३ माघ २०७७, शनिबार

वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा त्रिविद्वारा स्थगित

  प्रकाशित मिति
२८ चैत्र २०७६, शुक्रबार १६:४७


त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना (कोभिड–१९)को कारणले परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली र सेमेष्टर प्रणाली परीक्षा अर्को सूचना प्रकाशित नगरेसम्म स्थगित गर्ने निर्णय गरेको समितिका सदस्य सचिव तथा पनिकाका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । त्रिविले कोभिड–१९ को कारणले यसअघि चैतमा हुने परीक्षा पनि स्थगित गरेको थियो ।

वैशाख र जेठमा सञ्चालन गरिने परीक्षामा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्कायतर्फका चारवर्षे क्रमशः बीएस्सी, बिबिएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा तथा पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सीलिङ साइकोलोजी, स्कूल साइकोलोजी र पोष्ट ग्राजुएट इनउमन स्टडिजका पूरा तथा आंशिक परीक्षा रहेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

(२० वर्षअघिको ‘घटना र विचार साप्ताहिक’बाट) डा. हरिप्रसाद पोखरेल आज खोपको लहर चलेको छ । विश्वभर जताततै विविध खोपका दिवस,

संसद् भङ्ग गरेर निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय निर्विवाद रहन सकेन । भर्खरै फुटको मार्ग रोजेको सत्तारुढ नेकपाकै

(इतिहास) वि.सं. १९७५ फागुन १५ र १६ गतेका दिन श्री ५ महाराजाधिराज त्रिभुवन वीरविक्रम शाहदेवको शुभविवाह भारत-विहार राज्यका राजपूत दुई

नेपाली उद्योग धराशायी हुँदै छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै