राष्ट्रपतिले तोडेको कोरोना कानुनका कारण प्रथम महिलामाथि भारी जरिवाना

राष्ट्रपतिले तोडेको कोरोना कानुनका कारण प्रथम महिलामाथि भारी जरिवाना


Sagar Subedi, Vienna

गत साता लकडाउन नियम तोडेर कारवाहीको दायरामा परेका अष्ट्रियाका राष्ट्रपतिलाई अष्ट्रियन सरकारले भारी जरिवाना लगाएको छ । गत साता रातको १२ बजेर १८ मिनेट जाँदा अष्ट्रियन प्रहरीलेले सिटी सेन्टरको एक रेस्टुरेण्टको गार्डेनमा आफ्ना पाहुनाहरुका साथ राष्ट्रपतिलाई फेला पारेको थियो ।

सोही कारणलाई लिएर राष्ट्रपति आलेक्सान्द्रा भान देर बालेनले सामाजिक सञ्जालमार्फत माफी मागिसकेका थिए । साथै उनले स्पष्टिकरण दिएका थिए कि सरकारले निर्धारण गरेको समयलाई अवज्ञा गर्ने आफ्नो कुनै मनसाय थिएन । तथापि, उक्त सार्वजनिक माफीले देशको कानुनलाई कुनै असर गरेन ।

राष्ट्रप्रमुखको विषयमा कानुनमा अलिक प्रस्टता नभएको कारण राष्ट्रपति भान देर बालेन सोही स्विकारोक्तिसँगै सफाई पाउन सक्ने देखिए पनि अष्ट्रियन कानुनले राजा र रैतीलाई एकै नजरले हेर्ने कारण राष्ट्रपतिपत्नी तथा अष्ट्रियन प्रथम महिला डोरिस सामिदाओरका साथै राष्ट्रपतिसँगै रेस्टुरेन्टमा बसेका उनका मित्रहरुमाथि हरेक व्यक्तिले छुट्टाछुट्टै ३६ सय युरो (चार लाख सत्तरी हजार नेपाली रुपैयाँबराबर) सम्म जरिवाना भर्नुपर्ने भएको छ।

यो जरिवानालाई कसैको भनसुन या प्रथम महिला भएकै आधारमा छुट हुने छैन र प्रथम महिलाका साथै राष्ट्रपतिका साथीहरुले पनि जरिवाना तिर्नुपर्ने छ। यदि तोकिएको मितिभित्र तिरिएन भने जेलमा राखेर जरिवानाको भरिभराउ गर्नुपर्ने व्यवस्था अष्ट्रियन कानुनमा छ ।

राष्ट्रपति बसेको रेस्टुरेन्टलाई चााहिँ के हुन्छ ?

अष्ट्रिया सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने क्रममा विभिन्न ब्यवसायका साथै रेस्टुरेन्ट ब्यवसायहरु पनि रातको एघार बजेसम्म मात्र खोल्न पाइने प्रावधान लागु गरेको थियो। सायद स्टेट हेड देखेर नै हुन सक्छ, सो रेस्टुरेन्टका कर्मचारीले पनि समयसीमाका बारेमा त्यति चासो नदेखाएका हुन सक्छन् । तर पनि कोरोना कानुनअनुसार रेस्टुरेन्टले तीस हजार युरो (करिव चालिस लाख नेपाली रुपैयाँ)सम्म जरिवाना तिर्नुपर्ने भएको छ, भलै राष्ट्रपतिले रेस्टुरेन्टले तिर्नुपर्ने जरिवानामा आफू पनि सहभागी हुने भनेर सार्वजनिक रुपमा भनिसकेका छन् ।

तर, साधारण कानुन बर्खिलाप गरेकोमा यतिका जरिमाना तिर्नुपर्ला भन्ने सायद राष्ट्रपतिले पनि कल्पना गरेका थिएनन् कि भन्ने प्रश्न उब्जेको देखिन्छ । तथापि, कस्तो अवस्थामा बस्नु परेको र कानुन उल्लघन गर्ने मनसाय पनि नभएको विषयलााई मनन गरेर अदालतले निर्णय गर्ने अनुमान गरिएको छ। कोरोना संकटका कारण व्यवसायीहरु ठूलो नोक्सान भैरहेकै समयमा राष्ट्रप्रमुख मात्र एक घण्टा अठार मिनेट बढि समय बसेको आधारमा रेस्टुरेन्टका मालिकले एक ठूलो बज्रपातलाई ब्यहोर्नुपर्ने देखिएको छ।

स्मरण रहोस्, केही वर्षपहिला अष्ट्रियाका कुनै मन्त्रीले रातो ट्राफिक लाइटमा एक ट्राफिक प्रहरीको आग्रह नमानी बाटो काटेकै कारण उनको राजनीतिक जीवन नै समाप्त भएको थियो ।

Photo. Alexander Van Der Ballen (Bundespresident)

यो पनि हेर्नुहोस्-
कोरोना कानुन उल्लङ्घन गरेकोमा अष्ट्रियन राष्ट्रपतिले माफी मागे