८ मंसिर २०७७, सोमबार

सवारी साधनका बीमितलाई केही राहत दिने निर्णय

  प्रकाशित मिति
७ जेष्ठ २०७७, बुधबार ०३:२८


बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ । समितिको मङ्गलबार (६ जेठ) बसेको बैठकले गत चैत ११ देखि देशभर बन्दाबन्दी भएर सवारी साधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिने निर्णय गरेको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बन्दाबन्दीको अवधिभर बीमा शुल्क र आगामी वर्षको बीमा नवीकरण छुट दिने निर्णय गरेको जानकारी दिए । समितिले ‘मोटर बीमा दरसम्बन्धी निर्देशिका–२०७३’ को परिच्छेद–७ को दफा ७ र ९ बमोजिम उक्त निर्णय गरेको बताइएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बीमा समितिको निर्णयले यातायात व्यवसायीलाई थोरै भए पनि राहत मिलेको प्रतिक्रिया दिएका छन् । यसअघि यातायात व्यवसायीले बीमा पोलिसीको किस्ता बुझाउन नसकिएको भन्दै समितिमा ज्ञापनपत्र बुझाएका थिए ।

सवारी साधनको कूल वार्षिक बीमा शुल्कको एकतिहाइ रकम थन्किएको अवस्थाको जोखिमको लागि कट्टा गरी बाँकी दुईतिहाइमा समानुपातिक रकम छुट दिन समितिले निर्देशन दिएको छ । समितिले कूल प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष, यात्रु तथा कर्मचारीको बीमालगायत जोखिम समूहको हिसाब गर्नुपर्ने व्यवस्था गरेको छ ।

समितिले सवारी साधनको कूल वार्षिक बीमा शुल्कको एकतिहाइ रकम थन्किएको अवस्थामा जोखिम कट्टा गरी बाँकी दुईतिहाइ रकममा समानुपातिकरूपमा छुट दिन निर्देशन दिएको छ । त्यस्तै सवारी साधन बीमाको नवीकरण गर्दा बीमा शुल्क समायोजन गर्न र बीमितलाई छुट रकमको प्रमाणपत्रसमेत प्रदान गर्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विशेष प्रतिनिधि, कपिलवस्तु कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटलाई सामान्य सन्दर्भको रुपमा चित्रित

सबै प्रहरीले अनुशासित, मर्यादित र सभ्य भएर नागरिकसँग व्यवहार गर्नुपर्नेमा जोड ■ सनत आचार्य महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख

सोमबार नेपालमा थप १,९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २,२२,२८८ पुगेको

‘द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन भ्रमण निकै महत्वपूर्ण हुने’ भारतका विदेश सचिव हर्षवर्द्धन श्रृङ्गाला आगामी बिहीबार (११ मङ्सिर) नेपालको दुई