८ मंसिर २०७७, सोमबार

कमजोर आर्थिक अवस्थाका खेलाडीलाई सविता दम्पत्तिको सहयोग

  प्रकाशित मिति
२९ बैशाख २०७७, सोमबार १०:०५


एसियाली खेलकुदको तेक्वान्दोका रजत विजेता सविता राजभण्डारी र उनका पति किशोर श्रेष्ठले कोरोना भाइरस (कोभिड १९) का कारण मारमा परेका कमजोर आर्थिक अवस्थाका खेलाडीका परिवारलाई राहत स्वरुप खाद्य सामाग्री सहयोग गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघ (डब्लुकेकेओ नेपाल) का अध्यक्ष अशोककुमार श्रेष्ठलाई समस्यामा परेका खेलाडी परिवारको पहिचन गरी वितरण गर्न १ सय ५० परिवारका लागि राहत हस्तान्तरण गरे ।

उपत्यका र आसपासका जिल्लाका क्योकुसिन कराते खेलाडीलाई चामल, तेल, नुन, गेडागुडी, मसेउरा, सोयाबिन र साबुन प्रदान गरिएको संघकी उपाध्यक्ष हेमा मानन्धरले जानकारी गराइन् ।

सविता र किशोरकै सहयोगमा यसअघि काठमाडौं महानगरपालिका वडा ११ का दैनिक ज्यालादारी गरी गुजारा चलाउने मजदुरलगायतका प्रभावित २ सय परिवारलाई राहत वितरण गरिएको थियो । त्यसबेला पनि सदस्यसचिवले वडा अध्यक्ष हीरालाल तण्डुकारलाई राहत हस्तान्तरण गरेका थिए ।

सविता १९९८ को बैंकक एसियाडकी रजत विजेता हुन् । किशोरले पनि सोही एसियाडमा कांस्य जितेका थिए । उनीहरु लामो समयदेखि अमेरिकाको सियाटलमा बस्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित

इन्डियन प्रीमियर लीग (आईपीएल) २०२० को १३औँ संस्करण हालै संयुक्त अरब इमिरेटमा सम्पन्न भएको छ । कोरोनाको महामारीका कारण यो

रुसका डेनिल मदवेदेवले आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो उपाधि जितेका छन् । एपीटी फाइनलमा विश्व वरियताका तेस्रो स्थानमा रहेका मदवेदेवले

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज