गुजरातबाट अर्घाखाँची फर्कंदै गरेका एक नेपालीको बाटोमै मृत्यु

गुजरातबाट अर्घाखाँची फर्कंदै गरेका एक नेपालीको बाटोमै मृत्यु


विशेष प्रतिनिधि, अर्घाखाँची

भारतको गुजरातबाट अर्घाखाँची फर्कंदै गरेका एक नेपालीको बाटोमै मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको नेपाल आउने क्रममा भारतको लखनउमा मृत्यु भएको भूमिकास्थान-९ का अध्यक्ष नारायणप्रसाद खनालले जानकारी दिए ।

लखनउमा गैरेले प्यास मेटाउन पानी पिएका पानी पिएलगत्तै उनको मृत्यु भएको मृतकका साथीहरुलालई उद्धृत गर्दै खनालले बताए । मृतक युवाले पानी पिएलगत्तै आफूलाई छटपटी भएको बताएका थिए ।

यतिबेला गैरेको शव कृष्णनगर सीमाको भारततर्फको बढनीमा रहेको छ भने उनको स्वाब परीक्षण गराउने तयारी भइरहेको बताइएको छ ।

गुजरातबाट दुई वटा बसमा आएका सबैको उद्दार भइरहेको छ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।