नेपालमा कोरोना संक्रमित संख्या अठार सय नजिक

नेपालमा कोरोना संक्रमित संख्या अठार सय नजिक


कोरोना संक्रमण दिनानुदिन बढ्दो क्रममा रहेको परिवेशमा नेपालमा करिव अठार सयमा संक्रमण देखिएको छ । सोमबार (१९ जेठ) मात्र थप २ सय २६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नियमित प्रेस ब्रिफिङका क्रममा डा. देवकोटाले २ सय १३ जना पुरुष र १३ जना महिला गरी २ सय २६ जनामा कोरोना पुष्टि भएको अब ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ भने आठ जनाको मृत्यु भएको छ ।