भारतबाट फर्किएका ३० जना क्वारेन्टिनबाट भागे

भारतबाट फर्किएका ३० जना क्वारेन्टिनबाट भागे


नारद कोहार, कपिलवस्तु

भारतको विभिन्न शहरबाट आएर क्वारेन्टिनमा बसेका ३० व्यक्ति भागेका छन् । कपिलवस्तु नगरपालिका वडा नं. ४ मालपारास्थित श्री सुन्दर प्राथमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा १४ दिन बितिसक्दा पसिन स्वास्थ्य परीक्षण नभएपछि उनीहरु भागेको बताइएको छ ।

क्वारेन्टिनमा बसेका व्यक्तिहरु आफूखुशी आ–आफ्नो घर गएपछि स्थानीय त्रासित भएका छन् ।

क्वारेन्टिनमा बसेका व्यक्तिहरु भारतबाट फर्केका हुन् । उनीहरु सोमबार (१२ जेठ) राति सवा नौ बजे भागेका बुझिएको छ ।

यस्तै, कपिलवस्तुमा थप २ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । अब कपिलवस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ८५ पुगेको छ ।