नेपालमा कोरोना संक्रमित संख्या १४०१

नेपालमा कोरोना संक्रमित संख्या १४०१


नेपालमा कोरोना संक्रमितहरुको संख्या १४०१ पुगेको छ । बितेको २४ घण्टाामा थप १८९ जनामा संक्रमण पुष्टि भएपछि संक्रमित संख्या चौध सय नाधेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।

हालसम्म ६ जना संक्रमितको मृत्यु भएको छ भने कोरोना निको भएर २ सय १९ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ ।

क्वारेन्टिनमै जन्मियो शिशु

उता बाजुराको बुढीगङ्गा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा एक महिलाले गएराति बच्चा जन्माएकी छन् । सोही नगरपालिका–१ मल्लाकुँडीकी विनोद चदाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति १० बजेतिर बच्चा जन्माएकी हुन् ।

वडा सदस्य ललित थापाका अनुसार कामको सिलसिलामा भारतमा गएका दम्पती लकडाउनको समयमा घर फर्किएका थिए । भारतबाट आएको तीन दिनपछि क्वारेन्टिनमा बसेका बेला २० वर्षीया चदाराले छोरी जन्माएकी हुन् । क्वारेन्टिनमा नै सुरक्षित सामग्री प्रयोग गरी बच्चा जन्माएको सोही वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंहले बानकारी दिइन् ।

यसैगरी बूढीगङ्गा नगरपालिका–१ वडा कार्यालयले धुरालसैन माध्यमिक विद्यालयमा तीन दिनकी सुत्केरी महिला क्वारेन्टिनमा बसेको पाइएको छ । सोही नगरपालिका अम्कोटकी २० वर्षीया पूजा नेपाली क्वारेन्टिनमा रहेकी हुन् ।

भारतको पलियाबाट सुत्केरी भएर आएकी नेपाली र उहाँका श्रीमानसमेत सोही क्वारेन्टिनमा बस्दै आउनुभएको छ । क्वारेन्टिनमा बसेका सुत्केरी आमा र शिशुको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मी दिया सिंहले बताउनुभयो । उनीहरुको सुरक्षा सामग्री प्रयोग गरी जाँच गर्दा अवस्था सामान्य रहेको पाइएको छ ।