वरिष्ठ कलाकार ठकुरी रहनुभएन

वरिष्ठ कलाकार ठकुरी रहनुभएन


राजन घिमिरे

नेपाली कलाकारिता क्षेत्रका एक जीवन्त अभियनयका उदाहरण वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरी अब हामीमाझ रहनुभएन । ९२ वर्षको उमेरमा उहाँको आइतबार (१८ जेठ) निधन भयो ।

थुप्रै टेली चलचित्र र ठुलोपर्दामा काम गर्नुभएका कलाकार ठकुरी लामो समयदेखि बिरामी हुनुहुन्थ्यो ।

स्वर्गीय ठकुरीको एक छोरी र श्रीमती छन् ।

चलचित्र ‘जीवन रेखा’बाट अभिनायात्रा सुरु गर्नुभएको जयनन्द चन्दद्वारा अन्तिम अभिनित चलचित्र ‘भागी भागी नजाऊ’ हो । लामो समयदेखि चन्द पक्षघात, सुगर प्रेसर र सोडियम ‘लो’ हुने जस्ता रोगबाट थला पर्नुभएको थियो ।