञ्चाङ्ग एवम् राशिफल (२० जेठ २०७७ मंगलबार, २ जुन २०२०)

■ अनन्तश्री राजगुरु/जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य



आजको पञ्चाङ्ग :

श्रीशाके १९४२ नेपाल सं. ११४० ग्रीष्म ऋतु वि.सं. २०७७ ज्येष्ठ २० गते मंगलबार तद्अनुसार सन् २०२० जुन २ तारिख ज्येष्ठ शुक्लपक्ष एकादशी तिथि ९ः५६ पर द्वादशी तिथि चित्रा नक्षत्र व्यतिपत योग ८ः४५ पर वरियाण योग बब करण आनन्दादिमा ध्वांक्ष योग चन्द्रमा कन्या राशिमा १०ः२२ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५४ मा हुनेछ । निर्जलाएकादशी व्रत, तुलसीको दलराख्ने, द्विपुष्कर योग ९ः५६ देखि २१ः३३ बजेसम्म ।

आजको राशिफल :

मेष – ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । आफूतिर अरुलाई तान्ने क्षमता बढ्नेछ । सुखसुबिधासित सम्बन्धित काम बन्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ । धरको सुखशान्ति बढ्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । मान पुरस्कार पाइनेछ । व्यवसायिक क्षेत्रमा नयाँ सफलता प्राप्त होला । मनोकूलको काम बन्नेछ । आरोग्यता बढ्नेछ । रसरागप्रति आकर्षण बढ्नेछ ।

बृष – शुभ काममा सफलता प्राप्त होला । इष्टमित्र सुख सन्तति बढ्लान् । आयस्रोत बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्ला । दूरदेशबाट शुभ समाचार प्राप्त होला । सुख समृद्धि आरोग्यता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान सम्मान बढ्ला । विजय मिल्नेछ । सौर्य बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्ला । धर्म कर्ममा रुचि बढ्ला ।

मिथुन – नियम–कानूनलाई ध्यानमा राख्नुपर्ला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्ला । हांसविलासमा आकर्षण बढ्नेछ । जोखिममा नपर्नु हितकर रहला । मिठो भोजन मिल्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । योजना र बजेट बनाइ काम गर्नु बेस रहला ।

कर्कट – सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हितकर रहला । आय स्रोत बढ्नेछ । रोकिएको धन उठ्नेछ । सुख शान्ति बढ्नेछ । पारिवारिक स्थिति पनि अनुकूल रहनेछ । यात्रा होला । धनसम्पति बढ्ला ।

सिंह – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । सुख समृद्धि मिल्नेछ । समस्याको समाधान मिल्नेछ । साहसिक कार्यमा सफलता मिल्नेछ । आशा उत्साहमा बढोतरी हुनेछ । नयाँ सफलता मिल्नेछ । यशवर्चश्व बढ्ला । रोकिएको काम बन्नेछ । धनसम्पति बढ्नेछ । मिठो भोजन मिल्नेछ । संघर्षरत रहनु हुनेछ ।

कन्या – वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेम पात्रको माया ममता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछन् । मिठो भोजन मिल्नेछ ।

तुला – भोगविलासमा आकर्षण बढ्नेछ । भागदौड लागि रहला । शारीरिक र आर्थिक काममा प्रगति होला । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सुख सन्तति बढ्नेछन् । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ ।

वृश्चिक – विवादप्रति सचेत भई अरुको भरमा नपरी काम गर्नु हितकर रहला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्ला । दूरदेशबाट शुभ समाचार सुन्नु हुनेछ । इष्टमित सन्नतान सुख बढ्ला ।

धनु – आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पदबी भेट्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।

मकर – यात्रमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला । मिठो भोजन मिल्नेछ । शुभ काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।

कुम्भ – काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछौ ।

मीन – स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । खर्च बढ्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बनिरहला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रशन्न रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखको बस्तुमा खर्च बढ्ला । आफन्तको सहयोग प्राप्त होला । जीवनसाथीको साथ प्राप्त होला ।

प्रतिक्रिया