कपिलवस्तुमा दुई सञ्चारकर्मीमा संक्रमण

कपिलवस्तुमा दुई सञ्चारकर्मीमा संक्रमण


एस. क्षेत्री, कपिलवस्तु

शुक्रबार आज बिहान थपिएका ९ जना कोरोना संक्रमितमध्ये दुई जना सञ्चारकर्मी परेका छन् । जिल्लाको सदरमुकाम तौलिहवा र वाणगंगाका एक–एक जनामा कोरोना पुष्टि भएको हो । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कपिलवस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ६९ पुगेको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको वडा नं. ४ का ८ वर्षीय बालिका, वडा नं. ५ का २७ वर्वाीय पुरुष, वडा नं. ७ का ५३ वर्षीय पुरुष, वडा नं. ८ का २४ वर्वीय पुरुष र वडा नं. १० का २५ वर्षीय पुरुष गरी ५ जना रहेका छन् ।

त्यस्तै मायादेवी गाँउपालिका वडा नं. ५ का ४५ वर्षीय पुरुष र वडा नं. ५ का ३४ र ३६ वर्षीय पुरुष गरी ३ जना रहेका छन् ।

अर्का एक जना कापिलवस्तु नगरपालिका वडा नं. ३ का २९ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिइएको छ ।

उहाँहरुको स्वास्थावस्था सामान्य रहेको र स्वास्थकर्मीको सम्पर्कमै रहेको जनाइएको छ।