१४ फाल्गुन २०७७, शुक्रबार

हालसम्म ३,५२४ व्यक्तिको कोरोना सङ्क्रमणको नमूना परीक्षण

  प्रकाशित मिति
२८ चैत्र २०७६, शुक्रबार १२:३२


मुलुकमा थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको अवस्था पनि सामान्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयद्वारा शुक्रबार (२८ चैत) आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको भन्दै हालसम्ममा तीन हजार ५२४ व्यक्तिको कोरोना सङ्क्रमणको नमूना परीक्षण गरेको बताए ।

उहाँले गत २४ घण्टामा ६३० वटा परीक्षण गरिएको जानकारी दिनुभयो । आठ सय बढी परीक्षणको क्रममा छ । हाल नेपालभरि आठ हजार ६६० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनका व्यक्तिको सङ्ख्या १२५ रहेको छ ।

प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले ¥यापिड डाइग्नोस्टिक टेस्ट ९आरडिटी० सामग्री प्रदान गरिएको बताउनुभयो । बागलुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई ऱ्यापिड डाइग्नोस्टिक टेस्टसम्बन्धी तालीम दिइएको र परीक्षणसमेत शुरु गरिएको सो अवसरमा जानकारी दिइयो ।

सङ्कटको समयमा जनशक्ति अभाव नहोस् भन्दै मन्त्रालयले सेवा बाहिरका र सेवा निवृत्त चिकित्सकलाई स्वेच्छिक रुपमा सेवामा आबद्ध हुन आग्रह गरेको छ । मन्त्रालयले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई परिचालन गर्ने भएको छ । विपदमा सहयोगका लागि स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको सेवा सुविधा काट्ने किसिमको निणय मन्त्रालयले नगरेको भन्दै उच्च मनोबलका साथ काम गर्न मन्त्रालयले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जिल्ला प्रहरी कार्यालय काभ्रेले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको छ । कार्यालयले शुरु गरेको अभियानको दोस्रो सातासम्म विभिन्न स्थानबाट

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड १० लाख ४६ हजारभन्दा बढी पुगेको छ । २४ घण्टाको अवधिमा भारतमा

सिबी अधिकारी, काठमाडौँं नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पुऱ्याउने थोरै

भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएलाविरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका