दाजु नाता पर्नेबाट बलात्कार, अभियुक्त पक्राउ

दाजु नाता पर्नेबाट बलात्कार, अभियुक्त पक्राउ


एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई पक्राउ गरेको छ ।

४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै १९ वर्षीया युवतीले जिल्ला प्रहरी कार्यायलमा मंगलबार (१३ जेठ) उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले युवतीले लामो समयसम्म महिनावारी नभएको र पेट बढ्दै गएपछि गर्भ रहेको थाहा पाएको भन्दै प्रहरीमा उजुरी दिएको जानकारी दिँदै बलात्कारको आरोप लागेका पुरुष र युवती नाता सम्बन्धले दाजु बहिनी पर्ने र आरोपित पुरुषलाई जिल्ला अदलातबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताए ।