नेपाल-भारत विवादमा केही तथ्यहरू

■ दामोदर पौडेल



नेपाल र भारतबीच महाकाली नदीको मुहानका बारेमा रहेको विवादकै परिवेशमा नेपालको नक्सामा विवादित भनिएको भूमि हाल समावेस भएको छ, र यस प्रकरणले दुई देशको सम्बन्धलाई नै सङ्कटावस्थातर्फ धकेलेको महसुस गरिँदै छ ।

विवादित यो भूभाग नेपालको भनेर जनिने गरी २०३० सालयता नेपालको नक्सामा थिएन । नयाँ स्वरुपको नक्सा नेपालको वर्तमान संविधानमा पनि समेटिएको थिएन । त्यो नक्साबाट हामीले आफ्नो भूभागको सम्बन्धमा आफ्नो हैसियत देखाएका छौँ र यो आवश्यक पनि हो । तर, यसमा मात्र विवाद आधारित रहेको जस्तो देखिँदैन ।

चीन र भारतका लागि उक्त विवादित जग्गा सैन्य रणनीतिक दृष्टिले साह्रै महत्वपूर्ण हो । त्यो भू–भाग भारतले चीनसँगको सन् १९६२ को युद्धबाटै रणनीतिक महत्वको भएर आफ्नो कब्जामा राखेको देखिन्छ । तिब्बतीक्षेत्रमा अवस्थित कैलाश भारतीयहरूको तीर्थाटनको लागि महत्वपूर्ण रहेकोले चीन र भारतबीच सहमति भएरै त्यहाँबाट सडक लगिएको भनिएको छ । यो एउटा पाटो हुन सक्ला । यसअलावा उक्त क्षेत्र भारतको लागि सामरिक रुपमा धेरै महत्वपूर्ण छ । चीनको लागि पनि स्वतः महत्वपूर्ण हुने नै भयो । त्यसैले चीन र भारतबीच युद्धको अवस्था आएमा त्यहाँबाट दुवै पक्षले आफ्नो पकडको आधारमा सुरक्षा र आक्रमणलाई सवल बनाउन सक्दछन् । त्यो भूमिमा भारत र चीन जसको पकड बलियो हुन्छ उसैले युद्धको स्थितिमा फाइदा लिन सक्दछ ।

त्यही कारणले भारत र चीनले त्यस क्षेत्रमा सम्वेदनशीलता देखाएको हाल आएर प्रष्ट भएको छ । अमेरिकाले एमसीसीको माध्यमबाट चीनलाई घेर्ने नीति लिएको बताइन्छ । चीनको भियतनामसँग सीमा विवादले गर्दा दुस्मनीजस्तै छ र युद्ध भएको पनि छ । लाओस धेरै कमजोर देश भएकोले त्यो देशको चासो मुखरित हुन सकेको छैन । वर्माको पनि चीनसँग भन्दा भारतसँग ज्यादा सामिप्यता छ । रुस, जापान, ताइवान, मंगोलियासँग समेत चीनकोसीमा विवाद चलिरहेको छ ।

भारत आफूसँग विश्वासको आधार बलियो भएका छिमेकीको पक्षमा रहेको देखिन्छ । नेपाली मूलका भुटानीको विरुद्धमा भारत भुटानको पक्षमा रह्यो र बंगलादेशलाई भारतले सीमा–विवादमा केही जमिन नै दियो । नेपाल र भारतबीच ‘रोटी–बेटी’को सम्बन्ध छ । नेपालीहरूले भारतमा रोजगारी पाएका छन् । सेनाबाट भारतको सुरक्षाको लागि पनि काम गरेका छन् । भारतीयहरूले नेपालको विकासको लागि भूमिका खेलेका छन् । तर पनि नेपाल र भारतका बीच किन बारम्बार तिक्तता आउँछ त ?

भारतको पाकिस्तानसँग सीमा विवाद र दुस्मनी छ । पाकिस्तान र भारतबीच भित्री सौहार्द्धता कठिन विषय होे । मालदिभ्स भारतको नजिक छ । बंगलादेशसँग भारतको सम्बन्ध राम्रो छ । तर भारत र बंगलादेशबीच धार्मिक भिन्नता भएको र त्यही कारणले भारतबाट भिन्नसमेत भएकोले बंगलादेश र भारतबीचको सम्बन्ध त्योभन्दा नजिकको हुने आशा भारतलाई हुने देखिँदैन । श्रीलंकामा करिव २२ प्रतिशत भारतीय मूलका वा हिन्दुसमेत भनिनेहरू रहेको र बुद्ध धर्म मान्नेहरूको पनि भारत आस्थाको केन्द्र भइ संस्कृति एमव् परम्परासमेत समान नै भएकोले भारतको कारणले श्रीलंकामा तामिल समस्या आएको देखिए पनि श्रीलंका कुनै पनि समय भारतको नजिक बन्न सक्दछ । चीनसँग श्रीलंकाको सम्बन्ध निकट हुँदै जाँदा बन्दरगाह बनाउने सम्बन्धमा श्रीलंका चीनसँग चुकेको महसुस गरेकोले पनि क्रमशः भारतसँगको दूरी कम बनाउने पक्षमा देखिँदै गएको देखिन्छ ।

भुटानसँग भारतले मित्रताको आधारमा नै आफ्नो आधिपत्य जमाएको छ । भाषा, संकृति र चीनको तिब्बतसम्बन्धी ब्यवहारले भुटान भारत पक्षधर हो । भारत आफूसँग विश्वासको आधार बलियो भएका छिमेकीको पक्षमा रहेको देखिन्छ । नेपाली मूलका भुटानीको विरुद्धमा भारत भुटानको पक्षमा रह्यो र बंगलादेशलाई भारतले सीमा–विवादमा केही जमिन नै दियो । नेपाल र भारतबीच ‘रोटी–बेटी’को सम्बन्ध छ । नेपालीहरूले भारतमा रोजगारी पाएका छन् । सेनाबाट भारतको सुरक्षाको लागि पनि काम गरेका छन् । भारतीयहरूले नेपालको विकासको लागि भूमिका खेलेका छन् । तर पनि नेपाल र भारतका बीच किन बारम्बार तिक्तता आउँछ त ?

नेपाल र भारतबीच तिक्तताका कारणहरूमा पहिलो त नेपालीहरूले भारतका राजारजौटाहरू, बृटिस इन्डिया समेतसँग युद्ध गरेको र कतै जितेको कहिले हारेका उदाहरण छन् । यसले दीर्घकालिक फरक मानसिकता दिएको हो । यसैकारणले नेपालका नेपाली मातृभाषा हुने वा सम्पर्क–भाषा हुनेहरूले आफूहरूलाई भारतीय भन्दा बहादुर भन्ने सोच राखेको पाइन्छ । भारतीय गरीवहरू रोजगारीको लागि नेपालका कुनाकाप्चामा पुग्दा नेपालीलाई भारतीय भनेका गरीव र बेइमान हुन् भन्ने पनि परेको देखिन्छ । त्यसमा भाषा र अनुहार मिल्ने हुँदा नेपाली मधेसीहरूप्रति पनि केही नकारात्मक भावना रहेको पाइन्छ । नेपाली मधेसीहरूमा नेपाल असली हिन्दुस्तान भएको, मुगलदेखि बेलायतीहरूको अधीनमा नरहेको समेत कारणले नेपाली हुनुमा गर्व रहेको हो ।

सन्तानलाई डाक्टर, इन्जिनियर या यस्तै कोटिका विषयबाहेक अन्य पढाउने कुरा सचेत पहाडी समुदायले भरसक सोच्दैन, या उसले मेहत्तर, कपाल काट्ने, कपडा सिउने, कवाडी बटुल्ने, खाली सिसी बोक्ने जस्ता काम मेरो सन्तानले गरुन् भन्ने कल्पना नै गर्दैन । तर तिनै कामको लागि जनशक्ति धेरै चाहिन्छ । त्यसको लागि भारतीयहरू नै चाहिन्छन् । त्यसैले नेपाली मूलका मानिसले नचाहेका मानिसको शरणमा हुन आफ्नै कारणले बाध्य छन् ।

पहाडी मूलका नेपालीहरूमा एक प्रकारको हीनताबोध र इर्ष्या पनि, तर भारतीयको पछि लाग्नुपर्ने बाध्यता पनि कायम रहेको छ । देशको सबैतिर भारतीयहरूले मिठाइ पसलदेखि उद्योग खोलेका छन् । क्रमशः स–साना कुरा र दैनिक ब्यवहारमा समेत भारतीय मूलका मानिसहरूको भरमा पर्नु परेको छ । कवाडी, कपाल काट्ने र सिलाइ तथा पानीपुडीको कामसम्म भारतीयको भरमा पर्नु परेको जस्तो लाग्दैछ, उनीहरूमा आश्रित पर्नु परेको छ, तर आफ्नो त्यो काम गर्ने इच्छा पनि छैन । परिवार नियोजनको अति प्रभावले गर्र्दा पहाडी मूलका मानिसहरूको जनसंख्या कम हुँदै गएको छ । सुखको लागि र सुरुमा माओवादीको हिंसाको कारणले पाहाडीहरूको मुख्य लक्ष्य एक सन्तान र काठमाडौंको बसाई, त्यो नभए पनि शहरको बसाइलाई ध्यय बनाएजस्तो छ । सन्तानलाई डाक्टर, इन्जिनियर या यस्तै कोटिका विषयबाहेक अन्य पढाउने कुरा सचेत पहाडी समुदायले भरसक सोच्दैन, या उसले मेहत्तर, कपाल काट्ने, कपडा सिउने, कवाडी बटुल्ने, खाली सिसी बोक्ने जस्ता काम मेरो सन्तानले गरुन् भन्ने कल्पना नै गर्दैन । तर तिनै कामको लागि जनशक्ति धेरै चाहिन्छ । त्यसको लागि भारतीयहरू नै चाहिन्छन् । त्यसैले नेपाली मूलका मानिसले नचाहेका मानिसको शरणमा हुन आफ्नै कारणले बाध्य छन् ।

उनीहरू पानीपुरी बेच्ने भारतीयलाई मधेसी, धोती, इन्डीयन आदि भनेर गाली गर्दछन् । कैयन अवस्थामा मानवीय ब्यवहारसमेत गर्न सक्दैनन् । कहिलेकाहीँ त कुटपिट र लुटपाट पनि गर्दछन् । तर पनि आफूलाई फाइदा हुने भएकोले ती भारतीयहरू नेपालमा काम गर्दछन् । उनीहरूले पहाडी मूलकाबाट पैसा कमाउँछन् । राम्रो गुजारा गर्दछन् । पछि क्रमशः नागरिकता लिएर कतियले नेपालमै राम्रो ब्यवस्था पनि गर्दछन् । तर नेपालीको ब्यवहारबाट उनीहरू नेपालीविरोधी बन्न पुग्छन् ।

नेपालको अस्तित्वको लागि राजसंस्था केही समय आवश्यक छ भन्ने मान्यता राख्ने कांग्रेस पनि राजाको विपक्षमा रहयो । यसको एक मात्र कारण राजसंस्था रहेसम्म राजाले लोकतन्त्रलाई स्थायी हुन नदिने, जहिले पनि अन्य शक्तिलाई हात लिएर कांग्रेसलाई कमजोर बनाउने भन्ने मात्र नभई नेपाललाई खतम गर्न चाहने भारतीय कार्डको तहत चलेको भन्ने विश्वास भएको माओवादीलाई समेत राजाले साथ दिने गरेको तथा जनताको लहर नै राजाको विपक्षमा रहेकोमा राजसंस्थाको पक्षमा रहनु दलको लागि पनि आत्मघाती हुने भन्ने अनौपचारिक ठहरले गर्दा नै कांग्रेस राजाको विपक्षमा रह्यो ।

राजा महेन्द्रले चीनसँग नजिक बन्ने र त्यही कार्ड देखाएर भारतलाई सन्तुलनमा राख्ने काम गरे । नेपालमा पाहाडी मूलकाहरूलाई भारतविरोधी बनाउने प्रयास गरे र धेरै हदसम्म सफल पनि भए । लोकतन्त्रको पक्षमा रहनेहरूलाई भारतीय दलाल, आराष्ट्रिय तत्व भनेर महेन्द्रले पहाडी राष्ट्रियता भनेको भारतविरोधी र लोकतन्त्रविरोधी हुनु पर्दछ भन्ने अघोषित आन्तरिक सन्देश दिए । नेपालमा माओका लकेटहरू छ्याप्छप्ती पाइँदा र ‘सचित्र चीन’ नामका पत्रिकाहरू, माओका रेडवुकहरू यत्रतत्र पाइदा नेपाली कांग्रेसको मुखपत्र मानिने तरुण भन्ने पत्रिका प्रतिबन्धित थियो । रेडवुकको सुरुमा नै माओको प्रसिद्ध भनाई राजनैतिक शक्तिको सञ्चालन बन्दुकको नालीबाट प्राप्त हुन्छ भन्ने नपढेको ६० वर्ष कटेका शिक्षित नेपाली कमै होलान् । यिनै कारणले भारतको साउथ ब्लक क्रमशः नेपालमा राजसंस्था हटाउनु, भारत पक्षधर राजनीतिक सङ्गठन बनाउनु र नेपालमा भारतीयहरूलाई नागरिकता दिनु नै नेपाललाई आफ्नो अधीनमा ल्याउने मुख्य उपाय हो भन्नेमा देखियो । त्यही लक्ष्यअन्तर्गत भारतीयहरूले नेपालमा प्रशस्त नागरिकता पाए । नेपाली मूलका राष्ट्रवादी मधेसीहरूमा भ्रम दिन सजिलो हुने र त्यही कारणले पहाडी मूलका नेपालीहरूले मधेसी र नयाँ नागरिकलाई पनि एउटै आँखाले हेर्ने हुँदा तथा केही हदसम्म संस्कृति, धर्म र परम्परा समेत मिल्ने हुँदा त्यो चरितार्थ पनि हुन पुग्यो ।

पश्चिमाहरूको नेपालमा हिन्दु धर्मको अन्य गरेर पश्चिमा प्रभाव बढाउने, भारतको नेपालमा आफ्नो प्रभाव बढाउने लक्षको मेल हुन पुग्यो । त्यही कारणले माओवादी आन्दोलनको समेत माध्यमबाट राजसंस्थाको अन्त्य भयो । नेपालको अस्तित्वको लागि राजसंस्था केही समय आवश्यक छ भन्ने मान्यता राख्ने कांग्रेस पनि राजाको विपक्षमा रहयो । यसको एक मात्र कारण राजसंस्था रहेसम्म राजाले लोकतन्त्रलाई स्थायी हुन नदिने, जहिले पनि अन्य शक्तिलाई हात लिएर कांग्रेसलाई कमजोर बनाउने भन्ने मात्र नभई नेपाललाई खतम गर्न चाहने भारतीय कार्डको तहत चलेको भन्ने विश्वास भएको माओवादीलाई समेत राजाले साथ दिने गरेको तथा जनताको लहर नै राजाको विपक्षमा रहेकोमा राजसंस्थाको पक्षमा रहनु दलको लागि पनि आत्मघाती हुने भन्ने अनौपचारिक ठहरले गर्दा नै कांग्रेस राजाको विपक्षमा रह्यो । राजाले कांग्रेसको तेजोबध गर्न कांग्रेस नै फोरेर शेरबहादुर देउवालाई आफ्नो लक्ष्यअनुसार समेत प्रधानमन्त्री समेत बनाए । तर राजाको निजको देउवा समुह कांग्रेसमा हाबी भएको कारण राजसंस्थाको अन्य भए पछि काग्रेस देशमा कमजोर हुँदै गयो तर दलभित्र बलियो हुँदै गयो । यो कांग्रेसको पतनको कारण बन्यो र बन्ने छ । यो अवस्था रहेसम्म र कम्युनिष्टहरूले ठुलो गल्ती नगरेसम्म कांग्रेस भारतको लागि अब साह्रै राणनीतिक कामको लागि आवश्यक पनि पर्दैन । त्यही कारणले कांग्रेसहरू खुलेरै भारतको विरुद्धमा र चीनको अप्रत्यक्ष समर्थनमा भए जस्तो महसुस हुन थालेको छ ।

अहिलेको प्रसङ्गमा हेर्दा भारत र चीनबीचको विवादको सुरुवातको संकेत धेरै पहिला नै देखिएको रहेछ । केपी ओलीको सरकारलाई अपदस्त गर्न कम्युनिष्टहरू लागिपरेका थिए । अपेक्षाकृत भारतप्रति उदार देखिएका माधवकुमार नेपाल र भारतले नै आफूले उठाएको दाबी गरेका प्रचण्डहरू ओलीको विरुद्धमा भए । ओली धेरै हदसम्म दुरदृष्टि भएको भए पनि त्यस पछि भारतको विरुद्धमा अनपेक्षित रुपमा आक्रामक देखिने अवस्था आयो । त्यसै क्रममा ओली विवादको सुरक्षित अवतरणमा चिनियाँँहरूको भूमिका रहेको महसुस भयो । त्यसको गुन चीनलाई सरकारले चुक्ता गर्नुपर्ने भयो । चीन र भारतबीच रहेको सीमाविवादको कठोर तिक्तता सुरुवातको संकेत नेपालको सरकार परिवर्तनको प्रयासको समयमा नै देखिएकोमा अब आएर छरपस्ट भएको छ ।

चीन र भारतबीच देखिएको नयाँ सीमा विवादमा हामी मिचिने अवस्थामा पुग्नु हुँदैन । भारत, चीन र पश्चिमाहरु नेपाललाई अप्ठेरोमा पार्न सक्दछन् । त्यसमा सजग हुने र भारतसँगको स्वभाविक नजिकीमा ख्याल गर्ने तर घुडा नटेक्ने मानसिकतामा रहनुु नै नेपालको हितमा हुने छ ।

पश्चिमाहरूले नेपाली संस्कृतिमा पश्चिमाकरणको लागि र भारतीयहरूले नेपालको राजनीतिमा बढि खेल्न पाइने संभावनाले राजा फाले । नभए द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्नेहरू हिन्दु धर्म छोड्न सक्थे तर अरु धर्ममा लाग्ने कुरा हुँदैनथ्यो । नेपालका उपराष्ट्रपति, महरा, नेवाङ, प्रचण्डसमेत पश्चिमा संस्कृति र धर्मका गोटी हुन् भन्ने गरिन्छ । तर अहिलेको भारतीय नेतृत्व पक्ष नेपाली संस्कृति र धर्मको पक्षमा र नेपाली राष्ट्रियताको सवलिकरणमा इच्छुक देखिन्छ । त्यो कार्य हिन्दु धर्मको साथमा र भारतसँगको मेलमिलापपूर्ण ब्यवहारमा होस् भन्ने चाहन्छ । सम्भवत त्यसको लागि राजसंस्था उपयुक्त हो भन्ने पक्षमा पनि हुन सक्दछ । राजसंस्थाले नेपालमा धेरै गल्ती गरेको छ तर राष्ट्रियता र सीमानाको विषयमा सत्ताको लागि कहिल्यै विदेशीको सामु घुँडा टेकेको थिएन ।

नेपालको सन्दर्भमा भारतीय छुसपैठको कारणले र पाहाडी समुदायको जनसंख्या कम हुँदै गएकोले करिव २० वर्षपछि नेपालमा जनमत भएमा पनि यही प्रवृत्ति रहेमा जनमतसङ्ग्रहबाट समेत नेपाल भारतको निकट पक्षमा जान सक्ने दखिन्छ । पहाडमा समेत भारतीय मानसिकताहरू पनि कम छैनन् । अर्कोतर्फ भारतीय मानसिकता नहुनेहरू जो हिन्दुधर्म र संकृतिको पक्षमा छन् र सांकृतिक सौहाद्रतामा विश्वास गर्ने छन् उनीहरू समेत भारतप्रति उदार हुने नै सभावना छ । यो कारणले नेपाल क्रमशः भारतको प्रभावमा वढ्ने सम्भावना त छँदैछ, अहिलेको सीमाविवादको कारणले नेपालमा नागरिकहरू बाहिर नदेखिए पनि आन्तरिक रुपमा भारत पक्षधर र भारत विरोधीको रुपमा छुट्टिने सम्भावना छ । जुनसुकै कारणले भए पनि त्यो नेपालको हितमा हुँदैन । चीन र भारत बीच युद्धको अवस्था आएमा त नेपालको लागि सीमा विवाद जोखिमपूर्ण र स्वतन्त्रताको लागि चुनौतीको विषय समेत बन्न सक्दछ ।

त्यसैले हामीले महाकाली नदी नेपालको हो भन्ने स्थापित गर्न शान्तिपूर्ण माध्यमबाट अगाडी बढ्नु पर्दछ । उचित मध्यस्तताको प्रयोग हुनु पर्दछ । भारतको अहितमा त्यो भूमि प्रयोग नहुने गरेर भावनात्मक एकता हुन पर्दछ । चीनलाई असल मित्र र भारतलाई भौगोलिक कारणले समेत अत्यन्त नजिकको र नजिकको भएकोले यदाकदा विवाद स्वभाविक रुपमा दखिने मित्रको रुपमा लिनु नै हामीहरूको हित हो । चीन र भारतबीच देखिएको नयाँ सीमा विवादमा हामी मिचिने अवस्थामा पुग्नु हुँदैन । भारत, चीन र पश्चिमाहरु नेपाललाई अप्ठेरोमा पार्न सक्दछन् । त्यसमा सजग हुने र भारतसँगको स्वभाविक नजिकीमा ख्याल गर्ने तर घुडा नटेक्ने मानसिकतामा रहनुु नै नेपालको हितमा हुने छ ।

प्रतिक्रिया