नेतृत्वको ‘फड्को’ र नेपालीको नियति !

नेतृत्वको ‘फड्को’ र नेपालीको नियति !


 आरके त्रिपाठी

चारु मजुमदारलाई हाम्रो जमानाको द्रोणाचार्य सम्झने हो भने तिनका एकलब्य जस्ता शिष्यमध्यका एक हुन् नेपालका वर्तमान प्रधानमन्त्री केपी ओली । युगअनुसारको भिन्नतालाई स्वीकार्ने हो भने एकलब्यले हातको औंला त्याग्नु परेको थियो भने वर्तमान प्रधानमन्त्रीले १४ वर्षको व्यक्ति हत्यावापत ‘कठोर जेल जीवन’ व्यतीत गर्नुपरेको थियो । कालान्तरमा मार्क्सका अनुयायी लेनिन, स्टालिन, माओ, पोलपोट आदिले प्रतिपादन गरेको साम्यवादी स्कुलिङबाट हुर्केका देङ स्याओ पेङलाई सत्तोसराप गर्ने हाम्रा कम्युनिष्ट नेताहरूले ठूलै वैचारिक फड्को मारेका छन् ।

सामान्तीवादको अन्त्य भई देश पुँजीवादी चरणमा प्रवेश गरेको अवसर पारेर हाम्रा प्रायः सबै सर्वहारा कमरेडहरूले आफुहरू पुँजीवादीमा रूपान्तरण गर्न थालेका छन् । जति उच्च राजनीतिक नेतृत्व तहमा पुग्यो त्यति धेरै पूँजी संकलन र प्रवर्धनका निमित्त उनीहरू लालायित हुने गर्दछन् । जनताभन्दा छिटो नेताहरू धनी भएकै कारणले कपाल दुखाउनुपर्ने थिएन, तर समस्या नेताहरू पुँजीपति बन्ने क्रममा मुलुक स्वार्थयुद्धको लपेटमा जकडिन पुगेको छ । सरकारप्रमुखद्वारा समय–समयमा हामी जनतालाई आफू ‘सन्तानविहीन र अस्वस्थ’ भएको हुनाले जीवनको बाँकी अवधि मुलुकलाई समृद्ध र सुखी तुल्याउन समर्पित हुने गरेका बाचाहरू औचित्यहीन हुँदै जानु र आशलाग्दा नेताहरू जनताले विश्वास गरेका नेतृत्व लिनेहरू नै भ्रष्टाचारमा लिप्त हुँदा चारैतिर नैराश्यता छाएको छ ।

रोजगार घटेको छ, भ्रष्टाचार बढेको छ । आर्थिक सूचक नकारात्मक छ । जनता निराश छन् । नेताहरू मोटाइरहेका छन् । धर्म र संस्कृति बेचिन थालेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध पनि निकै निराशाजनक छ । सरकार पूर्ण रुपमा असफल भएको स्पष्ट छ । गणतन्त्र ढल्ने संकेत आएको छ ।

यसो हुनुको प्रमुख कारण स्वार्थयुद्ध सिद्ध भएको छ । यदि नेताहरूको लगानी स्वास्थ्य र शिक्षामा नभइदिएको भए सायद प्रधानमन्त्रीलाई यतिबिघ्न कठोर हुनुपर्ने अवस्था आउने थिएन । ट्युनेसियामा सल्केको आगोको झिल्काबाट निर्मित अरब स्प्रिङबाट पाठ सिकेर वर्तमान संसदमा दुई तिहाइ बहुमतको समर्थन प्राप्त सरकारले ट्युनेसियाली नागरिक महोमद बौजियाजले १८ डिसेम्बरका दिन आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएर देह त्याग गरेजस्तै नेपालमा पनि भविष्यमा त्यस्तै हुने संकेत देखिएको र अहिले भइरहेको सरकारका अशोभनीय तथा अलोकप्रिय कार्यहरूले संघीय लोकतान्त्रिक गणराज्यसमेत समाप्त भई जटिल परिस्थिति निर्माण हुने संकेत देखिन्छ ।

सत्ताको वागडोर सम्हाल्ने हर्ताकर्ता नेताहरू सबैलाई थाहा छ जनता कसैले उचालेर उचालिएका होइनन् । भाषणमा भन्नु, उद्घोष गर्नु सजिलो कुरा हो, तर नेपालमा दुई तिहाइ बहुमत आएको सरकार २०१५ सालपछि पहिलोपटक हो । यो सरकारलाई नीतिगत निर्णय गर्न कसैले रोकेको/छेकेको छैन । सरकार अल्मलिएको छ । प्रधानमन्त्री विगत एक वर्षदेखि बिरामी हुनुहुन्छ । हरेक दिन देशको सम्पूर्ण नागरिकले स्वास्थ्य लाभ गरिरहेछन् । हालै मात्र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन कोरोना संक्रमण बढेपछि अस्पताल भर्ना भए । प्रधानमन्त्री जोन्सनले राजीनामा दिने-नदिने भन्ने बारेमा संसदमा र आफ्नै पार्टीभित्र छलफल चलाएको छ, केवल अस्पताल भर्ना भएको पहिलो दिनमै । तर, हाम्रो देशको नियति !? प्रधानमन्त्रीको स्वास्थ्यले गर्दा सरकार सञ्चालन र यसको प्रभावकारितामा असर परेको कुरा खुलेर गर्न सम्म पनि पाइन्न । कस्तो छ त हाम्रो संघीय लोकतान्नित्रक गणतन्त्रको नियति !के संघीय गणराज्यभित्र हामीले चाहेको यस्तै प्रजातन्त्र थियो त ?

वास्तवमा हामी नेपाली गरिब होइनौँ, गरिबी हाम्रो सोचाईमा छ । हाम्रो इतिहासको पाना पल्टाउने हो भने हामी कहिल्यै पनि हात फैलाउने हुँदै होइनौँ । कुनै समय बेलायतलाई सहयोग गर्न हैसियत राख्न सक्ने हामी अहिले किन यो अवस्थामा आइपुग्यौँ ? सोच्नुपर्ने कुरा यो हो । समय बित्दै गयो, दुनियाँ परिवर्तन भए, तर हामी ज्यूँकात्युँ रह्यौँ ।

हालै मात्र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन कोरोना संक्रमण बढेपछि अस्पताल भर्ना भए । प्रधानमन्त्री जोन्सनले राजीनामा दिने-नदिने भन्ने बारेमा संसदमा र आफ्नै पार्टीभित्र छलफल चलाएको छ, केवल अस्पताल भर्ना भएको पहिलो दिनमै । तर, हाम्रो देशको नियति !? प्रधानमन्त्रीको स्वास्थ्यले गर्दा सरकार सञ्चालन र यसको प्रभावकारितामा असर परेको कुरा खुलेर गर्न सम्म पनि पाइन्न ।

४०० वर्ष अगाडि बनेका साँस्कृतिक सम्पदा हाम्रा यसका चिनारी हुन् । प्राचीनकालमा बनेका ऐतिहासिक सम्पदाहरू कति चोरिए, कति बेचिए, त्यसको लेखाजोखा गरेर साध्य नै छैन । हुँदाहुँदै हामी सबैतिर चोर्दैछौँ । यो त कौरवहरूले द्रौपदीको सारी तानेको भन्दा बढि भयो । यो सरकार पूर्ण रुपमा असफल त भइसकेको छ, यसमा विवाद छैन । गणतन्त्र ढल्ने संकेत आएको छ । हरेक क्षेत्रमा सरकार निकम्मा देखियो । रोजगार घटेको छ, भ्रष्टाचार बढेको छ । आर्थिक सूचक नकारात्मक छ । व्यापारघाटा पनि बढेर गएको छ । जनता निराश छन् । गरिबहरू मरिरहेका छन् । नेताहरू मोटाइरहेका छन् । धर्म र संस्कृति बेचिन थालेको छ । नैतिक मूल्य र मान्यताहरूमा धमिरा लागेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध पनि निकै निराशाजनक छ । माथिका तथ्यहरूले सरकार पूर्ण रुपमा असफल भएको स्पष्ट छ ।

दुनियाँले समयलाई चिने, समयअनुसार परिवर्तन गर्दै लागे तर हामी भने जहाँको त्यहीँ नै रह्यौँ, जसले गर्दा अनेक देशमा नेपालीको हैसियत तेस्रो दर्जा जस्तो बनेको छ । यो कुरा हामीमा कहीँकतै छिपेको छैन ।

करिव ७० वर्ष अघिसम्म कोरिया र नेपालको प्रतिव्यक्ति आय करिव–करिव बराबरी थियो । तर अहिले हेरौँ– उसले नेपाली मजदूरको लागि नेपाली दूतावासमा पत्राचार गर्छ, हाम्रो भने काठमाडौंमा भीडलाई नियन्त्रण गर्न नसकेर प्रहरीले लाठीचार्ज र अश्रुग्यास हान्छ । यो हो हाम्रो वास्तविक भोगाई । जबसम्म हामी यी तमाम कुराबाट माथि उठ्न सक्दैनौँ, तबसम्म यसप्रकारको विलासिताले हामीलाई गिज्याउँछ । तसर्थ, सिंगापुरको समृद्धिको कथाले के सन्देश दिन्छ भने, यदि असल नेतृत्व र सही गन्तव्य भयो भने मुलुक गरिबीको शिकार बन्नु पर्दैन । यस सन्दर्भमा नेपालले पनि सिंगापुरबाट पाठ सिक्न पर्ने देखिन्छ ।