नेकपा सचिवालय बैठकको निर्णय- ‘शनिबार पुनः बैठक बस्ने’

नेकपा सचिवालय बैठकको निर्णय- ‘शनिबार पुनः बैठक बस्ने’


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठक यही वैशाख २० गते शनिबार बस्ने गरी टुङ्गिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी-अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा आन्तरिक छलफल र सरसल्लाह जारी रहेकाले वैशाख २० गते पुनः बस्ने गरी बैठक सकिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा पार्टीको आन्तरिक एकताको सुदृढीकरण, सरकारका काम कारवाही, स्थायी समितिको बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भएको र सबै सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए ।

सरकारले पछिल्लो समयमा ल्याएको अध्यादेशको विवादपछि प्रचण्डलगायत पार्टीका असन्तुष्ट नेताहरूको जिकिरमा पहिलो पटक सचिवालय बैठक बसेको हो ।