थ्रेसिङ मेसिनको फित्तामा बेरिएर पूर्व राष्ट्रिय खेलाडीको निधन

थ्रेसिङ मेसिनको फित्तामा बेरिएर पूर्व राष्ट्रिय खेलाडीको निधन


फुटबल र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी नरी चन्दको गहुँ थ्रेसिङ गर्ने क्रममा गए राति (१ वैशाख) निधन भएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–५ वनगाउँका चन्दको ट्र्याक्टरले गहुँ थ्रेसिङ गर्ने क्रममा पट्टामा बेरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिनुभयो ।

मतृक चन्दको शव परीक्षणका लागि महाकाली अस्पताल पुऱ्याइएको छ भने चालक र ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।