‘लकडाउन’पछि के होला ?

‘लकडाउन’पछि के होला ?


■ बबिता बस्नेत

कोरना भाइरसका कारण २०७६ साल चैत्र ११ गते देखि सुरु भएको ‘लकडाउन’ एक महिना पूरा भई पुनः अर्को दश दिनलाई थपिएको छ । यसबीचमा एक महिनाको समय कति हो भन्ने हामीले राम्ररी महसुस गर्ने मौका पाएका छौँ । समय भन्ने कुरा हामीले कसरी बितायौँ त्यसमा भर पर्छ । राम्रा पलहरू चाँडै जान्छन्, दुःखद पलचाहिँ लामा हुन्छन् । मुलुक कुनै बेला यस प्रकारको ‘लकडाउन’मा जाला भन्ने कल्पना पनि गरिएको थिएन ।

कामकाजी मानिसले ओछ्यानमै दिनभरीको कामबारे सोच्ने, माइण्ड मेक-अप गर्ने, काममा जाने, साँझ फर्कने, परिवारसँग बिताउने, भोलिपल्टदेखि फेरि त्यही दिनचर्या, जिल्ला, राजधानी, देश-विदेश, एकपछि अर्को जिम्मेवारी । गृह ब्यवस्थापकहरूको आफ्नै जीवनशैली, विभिन्न पेशा-ब्यवसाय धानिरहेकाहरू, उद्योग-ब्यवसाय चलाइरहेकाहरू, यातायात, होटल, ट्रेकिङ, हवाई उडान… चलायमान जिन्दगी एकाएक ठप्प हुँदा कस्तो हुन्छ भनेर सोचिएकै थिएन । त्यही नसोचेको जिन्दगी यसबीचमा हामीले भोग्यौँ, भोगिरहेका छौँ ।

‘लकडाउन’ सुरु-सुरुमा हामीमध्ये धेरैलाई रमाइलो लाग्यो । विशेषगरी वर्षौंदेखि राम्ररी घर बस्न नपाएका, परिवारसँग समय बिताउन नपाएकाहरूका लागि ‘अति आवश्यक आरामी छुट्टी’ जस्तो लाग्यो । खान-बस्नको दुख नभएका र दौडधुपपूर्ण जीवन बाँचिरहेकाहरूले सुरुका दुई हप्ताको समय असाध्यै रमाइलो गरी बिताए । बस्ने ठाउँ नभएका, टहरामा धेरै जना कोचाकोच गरेर बस्दै आएका, मजदूरी गर्दै सोही दिन कमाएर खानेहरूका लागि सुरुको दिनदेखि नै ‘लकडाउन’ कठिन बन्यो । उक्त कठिन समयको सामना गर्न नसकेर कति मजदुरहरू राति हिँडेरै आ-आफ्नो घरतर्फ लागे । यद्यपि, उनका ती घरहरूको अवस्था पनि कठिन परिस्थितिको सामना गर्न सक्ने प्रकारका भने छैनन् । यदि त्यस्तो हुँदा हुन् त उनीहरू घर–परिवार छोडेर शहर भित्रिने नै थिएनन् ।

काम नभएपछि कुराको खेती यति धेरै हुन थाल्यो कि अरुले लेखेका अनेक प्रकारका तनावयुक्त कुराहरूको असर हाम्रो सोचमा पर्न थाल्यो । ओछ्यानबाटै कुनै पनि विषयमा आफ्ना विचारहरू पोष्ट गऱ्यो, त्यसको प्रतिक्रियामा थप प्रतिक्रिया दियो । कतिपय अवस्थामा विचार नमिल्नेसँग ‘तँ-तँ र म-म’ को स्तरमा शब्दयुद्ध गऱ्यो । एउटा अनौठो दिनचर्याबाट हामी गुज्रिरहेका छौँ ।

यसबीचमा हाम्रो दिनचर्चा बदलियो । बिहान कामको बारेमा सोच्दै उठ्ने हामी अबेलासम्म सुत्न थाल्यौँ । राति १२ बजेपछि सुत्नु धेरैको दिनचर्या बन्यो, जुन स्वास्थ्यको हिसाबले अलिकति पनि राम्रो होइन । बाहिरको काम नभएपछि सामाजिक सञ्जालमा धेरैको समय बित्न थाल्यो । काम नभएपछि कुराको खेती यति धेरै हुन थाल्यो कि अरुले लेखेका अनेक प्रकारका तनावयुक्त कुराहरूको असर हाम्रो सोचमा पर्न थाल्यो । ओछ्यानमै कुनै पनि विषयमा आफ्ना विचारहरू पोष्ट गऱ्यो, त्यसको प्रतिक्रियामा थप प्रतिक्रिया दियो । कतिपय अवस्थामा विचार नमिल्नेसँग ‘तँ-तँ र म-म’ को स्तरमा शब्दयुद्ध गऱ्यो । एउटा अनौठो दिनचर्याबाट हामी गुज्रिरहेका छौँ ।

एकातिर खानपान र बिग्रिएको निन्द्राले शरीरमा असर गर्दै गएको छ भने नपढे पनि र नसुने पनि हुने विचारहरूले मस्तिष्कमा प्रहार गरिरहेको छ । बजारमा खानेकुराको अभाव छैन तर साथमा भएको पैसा सकिँदैछ । घर बस्दाबस्दै हामीमध्ये कतिको जागिर गइसक्यो । धेरैपछि घर बस्दा भएको आनन्द अभावसँगै हराउन थालेको छ । अभावले मानिसको जिन्दगीबाट सुख, खुशी र शान्ति एकैपटक खोसेर लिन्छ । आफूसँग केही हुँदा जोडिएर आउने आफ्नोपन आफुसँग केही नहुने बित्तिकै पर हुन थाल्छ । परिवारका सदस्यदेखि साथीहरू सम्ममा यो लागु हुन्छ । मानव-जीवनका पहलुहरू बडो क्रुर छन् । ‘लकडाउन’पछि यो क्रुरताले धेरै मानिसहरूलाई बाँच्न कठिन बनाउने छ ।

राजधानीमा धेरै मानिसहरू भाडामा बस्छन् । घरभाडाको ब्यवस्थापन सरकारले गर्न सकेको छैन । कुनै पनि बेला भाडा बढाउने र घरबाट निकाल्ने छुट घरपट्टिलाई छ । ‘लकडाउन’पछि धेरै मानिसहरू सहज रुपमा भाडा तिर्न सक्ने अवस्थामा हुने छैनन् । घरभेटीलाई देख्दा मन झसङ्ग हुनेहरूको संख्या अर्को महिनासम्ममा ठुलो हुनेछ । काठमाडौंका धेरैजसो घरभेटीहरूमा मानवीय सम्वेदना कमै छ । त्यसको असर स्कुल पढ्दै गरेका कलिला बालबालिकासहित पूरा परिवारलाई हुनेछ । लकडाउन खुले पनि उद्योगहरू पहिलाकै अवस्थामा पुग्न समय लाग्नेछ । साना उद्योगहरूमा रोजगारी पाएकाहरूको रोजगारी गुमिसकेको छ । मिडिया हाउसले त पत्रकारहरू निकालिरहेको अवस्थामा अन्य पेशा–ब्यवसायको कुरै भएन ।

अभावले मानिसको जिन्दगीबाट सुख, खुशी र शान्ति एकैपटक खोसेर लिन्छ । आफूसँग केही हुँदा जोडिएर आउने आफ्नोपन आफूसँग केही नहुने बित्तिकै पर हुन थाल्छ । परिवारका सदस्यदेखि साथीहरू सम्ममा यो लागु हुन्छ । मानव-जीवनका पहलुहरू बडो क्रुर छन् ।

गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय संस्थामा ठूलो संख्यामा नेपालीहरूको संलग्नता छ । आफ्नै देश सङ्कटबाट गुज्रिएपछि दाताराष्ट्रहरूले अरुलाई सहयोग गर्ने कुरा आएन । विभिन्न देशबाट डिग्री हासिल गरेका मानिसहरूको ठुलो जमात एनजीओ, आइएनजीओमार्फत सहयोगको सीमा खुम्चिएसँगै घर बस्न बाध्य हुनेछन् । यहीबीचमा विभिन्न देशमा पसिना बगाएर मुलुकमा रेमिट्यान्स पठाइरहेका युवाहरू लाखौँको संख्यामा बेरोजगार भएर स्वदेश फर्कनेछन् । देशमा उनीहरूलाई दिनका लागि रोजगारीको ब्यवस्था हुने सम्भावना देखिँदैन । विभिन्न देशमा विद्यार्थी पठाएर कन्सल्ट्यान्सी चलाउनेहरूले पनि केही रोजगारी दिएका थिए । अब लामो समयलाई तिनले ब्यवसाय बन्द गर्नुपर्ने छ । पर्यटन ब्यवसाय अब केही वर्षका लागि स्थगितसरह हुनेछ । यसका दुई वटा कारण छन्, पहिलो- मानिसहरूको अन्तर्राष्ट्रिय आवतजावत सहज हुन केही वर्ष लाग्नेछ, दोश्रो- विदेश यात्रा र घुमघामका लागि मानिसहरूसँग पैसा हुने छैन ।

वर्षौंअघि घर छोडेर राजधानीमा काम गर्दै आफ्नो पढाइ अघि बढाउँदै गर्ने सपना बोकेर काठ्माडौं छिरेकामध्ये धेरैको लामो समय राजधानीमै बितिसक्यो । छोराछोरीको पढाइ यतै छ । गाउँको घर–जग्गा कतिले बेचिसके, हुनेहरूमध्ये पनि आफूलाई धान्न सक्ने अवस्था धेरैको छैन । हाम्रो पारिवारिक संरचना एक जनाले कमाएर परिवारै पालिनुपर्ने खालको छ । यस्तो अवस्थामा एक जनाको रोजगारी गुम्नु भनेको परिवारै बिचल्लीमा पर्नु हो । त्यस्ता मान्छेहरूको संख्या धेरै छ । वैदेशिक रोजगारीका कारण गाउँघरको जीवनशैली विगतको जस्तो छैन । गाउँमा खेती गरिँदैन, तरकारी लगाइँदैन । गाई-बस्तु पालेर दही-मही खाने चलन हराउँदै गएको छ । महीको ठाउँ बियरले लिएको छ । हरेक कुरा किनेर खाने बानी परेको छ । अब छोरो या पति घर फर्किएपछि त्यो अवस्था रहँदैन, अनि के हुन्छ ?

विदेशमा पसिना बगाएर पैसा पठाउँदा राम्रो भएको त्यही ब्यक्ति खाली हात घर फर्कंदा एकाएक काम नलाग्ने मान्छेका रूपमा परिणत हुन सक्नेछ । हिजोआज सन्तानलाई बाबुभन्दा बढि ल्यापटप, आइप्याड, आइफोन लगायतका कुराहरू चाहिएको छ । पति या पत्नीलाई पनि आफ्नोपन र आत्मियताभन्दा पैसा र हेर्दा स्वतन्त्रता जस्तो लाग्ने स्वच्छन्दता बढि आवश्यक देखिएको छ । वैदेशिक रोजगारबाट युवाहरू फर्किएपछि परिवारका सदस्यहरूले ती दुवै कुरा पाउने छैनन् । स्वयम् ती युवाहरू मध्ये कतिको अनलाइन विवाहेत्तर सम्बन्ध छ । उनीहरूलाई पनि घरमा पत्नी र परिवारसँग बस्न सकस हुनेछ । टेलिफोन, इन्टरनेट र सामाजिक सञ्जालका कारण सञ्चारमा भएको सहज पहुँचले हाम्रो सामाजिक र पारिवारिक संरचनालाई हामीले सोचेभन्दा धेरै नै ध्वस्त बनाइसकेको छ । यसका राम्रा पटाहरू थुप्रै छन् तर चुकाउनु परेको सामाजिक मूल्य ठूलो छ ।

विदेशमा पसिना बगाएर पैसा पठाउँदा राम्रो भएको त्यही ब्यक्ति खाली हात घर फर्कंदा एकाएक काम नलाग्ने मान्छेका रूपमा परिणत हुन सक्नेछ । हिजोआज सन्तानलाई बाबुभन्दा बढि ल्यापटप, आइप्याड, आइफोन लगायतका कुराहरू चाहिएको छ । पति या पत्नीलाई पनि आफ्नोपन र आत्मियताभन्दा पैसा र हेर्दा स्वतन्त्रता जस्तो लाग्ने स्वच्छन्दता बढि आवश्यक देखिएको छ ।

‘लकडाउन’पछि यी र यस्ता धेरै कुराहरू हुनेछन् जसको सिधा असर मानसिक र मनोवैज्ञानिक रूपमा पर्नेछ । मानिसका धेरै तनावहरू आर्थिक अवस्थासँग जोडिएका हुन्छन् । आर्थिक तनावबाट मुक्त नहुञ्जेलसम्म मानिसले पृथ्वी र ब्रम्हाण्डको कुरा त धेरै पर भयो आफ्नै समाज, परिवेश र देशको बारेमा सोच्न सक्दैन । नयाँ खोज, अनुसन्धान र मुलुक या विश्वलाई योगदान दिनका लागि मानिस आर्थिक झन्झटबाट मुक्त हुनु पर्छ । अर्थ भन्ने कुराले मानिसको जीवनमा अचम्मैको भूमिका निर्वाह गर्छ । आर्थिक रूपले धेरै नै सम्पन्न भयो भने पनि कतिपय मानिसले सामान्य जीवन बाँच्न सक्दैनन्, कुलतमा लाग्छन् । आफ्नो वरिपरि सबै कुरा छ, अनि के गर्ने ?

डिप्रेशनको औषधी खाएर बाँचिरहेका आर्थिक रूपले सम्पन्न मानिसहरूको सङ्ख्या विश्वमा ठूलो छ । आर्थिक अभाव नहुनेहरूले झेल्ने समस्या विश्वमै ‘रिलेशनसीप’ लगायतको हो । हाम्रो सन्दर्भमा ‘लकडाउन’पछिको आर्थिक तनावको प्रत्यक्ष असर मानिसको जीवनमा पर्नेछ । हाम्रो समाज हुनेहरूका लागि सहयोगी समाज हो, नहुनेका लागि होइन । त्यसै पनि मुलुक समस्यामुक्त थिएन । ‘लकडाउन’पछि थप समस्याहरू निम्तिने निश्चित छ । ती समस्यालाई सहज रुपमा लिएर अहिलेदेखि नै समाधानका उपायहरूको खोजी गर्नु आवश्यक छ ।