‘कोराना सङ्कटका बेला योगाभ्यास अति उपयोगी’

‘कोराना सङ्कटका बेला योगाभ्यास अति उपयोगी’


कोरोना सङ्कटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ ।

कोरोनाको त्रास र लकडाउनका कारण बढेको मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई न्युनीकरण गर्न योगाभ्यास राम्रो उपायको रुपमा देखिएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।

दक्षिण अष्ट्रेलिया विश्वविद्यालयका केही अनुसन्धानकर्ताहरुले गरेको नयाँ अनुसन्धानको नतिजा बेलायती एक जर्नलमा हालै प्रकाशित भएको छ । विश्वमै पहिलो पटक गरिएको यस विषयको अनुसन्धानलाई चासोका साथ हेरिएको विज्ञहरुले बताएका छन् ।

अनुसन्धानको नेतृत्व गर्नु भएका जकिन्ता ब्रिन्स्लीले सामाजिक दुरी कायम गर्दै समयमै अध्ययन सकिएको जानकारी दिएका छन् ।

अध्ययनले आफै व्यक्तिगत एकान्तवासमा बसेकाहरुलाई पनि योगाभ्यासको आवश्यकता पर्ने र उपयोगी हुने देखिएको उनले बताएका छन् ।

त्यसैगरी घरमै बसेर काम गरेका, लगातार एउटै वातावरणमा रहेका सबैका लागि योगाभ्यास गर्नु फाइदाजनक हुने र यसले बसाइलाई सहज बनाउन सहयोग गर्ने अध्यनकर्ताहरुको दाबी छ ।