अमेरिकन आइडलको यात्रामा दिवेशलाई मिल्यो थप सफलता

उत्कृष्ट ७ मा उक्लिए

विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेलको सफलतामा निरन्तरता देखिएको छ । आइडलको १८औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उत्कृष्ट सातभित्र पर्न सफल भएका छन् ।



अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गरेका छन् । उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार (१० मे) सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको थियो । दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गागाएका थिए ।

अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ । दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ ।

प्रतिक्रिया