शुक्रबार नौ जनामा सङ्क्रमण, नेपालभर सङ्क्रमित ५१६

शुक्रबार नौ जनामा सङ्क्रमण, नेपालभर सङ्क्रमित ५१६


कोभिड–१९ को सङ्क्रमण शुक्रबार (९ जेठ) पुनः थप नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण देखिएको जानकारी दिएका हुन् ।

नयाँ सङ्क्रमितमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–३ का ५४ वर्षीया महिला, भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला, सप्तरी वलान विहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष तथा बारा सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष रहेका छन् ।

योसँगै शुक्रबार मात्रै सङ्क्रमित हुनेको सङ्ख्या ५९ पुगेको छ । यसअघि बिहान ३० जना र दिउँसो २० जनामा सङ्क्रमण देखिएको थियो । नयाँ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५१६ पुगेका छ ।

देशभरमा अहिलेसम्म ७० जना पूर्ण रुपमा सञ्चो भई घर फर्किसकेका छन् ।