कराँची जेलमा तीन सय सङ्क्रमित

कराँची जेलमा तीन सय सङ्क्रमित


पाकिस्तानको कराँचीस्थित जेलमा तीन सय भन्दा बढीबन्दी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

शनिबार (२३ मे) सार्वजनिक भएको विवरण अनुसार क्षमताभन्दा बढी कैदी राखिएकाले पनि धेरै जनामा सङ्क्रमण फैलिएको बताइएको छ । कारागारका अधिकारीहरुले सङ्क्रमित र सङ्क्रमण नभएका कैदीहरुलाई अहिले छुट्टाछुट्टै राखिएको जानकारी दिएका छन् ।

एक्कासी सङ्क्रमण फैलिएको देखिएपछि अहिले अस्पतालका सबै कैदी, सुरक्षाकर्मी, प्रशासनिक कर्मचारीलगायतको पनि कोरोना परीक्षण गरिएको छ । कारागारमा पहिलो सङ्क्रमित यही मे ११ तारिखका दिन पुष्टि भएको थियो । त्यसपछि अरु केही व्यक्तिहरुमा देखिएको थियो ।

अहिले त्यो दिनप्रतिदिन बढ्दै गइरहेको पाइएको छ । शनिबारसम्ममा पाकिस्तानमा कोरोना भाइरसबाट ५२ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।