कोरोना भाइसबाट गत साता मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रोपटकको पिसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण मृत्यु भएपछि शिशुको दुई पटक पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्ेचकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण यही जेठ १ गते राति उपचारार्थ सो अस्पतालमा पु¥याइएको केही समयपछि नै मृत्यु भएको थियो । उनको १४ दिनको शिशुको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजुका अनुसार शुक्रबार नै शिशुसहित आफन्तलाई अस्पतालबाट घर पठाइएको छ । महिलाको शिशु, श्रीमान् तथा आमा र बहिनीलाई समेत आइसोलेसनकक्षमा राखी उपचार भइरहेको निर्देशक डा. माकजुले बताए ।
शिशुलाई शुरुका दिनमा हल्का जण्डिस देखिएको र शरीरका आएका स–साना बिमिरा दैनिक रूपमा बालरोग विशेषज्ञको निगरानीले निको भएकाले डिस्चार्ज गरिएको अस्पतालको भनाई छ । अस्पतालले डिस्चार्ज भएका शिशुसहितका आफन्तलाई सम्बन्धित जिल्लामा एक हप्ताको क्वारेन्टिनमा राख्न र क्वारेन्टिनबाट डिस्चार्ज गर्नुपूर्व आरडिटी गर्न सुझाव दिएको छ ।
प्रतिक्रिया