अर्घाखाँचीमा दुई जनामा संक्रमण पुष्टि

अर्घाखाँचीमा दुई जनामा संक्रमण पुष्टि


अर्घाखाँची जिल्लामा पहिलो पटक कोरोना पोजेटिभ केस देखिएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु केही दिनअघि भारतबाट फर्केर पाणिनी गाउँपालिकाको पालीस्थित कमला माविको क्वारेन्टाइनमा रहेका अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएसँगै अर्घाखाँचीमा त्रास बढेको छ भने संक्रमितहरुको अवस्था सामान्य रहेको बताइएको छ ।