लोकप्रिय गीतकार रत्नशमशेर थापाको निधन

लोकप्रिय गीतकार रत्नशमशेर थापाको निधन


आधुनिक नेपाली गीत लेखनको एक बलियो खम्बाको रुपमा प्रसिद्धि कमाउनुभएका लोकप्रिय गीतकार रत्नशमशेर थापाको निधन भएको छ ।

८३ वर्षीय गीतकार थापाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीबार मध्यान्ह निधन भएको उहाँको पारिवारिक सुत्रले जनाएको छ । दुई दिनअघि अस्वस्थ महसुस गर्नुभएका थाापालाई बुधबार साँझ अस्पताल लगिएको थियो ।

‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘विछोडको पीडा नसकी खप्न’, ‘घुम्तीमा नआउ है’, ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘पंक्षीमा डाँफे राम्रो फूलमा लालीगुराँस’, ‘उकाली ओराली गर्दै’ लगायत दर्जनौँ लोकप्रिय गीतका सर्जक स्वर्गीय थापाद्वारा रचिएका गीत स्वरसम्राट नारायण गोपाल, प्रेमध्वज प्रधानलगायत लोकप्रिय गायकहरुद्वारा स्वरबद्ध छन् ।

स्वर्गीय थापाका श्रीमती र दुईजना छोरा छन् ।