चरौँदीका युवाद्वारा विरोध प्रर्दशन

चरौँदीका युवाद्वारा विरोध प्रर्दशन


विकास रौनियार, धादिङ

भारतले नेपाली भूमि मिचेर मानसरोवरसम्म पुग्ने सडक बनाएको विरोधमा धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौदीमा भारतविरुद्ध विरोध प्रर्दशन गरिएको छ । प्रदर्शनकारी स्थानीय युवाहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलासमेत दहन गरेको छ ।

राष्ट्रवादी युवा समुह चरौँदीले भूमि हस्तक्षेपविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो । नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका स्थानहरु भारतीय नक्सामा समावेश गरिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग उनीहरुले माग गरेका थिए ।

प्रदर्शनकारी युवाहरुले यो विरोध कार्यक्रम कुनै राजनीतिक मुद्धा नभई देशको माटो जोगाउने पक्षमा गरएको एकत्रित प्रयास रहेको बताए । युवाहरु जुटेपछि सबै कुरा सम्भव हुने दाबी गर्दै नेपाली भूभाग जोगाउन सदैव अग्रसर हुनुपर्नेमा उनीहरुले जोड दिए । सिंगो देशको रक्षाका लागि सबै नेपाली यूवाहरु एकजुट हुनुपर्ने युवा समुहको भनाई छ ।