संविधान संशोधन प्रस्तावबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

संविधान संशोधन प्रस्तावबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ ।

आज (११ जेठ, आइतबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले सङ्घीय संसदमा दर्ता गरेको ‘नेपालको संविधान (दस्रो संशोधन), २०७७’ र कोरोना भाइरस सङ्क्रमणको अवस्थालगायत विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि सो विधेयक दर्ता गराएको हो ।

कांग्रेस पदाधिकारी बैठकमा कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले हालसम्म गरेका कामको समीक्षा र पार्टीका तर्फबाट गर्न सकिने योगदानका बारेमा समेत छलफल हुने कांग्रेसले जनाएको छ ।