नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (१७ वैशाख) दिउँसो १ बजे बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको पछिल्ला राजनीतिक घटनामाथि छलफल गरिनुका अलावा मूलतः कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्न सक्ने योगदानका बारेमा छलफल हुने बताइएको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रिय समित बैठकमा लकडाउनपछि दैनिक ज्याला मजदुरी गर्ने र निम्न आर्थिक स्तर भएका समुदायमा परेको प्रभाव, राहतको व्यवस्था, विदेशमा अप्ठ्यारोमा रहेका नेपालीको उद्धारलगायत पछिल्लो राजनीतिक अवस्थाका बारेमा विशेष छलफल हुने छ ।

कोरोना रोकथामका लागि गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेसको केन्द्रीय समिति बैठक पहिलोपटक बस्न लागेको हो । कांग्रेसको पार्टी पदाधिकारी बैठक भने यस अवधिमा तीन पटक बसिसकेको छ ।