भारतलाई उछिन्दै अष्ट्रेलिया टेष्ट क्रिकेटको शीर्ष स्थानमा

भारतलाई उछिन्दै अष्ट्रेलिया टेष्ट क्रिकेटको शीर्ष स्थानमा


भारतलाई पछि पार्दै अष्ट्रेलियाले टेष्ट क्रिकेट वरियतामा शीर्ष स्थान हासिल गरेको छ । आइसीसीले हालै सार्वजनिक गरेको नयाँ वरियतामा अष्ट्रेलियाले भारतलाई उछिनेको हो ।

आइसीसीका अनुसार ११६ अङ्कका साथ अष्ट्रेलिया शीर्ष स्थानमा रहँदा ११५ अङ्का साथ न्यूजील्यान्ड दोश्रो स्थानमा रहेको छ । त्यस्तै, पहिलो स्थानबाट झरेको भारत तेस्रो स्थानमा रहेको छ । भारतको ११४ अङ्क रहेको छ ।

यसैगरी, चौथो स्थानमा रहेको इङ्ग्ल्यान्डको १०५ अङक रहेको छ ।

भारत सन् २०१६ को अक्टोबरदेखि शीर्ष स्थानमा रहँदै आएको थियो । सो अवधिमा टेष्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको भारतले स्वदेशमा मात्र नभइ विदेशमा समेत उत्कृष्ट प्रदर्शन गर्दै टेष्ट श्रृंखला जितेको थियो ।