कोरोना भाइरसबाट विश्वमा ३ लाख ४९ हजारको मृत्यु, ५५ लाख संक्रमित

कोरोना भाइरसबाट विश्वमा ३ लाख ४९ हजारको मृत्यु, ५५ लाख संक्रमित


कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ५ हजार ५८१ जनाको मृत्यु भएपछि विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ४९ हजार ९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफ्नो दैनिक विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

गत २४ घण्टामा ८४ हजार ३१४ जनाको संक्रमति विश्वभरी थपिएपछि संक्रमितको संख्या ५४ लाख हजार ८८ हजार ८२५ पुगेको डब्लुएचओले जानकारी दिएको हो ।

चीनको हुबई प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसले उत्तर र दक्षिण अमेरिकालाई अत्यन्त प्रभावित बनाएको छ । यहाँ २४ लाख ९५ हजार ९२४ जना संक्रमति रहेका छन् भने १ लाख ४५ हजार ८१० जनाको मृत्यु भएको छ ।

युरोपमा २० लाख ६१ हजार ८२६ संक्रमित रहेका छन् भने, १ लाख ७६ हजार २२६ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १६ लाख ३४ हजार १० जनामा कोरोना भाइरस संक्रमण रहेको छ ।

विश्व स्वास्थ्य निकायले कोरोना भाइरसको गत मार्च ११ मा विश्व–महामारीको नाम दिइसकेको छ ।

अफगानिस्तानमा २४ घन्टामा ५६० कोरोना संक्रमित थपिए

अफगानिस्तानमा गएको २४ घन्टायता ५६० जना कोरोना संक्रमित थपिएका जनस्वास्थ्य मन्त्रालयले बिहीबार (२८ मे) जानकारी दिएको छ । यो समेत गरी बिहीबारसम्म यहाँ कोभिड १९ का संक्रमितको संख्या १३ हजार १६ पुगेको छ ।

बताइएअनुसार अफगानिस्तानमा पनि दिन–प्रतिदिन कोरोनाका संक्रमितहरु थपिएका छन् । गत २४ घन्टायता अफगानिस्तानमा कम्तीमा पनि आठ जना संक्रमितको ज्यान गएको छ । यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म २३५ जनाको ज्यान गएको पनि समाचारमा जनाइएको छ ।

यहाँ कारोनाका संक्रमितमध्ये १ हजार २०९ जना निको भएर फर्किएका छन् । यहाँ निधन भएकाहरुमा कुनै न कुनै रोगका बिरामीहरु रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल अफगानिस्तानमा ११ हजार ५७२ जना कोरोना संक्रमित उपचाररत रहेका बताइएको छ ।