कोरियामा रेष्टुरेण्ट व्यवसायी महिलाको मृत्यु

जीवन खत्री, सउल (द. कोरिया)



पोखरा (कास्की) घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आउनुभएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ । भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु शहरमा आफ्ना श्रीमानका साथ पोखरेली भारतीय नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आउनुभएको थियो ।

घटनाबारे सउलस्थित नेपाली राजदूतावासमा खबर भए पनि औपचारिक रुपमा जानकारी भइनसकेको श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताउनुभयो । केही दिनयता कोरियामा नेपालीको मृत्यु हुने क्रम लगातारजस्तै देखिएको छ । गत सोमबार मात्रै धादिङकी मैती तामाङको आफ्नो कार्यस्थलमा एक तलामाथिबाट लडेर उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यस्तै दुई साता अगाडि स्याङ्जाका खड्गबहादुर थापा सुतेकै अवस्थामा मृत फेला परेका थिए । थापाको शव नेपाल लाने अवस्था नभएपछि गत आइतबार कोरियामै अन्तिम संस्कार गरिएको थियो ।

प्रतिक्रिया