भारतमा कोरोना सङ्क्रमणको अवस्था र त्यसविरुद्धको व्यवस्थाबाट नेपालले के सिक्ने ?

भारतमा कोरोना सङ्क्रमणको अवस्था र त्यसविरुद्धको व्यवस्थाबाट नेपालले के सिक्ने ?


■ सनत आचार्य

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण रोकथामका लागि भारत सरकारले देशभर कर्फ्यू र लकडाउन जस्ता उपाय अवलम्बन गरे पनि पछिल्लो २४ घण्टामा भारतका विभिन्न राज्यमा कोरोना भाइरसको सङ्क्रमण द्रुत गतिले बढेको देखिन्छ । पछिल्लो तथ्याङ्कअनुसार भारतमा हालसम्म ६ हजार ४ सय १२ जना सङ्क्रमित भएको छन् भने १ सय ९९ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै ५ सय ४ जना मानिसहरू निको भई घर फर्किसकेका छन् ।

भारतमा सबैभन्दा बढि कोरोना प्रभावित राज्यको रूपमा महाराष्ट्र छ । पछिल्लो २४ घण्टामा यहाँ २ सय २९ जना नयाँ सङ्क्रमित देखापरेका छन् भने २५ जनाको मृत्यु भएको छ । हालसम्म महाराष्ट्रमा कुल १ हजार ३ सय ६४ सङ्क्रमित छन् भने ९७ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै, १ सय २५ जना निको भई घर फर्किसकेका छन् । महाराष्ट्रको मुम्वईमा मात्र ८ सय ५७ जनामा यो सङ्क्रमण देखिएको छ ।

महाराष्ट्रपश्चात सङ्क्रमणको चपेटामा परेको अर्को राज्य तामिलनाडु हो । यो राज्यमा पछिल्लो २४ घण्टामा नयाँ ९६ जनामा सङ्क्रमण देखिएको छ । योसंगै तामिलनाडुमा सङ्क्रमित हुनेको संख्या ८ सय ३४ छ भने जीवन गुमाउने ८ जना ।

कोरोना सङ्क्रमितको दृष्टिकोणले दिल्ली तेश्रो स्थानमा छ । दिल्लीमा बिहीबार (९ अप्रिल) मात्र ५१ जनामा नयाँ सङ्क्रमण देखापरेको छ । त्यहाँ हालसम्म दिल्लीमा ७ सय २० जना सङ्क्रमित रहेका छन् भने १२ जनाको मृत्यु भइसकेको छ । तेलंगनामा १८ जनामा नयाँ सङ्क्रमण देखिएको छ भने हालसम्म कुल ४ सय ७१ सङ्क्रमित र १२ जनाको मृत्यु भएको छ । राजस्थानमा ४ सय ६३ सङ्क्रमित र ३ जनाको मृत्यु भएको छ ।

नेपालसँग सीमा जोडिएका उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल र उत्तराखण्डमा समेत कोरोनाको सङ्क्रमण बढ्दो छ । उत्तरप्रदेशमा गत २४ घण्टामा ४९ जना नयाँ मानिसमा सङ्क्रमण देखापरेको छ । यससँगै उत्तरप्रदेशमा सङ्क्रमितको कुलसंख्या ४ सय १० पुगेको छ भने बिहारमा नया थप १९ जनामा पहिचान भएको छ । बिहारमा कुल ५७ जना सङ्क्रमित र उक जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा हालसम्म १६ जनामा सङ्क्रमण देखिएको छ भने ५ जनाले ज्यान गुमाइसकेका छन् । उत्तराखण्डमा ३५ जना सङ्क्रमित छन् भने मृत्यु हुनेको संख्या शुन्य छ । पाँच जना डिस्चार्ज भई घर फर्किसकेका छन् ।

सङ्क्रमितहरूलाई राख्नका लागि बेङ्लोर, दिल्ली, आसाम, मुम्बई लगायतका स्टेडिमहरूलाई क्वारन्टाइन र आइसोलेशन वार्डमा परिणत गरिएको छ । त्यस्तै भारतमा चल्ने रेलका २० हजार डब्बाहरूलाई मेडिकल सुविधासहित ३२ हजार मानिस अट्न सक्ने क्वारेनटाइन र आइसोलेशन वार्डमा परिणत गरिएको छ ।

नेपालसँग सीमा जोडिएका भारतका विभिन्न राज्यमा कोरोना संंक्रमणको अवस्था हेर्दा अन्य राज्यको तुलनामा कम देखिए तापनि जनघनत्व र आवतजावजका दृष्टिले निकै संवेदनशील छ । पूर्वी सीमा काकडभित्ता पश्चिम बंगालसँग जोडिएको छ । जोगवनी र रक्सौल बिहारसँग जोडिएको छ । सुनौली, रुपैडिहा उत्तरप्रदेश र गौरीफन्टा नाका उत्तराखण्डसँग जोडिएका छन् । कामको खोजीमा जाने नेपालीहरूको लागि उत्तरप्रदेश राज्यको लखनउ, पश्चिम बंगालको कलकत्ता, बिहारको पटना र उत्तराखण्डको देहरादुन मुख्य ट्रान्जिट हुन् । यिनै स्थानमा अहिले कारोना सङ्क्रमण बढेको पनि देखिन्छ ।

भारतका कुनै पनि स्थानमा जान र नेपाल प्रवेश गर्न यी ठूला वा साना नाकाहरूको प्रयोग भइरहन्छ । यिनै नाकाबाट हन्जारौ मानिस आवतजावत गर्ने गरिरहेका छन् । नेपालमा कोभिड–१९ को प्रकोपलाई फैलन नदिन यी नाकाहरूमा कडाई आवश्यक छ । अहिले यी नाकाहरू दुवै देशले बन्द गरेको अवस्था छ ।

भारतले नेपाल र भुटानको अन्तर्राष्ट्रिय सीमा सुरक्षार्थ सशस्त्र सीमा बल नामक प्रहरी संगठन राखेको छ भने नेपालले सशस्त्र प्रहरी तैनाथ गरेको छ । जनसङ्ख्याको आधार र बढ्दो प्रकोप सुक्ष्म विश्लेषण गर्ने हो भने नेपालको तुलनामा भारतमा कोरोनाको सङ्क्रमण क्रमिक रुपले बढेको छ । भारतले यसलाई समयमै नियन्त्रण गर्न सक्ला वा नसक्ला ? यो भविष्यले बताउने कुरा हो, तर यदि भारतमा सङ्क्रमण बढ्यो भने त्यसको प्रभाव नेपालमा तत्कालै दखिने कुरामा दुई मत रहन्न ।

‘रोटी–बेटी’को सम्बन्धका कारण पनि नेपाली र भारतीय नागरिक सुरक्षाका लागि यता वा उता हुने निश्चित छ । यसका लागि नेपाल सरकारले सीमा नाकाभन्दा पनि सम्पूर्ण सीमालाई अहिले देखि नै ‘लक’ गर्न जरुरी छ । यसका लागि सम्पूर्ण सीमाक्षेत्रमा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति जरुरी देखिन्छ । यसबाट हामी सुरक्षित रहने सम्भावना रहन्छ ।

यसका बाबजुद कोरोना सङ्क्रमण फैलिन नदिन सार्कका अन्य देशको तुलनमा भारतको योजना अग्रस्थानमा देखिन्छ । जनसंख्याको आधारमा विश्वको दोश्रो स्थानमा रहेकोले पनि भारत नागरिक–सुरक्षामा बढि नै संवेदनशील भएको देखिन्छ । कोरोना सङ्क्रमणका कारण प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा दुई पटक सम्बोधन समेत गरिसकेका छन् भने आमनागरिकलाई सुरक्षित रहन र कानुनको पालना गर्न दैनिकजसो ट्वीट गरिरहेका छन् । दुःखको यो क्षणमा एकआपसमा सहायोग गर्न उनले आम नागरिकलाई बेला–बेला आग्रह गरिरहन्छन् ।

जनस्तरबाट गरिब, निमुखा, श्रमिकहरूका लागि विभिन्न स्थानमा खुवाइएको खाना र किसानहरूले आफ्नो खेतबारीमा उत्पादन गरेका तरकारी छिमेकीहरूलाई निःशुल्क सहयोग गरेकोमा खुल्ला दिलले मानवताको प्रशंसा र अरुलाई पनि सो कार्य गर्न उत्प्रेरित गर्छन् प्रधानमन्त्री मोदी । यसबाट नागरिक जीवन रक्षाका लागि मोदी अति नै संवेदनशील रहेको र सबैको सहयोगबाट मात्र यो सङ्क्रमणलाई परास्त गर्न सकिने देखिन्छ ।

रोगसँग लड्ने प्रतिरोधात्मक शक्तिको विकास र स्वास–प्रस्वास बढाउनका लागि योग अम्यास र प्राणायाम गर्न नागरिकलाई सरकारद्वारा आग्रह गरिएको छ । बेला–बेला तातो पानी पिउन, हलेदो, बेसार, जिरा, धनिया, लसुनको प्रयोग गर्न पनि सुझाइएको छ । त्यस्तै, च्यवनप्रास खान, हर्वल चिया पिउन, काँढा, तुलसीपत्ता, दालचिनी, अदुवा, ताजा कागती पानी पिउन र खानामा तील, नरिवलको तेल र घ्यूको प्रयोग गर्न अनुरोध गरिएको छ ।

सङ्क्रमण रोक्नका भारत सरकारले स्वास्थ्य क्षेत्रलाई व्यापक रूपमा परिचालन गरिएको छ । अस्पताल र स्वास्थ्यकर्मीहरूलाई सजग र संवेनदशील हुन आग्रह गरिएको छ । त्यस्तै प्रधानमन्त्री गरिव कल्याण प्याकेजअनुसार स्वास्थ्यकर्मीहरू सङ्क्रमण रोकथाममा खटिँदा मृत्यु भएमा वा दुर्घटना परेमा ५० लाखसम्मको बीमा गरिएको छ । केन्द्रीय, राज्य र स्थानीय स्तरमा स्वयंमसेवक नियुक्त गरी व्यापक परिचालन गरिएको छ । राष्ट्रिय रक्तसंचार परिषदले देशभर रगतको कमी हुन नदिन सर्वसाधारणलाई समेत रक्तदान गर्न अपिल गरेको छ । केन्द्रिय तहबाटै प्रभावकारी ढङ्गले जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।

कोरोनाविरुद्ध जनचेतना जगाउनका लागि पोष्टर, पम्पलेट, फ्लेक्स बोर्डहरू विभिन्न स्थानमा राखिएको छ । रेडियो टेलिभिजन, पत्रपत्रिका र युट्यूबमार्फत सरकारले विभिन्न चेतनामुलक सामग्रीहरू निर्माण गरी प्रचारप्रसार गरिरहेको छ ।

रोगसँग लड्ने प्रतिरोधात्मक शक्तिको विकास र स्वास–प्रस्वास बढाउनका लागि योग अम्यास र प्राणायाम गर्न नागरिकलाई सरकारद्वारा आग्रह गरिएको छ । बेला–बेला तातो पानी पिउन, हलेदो, बेसार, जिरा, धनिया, लसुनको प्रयोग गर्न पनि सुझाइएको छ । त्यस्तै, च्यवनप्रास खान, हर्वल चिया पिउन, काँढा, तुलसीपत्ता, दालचिनी, अदुवा, ताजा कागती पानी पिउन र खानामा तील, नरिवलको तेल र घ्यूको प्रयोग गर्न अनुरोध गरिएको छ ।

गर्भवती र प्रसवपीडामा रहेका महिलाहरूको उपचार र विशेष निगरानीका लागि स्वास्थ्य क्षेत्रलाई गम्भीर हुन भनिएको छ । त्यस्ता महिलाहरूलाई विशेष रुपले हेर्न र व्यवस्था गर्न स्वास्थ्य क्षेत्रलाई आग्रह गरिएको छ ।

जीवन जिउनका लागि सरकारमा निर्भर, घरमा रहेका एकल बिरामी, गरिव, दैनिक रुपमा ज्याला–मजदुरी गरी जीवन निर्वाह गरिरहेका र जसको घरमा खानका लागि अनाज छैन त्यस्ता मानिसलाई घरमै अनाज पुऱ्याउन सिभिल डिफेन्सका स्वयमसेवकहरू परिचालन गरिएको छ ।

सङ्क्रमितहरूलाई राख्नका लागि बेङ्लोर, दिल्ली, आसाम, मुम्बई लगायतका स्टेडिमहरूलाई क्वारन्टाइन र आइसोलेशन वार्डमा परिणत गरिएको छ । त्यस्तै भारतमा चल्ने रेलका २० हजार डब्बाहरूलाई मेडिकल सुविधासहित ३२ हजार मानिस अट्न सक्ने क्वारेनटाइन र आइसोलेशन वार्डमा परिणत गरिएको छ । यसबाट भारत सरकारको कोरोनाविरुद्धको लडाइँमा सम्वेदनशील भई योजनाबद्ध तरिकाले अगाडि बढेको देखिन्छ । भारत सरकारले साना तथा महत्वपूर्ण सुचना र जानकारीहरू सरकारको आधिकारिक बेभसाईडमा समेत राखेको पाइन्छ ।

छिमेकी मित्रराष्ट्र भारतको यो तयारीबाट नेपाल सरकारले पनि सिक्नसक्ने र सिक्नुपर्ने कुरा धेरै देखिन्छन् । यसले भविष्यमा आउन सक्ने जोखिम कम गर्न महत्वपूर्ण मद्दत नगर्ला भन्न सकिँदैन । सम्बन्धित निकायहतको ध्यान बेलैमा पुगोस् ।