खेतमा काम गर्दै गर्दा ढुङ्गा लागेर दाहिने आँखामा गम्भीर चोट लागेकी महिला फुटबल खेलाडी समीक्षा मगरलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आर्थिक सहयोग गरेको छ ।
यु–१६ महिला फुटबल टीमकी चर्चित खेलाडी मगरलाई एन्फाले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । उनको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भैरहेको छ ।
एन्फाको तर्फकोबाट सहायक महासचिव वसन्त अर्यालले उक्त आर्थिक सहयोग अस्पतालमै पुगेर हस्तान्तरण गरेका थिए । साथै यो सहयोग प्रारम्भिक मात्र भएको जानकारी गराउँदै अर्यालले उपचारका क्रममा थप रकम आवश्यक भए एन्फाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया