बालिका बलात्कृत, गाउँलेकै सहयोगमा अभियुक्त फरार

बालिका बलात्कृत, गाउँलेकै सहयोगमा अभियुक्त फरार


नारद कोहार, कपिलवस्तु

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा–२ उनवलियामा १५ वर्षीय बालिका बलात्कृत भएकी छिन् । उनवलियाका २८ वर्षीय गोरखनाथ लोहारले बालिकालाई बलात्कार गरी फरार भएका छन् ।

लोहारले गएराति बालिकालाई घरबाट तानेर घरको पछाडि लगी बलात्कार गरेको बालिका परिवारले जानकारी दिएका छ । फरार रहेका पीडक लोहार महाराजगंज–१ मा रहेको नेपाल राष्ट्रिय आधारभुत प्राथमिक विद्यालय औरहवाका शिक्षक रहेका छन् ।

राति परिवारले बालिका बेहोस भएको अवस्थामा घरपछाडि भेटाएर प्रहरीलाई खबर गरेका थिए । बालिकाका परिवारले पीडक लोहारलाई समात्न खोज्दा गाउँका केहीले उनलाई भागाएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिनुभयो ।

बालिकालाई राति बहादुरगंजमा रहेको शिवराज अस्पतालमा स्वास्थ चेकजाँच गरिएको र फरार भएका पीडक लोहारको खोजी कार्य जारी रहेको प्रहरी निरक्षक खरेलले बताउनुभयो ।