अबको क्रान्तिबिन्दु

अबको क्रान्तिबिन्दु


■ देवप्रकाश त्रिपाठी

परिवर्तनमा राजनीतिक नेतृत्वको भूमिका जहिले पनि अधिक महत्वपूर्ण र निर्णायक मानिन्छ । गैरराजनीतिक क्षेत्रको भूमिकाले परिवर्तनको निम्ति बाध्यकारी परिस्थिति बनाएको अवस्थामा पनि त्यसलाई संस्थागत गर्ने कार्यमा राजनीतिक नेतृत्वकै देन सर्वोपरी हुनजान्छ । कोरोना महामारीले विश्वलाई आक्रान्त पारिरहेको यो समयमा नेपाल थप सङ्कटको सामना गर्दैछ । कोरोनाबाट संसार मुक्त भएपछि पनि विफरले झैँ मानव समाजलाई कहिल्यै नमेटिने दाग यसले लगाउने निश्चित छ ।

नेपाल जस्ता आफ्नै उत्पादनमा बाँच्न बिर्सिएका मुलुकका निम्ति अबका दिनहरू थप कष्टकर हुन सक्छन् । विपत्तिको व्यवस्थापनमा ‘लकडाउन’ गराउने बाहेकका कार्यमा सरकारी भूमिका रुग्ण देखिएपछि सरकार ‘परिवर्तन’बाट सम्पूर्ण समस्याको समाधान हुने प्रचारबाजी शुरु भएको छ । वर्तमान र भावी समस्याको समाधान वास्तवमा सरकार परिवर्तनबाट हुनेछ या संविधान बदलेर मात्र हुनसक्छ या सम्पूर्ण सामाजिक र राजनीतिक व्यवस्था नै परिवर्तन गर्नुपर्ने हुन्छ ?

सरकार र संविधान बदलेर मात्र समस्याको समाधान सही ढङ्गले नहुने स्थिति एकतिर छ भने अर्कोतर्फ राजनीतिक परिवर्तन पनि अब त्यति सहज ढङ्गले सम्पन्न हुन सक्ने देखिँदैन । कतिपय मानिस राणाशासन र राजतन्त्र फालिएको पृष्ठभूमि ‘बामपन्थी काङ्ग्रेस’ र ‘वामपन्थी कम्युनिष्ट’को सत्ता विस्थापित गर्न धेरै कसरत गर्नु नपर्ने ठान्दछन् । तर बुझ्नुपर्ने तथ्य के हो भने हिजो राणा शासन ब्रिटिस इण्डिया र आन्तरिक सैन्य बलमा टिकेको थियो भने राजाको बलचाहिँ जनता र सैन्यशक्ति थियो । उनीहरूको आफ्नै कुनै सङ्गठन थिएन, सेनालाई निष्कृय तुल्याएर बाह्य शक्ति सक्रिय हुने वित्तिकै तिनको सत्ता विस्थापित हुने स्थिति थियो । तर अहिले सेनालाई रक्षात्मक स्थितिमा यथावत राखेर बाह्य शक्तिसमेत सक्रिय हुँदा पनि सजिलैसँग राजनीतिक परिवर्तन हुने परिस्थिति छैन ।

यतिबेला सत्ताको स्वाद लिनेहरूको सङ्ख्या स्वात्तै बढेर सैयौँबाट लाखौँमा पुगेको छ, वडा–वडामा ‘मन्त्री’ र ‘प्रधानमन्त्री’ आफैंलाई ठान्नेहरूको दबदबा छ, सबै पालिकाका अधिकाङ्श प्रतिनिधिहरूले विद्यमान राजनीतिक प्रणालीलाई आर्जनको राम्रो श्रोतको रूपमा प्रयोग गरिरहेका छन् र गाउँ–गाउँमा अहिले तिनकै दादागिरी चल्दछ । निजामति सेवा, प्रहरी र संवैधानिक निकायहरूमा समेत देशभन्दा दललाई प्राथमिकता दिनेहरूको सङ्ख्या बढाइएको छ । ‘डिमक्रेसी’ ‘क्लेप्टोक्रेसी’मा बदलिँदा कसरी लुटेराहरूको शासन चल्दोरहेछ भन्ने तथ्यानुभूति राम्रोसँग गर्नु परेको छ ।

चोरतन्त्र (Kleptocracy) विस्थापित गर्ने कार्य गणतन्त्र स्थापना गर्नभन्दा अनेक अर्थमा कठिन हुन्छ, सानोतिनो प्रयासबाट राजनीतिक परिवर्तन हुनेछैन । मानव समाजले जहिले पनि सकारात्मक परिवर्तनको इच्छा राखिरहेको हुन्छ, तर यस्तो परिवर्तनको अगुवाइ खराबहरूबाट भयो भने त्यसबाट मुक्ति पाउन धेरै ठूलो सामर्थ्य लगाउनुपर्ने र जोखिम उठाउनुपर्ने हुन्छ । यसको अर्थ खराबहरू बलवान छन् तिनलाई नै अगुवा बनाइराख्नुपर्छ भन्नेचाहिँ होइन । जनता आफै नउठ्ने र खराबहरू सङ्गठित शक्तिको रूपमा रहेकोले तिनलाई परास्त गर्न सानोतिनो प्रयासले नहुनेतर्फ मात्र यहाँ सङ्केत गर्न खोजिएको हो ।

सरकार, संविधान या व्यवस्था परिवर्तनको अपरिहार्यताका बारेमा विद्वान विश्लेषकहरूले अनेकौँ लेख लेखेका छन् र, हामीले पनि राजनीतिककेन्द्रित लेखमार्फत स्थिति प्रस्तुत गर्ने प्रयास गर्दै आएका छौँ । यो लेखमा परिवर्तन हुनुपर्ने अप्रत्यक्ष तर आधारभूत पक्षको बारेमा सुस्पष्ट गर्न खोजिएको छ ।

अर्को पक्षको दोष देखाउन सक्ने तर स्वपक्षको पुष्टि गर्न नसक्ने र केवल विध्वङ्सात्मक कार्य गर्ने अवधारणालाई वितण्डावाद भनिन्छ । आफ्नो स्वतन्त्र मतको स्थापना गर्न नसक्ने अर्को पक्ष या विचारलाई खोटी या दोषी देखाएर आफ्नो अस्तित्व कायम गर्ने स्वभाव या चरित्र वितण्डावादीको हुन्छ ।

कृत्रिमतामा रमाउँदै गएको मानव–समाजलाई प्रकृतिमैत्री बनाउनु नै अबको परिवर्तनको मूल उद्देश्य हुनुपर्छ भन्ने चेत आममानिसमा अङ्कुरित भएको छ भने परिवर्तनको प्रारम्भ बिन्दुबारे जिज्ञाशा पैदा हुनु स्वभाविक हुन्छ । एकाध मन्त्री, सल्लाहकार या सरकार फेरिँदा भोलिको आवश्यकतालाई सम्बोधन गर्न सक्ने व्यवस्थापकीय स्थिति पैदा हुने विश्वासका आधार छैनन् । सिङ्गै व्यवस्था बदल्ने कुरा पनि राजनीतिक इतिहासको एउटा नियम नै हो । तर हामीले परिवर्तन गर्नैपर्ने र त्यसनिम्ति मूख्य सामर्थ्य केन्द्रित गर्नुपर्ने विषय अरु नै छन् ।

नेपाल यतिबेला भौतिकवादीहरूको पूर्ण कब्जामा छ, भौतिकवादीहरू देहसुख र आफ्नो सुखलाई केन्द्रबिन्दुमा राखेर व्यवहार गर्छन् भन्ने पक्षलाई हामीले भुल्नु हुँदैन । यस किसिमको प्रवृत्तिले राज गर्न थालेपछि विश्वास र आस्थाका केन्द्र मन्दिरहरूलाई समेत पर्यटकीय (घुमघाम गर्ने) केन्द्रका रूपमा बुझ्न–बुझाउन थालिएको छ । भौतिकवादीहरू आफूलाई ‘आधुनिक’ र विज्ञानसम्मत चेत भएका प्राणी ठान्छन् । मार्क्सवादलाई जीवन दर्शन बनाउने भौतिकवादीहरू त झनै उन्नत चेतका अत्याधुनिक मानिसका रूपमा आफ्नो परिचय दिन खोज्छन् । मार्क्सले मानिसलाई देहसुखमा सीमित र केन्द्रित रहन प्रेरित गरे, चेतन या ईश्वर तत्वको अस्तित्वलाई पूर्ण अस्विकार गर्दै यही जीवनलाई सुखमय बनाउन उनले संसारलाई आह्वान गरे । मार्क्सभन्दा अघि पनि युरोपमा दार्शनिकहरूको उदय नभएको होइन । उनीहरू या त ईश्वर तत्वको अस्तित्व भए–नभएको विषयमा केन्द्रित रहे या बुद्धिवाद, ज्ञानवाद, अनुभववाद जस्ता विषयमा अल्झिरहे ।

यस क्रममा हिगल र काण्ट जस्ता मौलिक दार्शनिकहरू पनि युरोपमा पैदा नभएका होइनन्, तर मार्क्सले ‘वर्ग सङ्घर्ष’ र कम्युनिष्ट सत्ताको अवधारणा अघि सारेर विचारको राजनीतिकरण गरिदिए । पेटको मात्र चिन्ता गर्ने मान्छेहरूको सङ्ख्या जहिले पनि बहुसंख्यक हुने र बहुसंख्यकको हातमा सत्ता नभएकोले राज्य शोषणको साधन बनिरहने भन्दै उनले भौतिकवादी दर्शनलाई सिधै राजनीतिसँग जोडिदिए । भिड जम्मा गरेर सत्ताको मालिक बन्न चाहने चरम महत्वकाङ्क्षीहरूलाई मार्क्सले गज्जबको खुराक दिए । कार्लमार्क्स भौतिकवादी विचारका जनक होइनन्, पूर्वीय सभ्यतामा हजारौँ वर्षअघि नै चरम भौतिकवादको जन्म भएर आम रूपमा स्विकार्य नभएको हो । तर संसारका कम्युनिष्टहरू मार्क्स नै भौतिकता र आधुनिकताका प्रणेता भएजस्तो गर्छन् ।

पूर्वीय सभ्यतामा पैदा भएका जैन र बौद्ध धर्मलाई अनिश्वरवादी (भौतिकवादी) मानिन्छ । वृहस्पतिले दानवहरूलाई ज्ञान दिने क्रममा उत्पन्न विचारमध्ये नास्तिकता र भौतिकवादलाई चार्वाक नामक दैत्य (दानव)ले निकै राम्रोसँग प्रचार गरेको हुनाले चरम भौतिकवादी दर्शनलाई ‘चार्वाक’का रूपमा चिनिएको हो । चार्वाकले जति सूक्ष्म र उत्कर्षमा पुगेर भौतिकवाद र नास्तिकताको व्याख्या अरु कुनै दर्शनले गरेको छैन । ‘चार्वाक’ले प्रत्यक्षलाई मात्र प्रमाण मान्छन्, आवाजसम्मलाई पनि प्रमाणका रूपमा लिँदैनन् । यो दर्शनले शरीर (पदार्थ)लाई चेतनाको आधार मान्दछ । चार्वाकले नै वितण्डावादको पनि प्रादुर्भाव गराएको छ । अर्को पक्षको दोष देखाउन सक्ने तर स्वपक्षको पुष्टि गर्न नसक्ने र केवल विध्वङ्सात्मक कार्य गर्ने अवधारणालाई वितण्डावाद भनिन्छ । आफ्नो स्वतन्त्र मतको स्थापना गर्न नसक्ने अर्को पक्ष या विचारलाई खोटी या दोषी देखाएर आफ्नो अस्तित्व कायम गर्ने स्वभाव या चरित्र वितण्डावादीको हुन्छ । पौराणिक कालमा सुर र असुर अर्थात् देवता र दानवबीचका मतभिन्नता र तनावबारे पूर्वीय शास्त्रहरूमा व्यापक चर्चा भएको पाइन्छ ।

असुरहरू ‘चार्वाक’ विचारका ‘फलोअर’ थिए, भैंसीको दहीमा गधाको पिसाव र गोबर मिसाएर एउटा भाँडोमा (ढाकेर) राखियो भने त्यहाँ बिच्छि पैदा हुन्छ, त्यसैले पदार्थको परिणाम चेतना हो भन्ने तर्क उनीहरूको हुन्थ्यो । उनीहरू देहात्मवादी अर्थात् देहलाई नै आत्मा ठान्दथे, चेतन या ईश्वर तत्वको स्वतन्त्र अस्तित्वलाई सम्पूर्ण रूपमा अस्विकार गर्दथे । भौतिकवादी भएकैले उनीहरू आफ्ना आकाङ्क्षा पूरा गर्न जस्तोसुकै साधन अपनाउन हिचकिचाउँदैनथे र मोजमस्तिमा आशक्त थिए । पृथ्वी, जल, अग्नी र वायुलाई मात्र सृष्टिको अन्तिम आधार मानेको चार्वाकले मृत्युसँग नडराइकन सम्पूर्ण जीवन सुखभोगमा लगाउनुलाई बुद्धिमानी भनेको छ ।

ईश्वरको सिंहासनका दाहिनेतिर धार्मिकहरू लामबद्ध हुने र बायाँतर्फ पापीहरू रहन्छन् भन्ने विश्वासका आधारमा लासलाई जमिनमुनि गाडेर राख्ने गरिन्थ्यो । यही मान्यताको अनुशरण गरेर फ्रान्स र बेलायतका राजाले संसदमा आफूले खराब, पापी र आलोचक ठानेका सदस्यहरूलाई बायाँ हाततर्फ तथा असल, योग्य र सहयोगी ठानिएकाहरूलाई दायाँ हाततर्फ राखेर छलफल गर्ने परम्परा बसाएका हुन् । यही परम्परा आखिर आधुनिक भनिने राजनीतिक अभ्यासमा आइपुग्दा ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ का रूपमा कायम हुन पुगेको छ ।

चार्वाक दर्शनले निर्देश गरेबमोजिमको ब्यवहार नेपालमा कुन–कुन राजनीतिक समुदायको छ र तिनको प्रभाव आममानिसमा कसरी परेको छ भन्ने बारेमा यहाँ चित्रण गर्न आवश्यक ठानिएन । तर भौतिकवादी उर्फ आसुरी उर्फ दानवी उर्फ देहसुखवादी अर्थात् चार्वाक विचार दर्शनको उत्पत्ति र अभ्यास पूर्वीय सभ्यतामा अनादीकालदेखि नै हुँदै आएको हो । पूर्वीय सभ्यतामा सबैभन्दा ठूलो र निरन्तर द्वन्द्व पनि यिनै देवता (चैतन्यवादी) र दानव (भौतिकवादी) बीच भएको पाइन्छ । मार्क्सले पूर्वीय दर्शनको अध्ययन गरेनन्, उनी यहुदी थिए र यहुदी भएकैले शायद आफूलाई सर्वश्रेष्ठ ठान्दथे । यदि पूर्वीय दर्शनको विस्तृत अध्ययन गरेका भए या त मार्क्स साङ्ख्य, वैशेषिक, न्याय, बेदान्त या चार्वाक दर्शनको ‘फलोअर’ बन्थे र आफूले लेखेका पुस्तक जलाउँथे, या उनी स्वयम् आत्महत्या गर्दथे भन्न सकिन्छ ।

यहाँ एउटा सन्दर्भको स्मरण गर्नु उचित हुनसक्छ– दोस्रो विश्वयुद्धमा कम्युनिष्टलाई चरम घृणा गर्ने (प्रजातन्त्रवादको वकालत गर्ने) बेलायत र अमेरिकाले हिटलरका विरुद्ध सोभियत सङ्घको मार्क्सवादी शासकहरूसँग सहकार्य गरे । हिटलर आफूलाई आर्य बताउँथे र पूर्वीय सभ्यताका विचार एवम् नियमहरूको पालना गर्न खोज्थे । त्यसैले पश्चिमा दृष्टिमा हिटलर कम्युनिष्ट भन्दा पनि खतरनाक ठहर भए । अमेरिकी सत्ता र विश्व–व्यापारमा आज पनि यहुदीहरू नै हाबी छन् र यहुदी (मार्क्स)कै विचारको अनुशरण कम्युनिष्टहरूले गरिरहेका छन् ।

यहुदी, इसाइ र इस्लाम धर्म देहात्मवादी हुन्, उनीहरूको विचारमा शरीर र आत्मा एउटै हो, शरीरभन्दा बेग्लै आत्माको अस्तित्व रहँदैन । त्यसैले प्राचिन कालदेखि नै देहात्मवादीहरूले मृत शरीरलाई जमिनमा खाडल खनेर गाड्ने गर्दै आएका हुन् । प्राचिन मिश्र (इजिप्ट) मा देहलाई नै आत्मासमेत मानेर मृत शरीर कफिनमा राखि शव गाडिन्थ्यो । सुदूर भविष्यको अन्तिम विचारको (Last day & judgement) दिन ईश्वरको सिंहासनको दुवैतर्फ शवहरू उठेर खडा हुन्छन् भन्ने विश्वास उनीहरूको थियो । ईश्वरको सिंहासनका दाहिनेतिर धार्मिकहरू लामबद्ध हुने र बायाँतर्फ पापीहरू रहन्छन् भन्ने विश्वासका आधारमा लासलाई जमिनमुनि गाडेर राख्ने गरिन्थ्यो । यही मान्यताको अनुशरण गरेर फ्रान्स र बेलायतका राजाले संसदमा आफूले खराब, पापी र आलोचक ठानेका सदस्यहरूलाई बायाँ हाततर्फ तथा असल, योग्य र सहयोगी ठानिएकाहरूलाई दायाँ हाततर्फ राखेर छलफल गर्ने परम्परा बसाएका हुन् । यही परम्परा आखिर आधुनिक भनिने राजनीतिक अभ्यासमा आइपुग्दा ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ का रूपमा कायम हुन पुगेको छ । फ्रान्स र बेलायतका राजाहरू आफैं कति योग्य थिए त्यो छलफलको बेग्लै विषय हुनसक्छ । तर, त्यसबेला जनताले मानेका राजाले चाहिँ असल नदेखेका मानिस (सांसद) लाई बायाँपट्टि राख्ने गरेका हुन् ।

अहिले नेपाली राजनीति वामपन्थीको पूर्ण नियन्त्रणमा पुगेको छ । वामपन्थी भन्नाले कम्युनिष्टलाई मात्र बुझियो भने त्यो शत प्रतिशत गलत हुनेछ । नेपालमा हाल क्रियाशील कम्युनिष्ट, काङ्ग्रेस र राप्रपा तथा फोरम प्रजातिका सबै दलहरू वामपन्थीहरू हुन् । यी सबै दलभित्र गैरवामपन्थी र असल मानिस पनि हुन सक्छन्, तर समग्रमा सबै वामपन्थी हुन् । त्यसैले धर्मनिरपेक्ष संविधान जारी गरेर उनीहरू गैरधार्मिक एवम् गैरआध्यात्मिक अभ्यासमा केन्द्रित भएका छन् । हो, परिवर्तन गर्नुपर्ने यही बिन्दुमा हो । समग्र समाज र राज्यलाई अध्यात्मउन्मुख बनाइयो भने त्यसले नैतिक र धार्मिक व्यवहारलाई प्रोत्साहित तथा भ्रष्टाचार तथा आफूकेन्द्रित ब्यवहारलाई निरुत्साहित गर्न सक्छ र, परिणामस्वरूप देश सभ्य र समृद्ध हुनेछ ।

अध्यात्म र धर्मलाई एउटै रूपमा बुझिँदैन । हरेक आध्यात्मिक मानिस धार्मिक हुन सक्छन् तर प्रत्येक धार्मिक व्यक्ति आध्यात्मिक हुँदैछन् । स्वर्गप्राप्तिको आशा राखेर गरिने कर्मलाई धर्म भनिन्छ भने मुक्तिको उद्देश्यबाट गरिने कर्मचाहिँ अध्यात्म हो । मोहरहित भइ सत्कर्ममा समर्पित रहने अर्थात् परब्रह्म परमेश्वरमा लीन हुने अभ्यास–मार्गलाई अध्यात्ममार्गका रूपमा बुझ्न सकिन्छ । धार्मिक मानिस पापको डर या स्वर्गप्राप्तिको आशाका कारण गलत कार्यबाट जोगिन खोज्छन् भने आध्यात्मिक मानिस भय र लोभबाट मुक्त रहन्छन्, सत्यको निकट पुग्ने अर्थात् परमात्मासँग एकाकार (जीवनमै मुक्त) हुने उद्देश्यबाट प्रोरित हुन्छन् । आत्मा अर्थात् चेतन तत्वको अस्तित्व स्विकार गर्दै चित्त स्थिरताको साधनाबाट परमात्मासँग साक्षात्कार हुन निरन्तर यत्नशील रहनु नै अध्यात्मवाद हो ।

कोरोना महामारीले सबै प्राणीमध्ये उत्कृष्ट दाबी गरिएको मान्छे नै सबैभन्दा खराब प्राणी भएको पुष्टि गरेको छ । मानव जगतलाई यस महाघटनाले पाठ सिकाएको छ र, भविष्यमा आफ्नो जीवनशैली बदल्न आह्वान गरेको छ । कोरोना प्रकरणलाई एउटा सङ्केत या प्रारम्भका रूपमा आत्मसात गर्दै अबको जीवनमार्ग बदल्न सके मात्र धर्तिमा मानव–अस्तित्व अलिक दीर्घकालसम्म रहन सक्ला, होइन भने हाम्रै जीवनकालमा प्रलयले निम्तो पाउने निश्चित छ ।

चेतनतत्व, आत्मा, परमात्मा र ईश्वर तत्वको अस्तित्व स्विकार नगर्नु, पदार्थ तत्वबाट सृष्टि भएकोमा विश्वास गर्नु र देहसुखलाई केन्द्रविन्दुमा राखेर व्यवहार गर्नु भौतिकवाद हो । चेतनतत्व, आत्मा, परमात्मा, परब्रह्म र ईश्वरतत्व स्विकार गर्नेहरूलाई आस्तिक पनि भनिन्छ । आस्तिकहरू धर्म, अर्थ, काम र मोक्षलाई पुरुषार्थ मान्छन् भने नास्तिक (भौतिकवादी) हरू काम अर्थात् विषयाशक्तिलाई मात्र पुरुषार्थ ठान्छन् ।

वैशेषिक दर्शनका प्रणेता कणाद महर्षिले ६ पदार्थको ज्ञानलाई मुक्तिमार्गको निर्देश मानेका छन् भने न्याय दर्शनका प्रवर्तक गौतम ऋषिले सोह्र पदार्थको तत्वज्ञानबाट मुक्ति मार्गको ज्ञान प्रशस्त हुने बताएका छन् । उता साङ्ख्य दर्शन (कपिल मुनी)ले चाहिँ सृष्टिको अन्तिम आधारका रूपमा पुरुष (चेतना) र प्रकृति (पदार्थ) लाई ठहर गरेका छन् । सत्य र तथ्य पहिचान गर्न हामी कार्लमार्क्स, जोन लक, देकार्त, हिगल, काण्ट, फायरबरव, नित्से या बर्टेण्ड रसेल लगायतसम्म पुग्नुपर्ने अवस्था छँदैछैन । जीवन र कर्तव्यको सही मार्ग दर्शाउने अनेकौँ विचार र विधि पूर्वीय सभ्यता र दर्शनमै छ । त्यसैले समाज र राज्यलाई हाम्रै मौलिक सभ्यताको अभ्यासतर्फ लैजानु नै अबको परिवर्तनको प्रस्थान बिन्दु हो ।

पछिल्ला शताब्दीहरूमा मान्छेले चरम भौतिकवादको अभ्यास गऱ्यो र त्यसको परिणाम भोग्ने क्रम पनि अब शुरु भइसकेको छ । सृष्टिमा लाखौँ प्राणी र वनस्पति अस्तित्वमा छन्, तर एकप्रकारको प्राणी हामी मानिस मात्रले आफ्ना बाह्य गतिविधि नगरी घरभित्र बसिदिँदा प्रकृति, पृथ्वी र यसको पर्यावरणले रूप बदलेको छ । नदीहरू आफ्नो स्वभाविक स्वरूपमा फर्किएका छन्, पशुपन्छीहरू खुला विचरण गरेर प्रकृतिको सुन्दरता थपेका छन्, उनीहरू मानव बस्तीको वरिपरि निर्धक्क रमाउन थालेका छन् । कोरोना महामारीले सबै प्राणीमध्ये उत्कृष्ट दाबी गरिएको मान्छे नै सबैभन्दा खराब प्राणी भएको पुष्टि गरेको छ । मानव जगतलाई यस महाघटनाले पाठ सिकाएको छ र, भविष्यमा आफ्नो जीवनशैली बदल्न आह्वान गरेको छ । कोरोना प्रकरणलाई एउटा सङ्केत या प्रारम्भका रूपमा आत्मसात गर्दै अबको जीवनमार्ग बदल्न सके मात्र धर्तिमा मानव–अस्तित्व अलिक दीर्घकालसम्म रहन सक्ला, होइन भने हाम्रै जीवनकालमा प्रलयले निम्तो पाउने निश्चित छ ।

युनानी दार्शनिक प्लेटो आइडियाज (Ideas) लाई परमतत्व मान्थे । आइडिया स्थिर तथा निरपेक्ष रहन्छ भन्ने उनको विश्वास थियो । नेपालको सन्दर्भमा वैचारिक क्रान्तिको अरिहार्यता अझै बढेको छ । हामीले हिमाल जोगाउनु छ, हज्जारौँ नदीनाला, तालतलैया र सिङ्गै प्रकृति जोगाउनु छ । प्रकृति नजोगिएर मानव नजोगिने र बनदेवी, जलदेवी, आकाशदेवी तथा धर्तिमाताको पूजा गरी प्रकृतिरक्षामा सधैं समर्पित बैदिक सनातन हिन्दु धर्म, संस्कृति र संस्कारको रक्षा गर्न सक्दा मात्रै प्रकृति जोगिने प्रमाणित भइसकेकोले परिवर्तनको थालनी यहीँबाट हुनुपर्छ ।

वामपन्थवाद र भौतिकवादको सिकन्जाबाट मुलुकलाई मुक्त गर्न सङ्घर्ष नै गर्नुपर्छ भने पनि हामी नेपाली त्यसनिम्ति तयार हुनुपर्ने ऐतिहासिक घडी आएको छ । वामपन्थलाई क्रान्तिकारिता र भौतिकवादलाई आधुनिकता ठान्ने आतङ्ककारी अध्याय समाप्त भएकोले सभ्यताको नयाँ पाना पल्टाउन हामी सबै तयार होऔँ, जय मातृभूमि ! जय धर्मिमाता !!

यो पनि हेर्नुहोस्-
नागरिक अगुवाइमा नयाँ जीवनशैलीको अपरिहार्यता
‘कोरोना युद्ध’पछिको विश्व