कोभिड १९ बाट मृत्यु हुनेको संख्या एकासी हजार नाघ्यो

कोभिड १९ बाट मृत्यु हुनेको संख्या एकासी हजार नाघ्यो


कोरोना भाइरसको संक्रमणबाट हालसम्म विश्वमा ८१ हजार २५० जनको ज्यान गएको छ । संक्रमित हुनेको कुल सङ्ख्या १४ लाख नाघेको र संक्रमित भएर पनि उपचारपछि ठिक भइ घर फर्कनेको संख्या २ लाख ९८ हजार पाँच सय रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसैबीच ट्विटरका प्रमुख ज्याक डोर्सीले कोरोना भाइरसको संक्रमणविरुद्ध सघाउन एक अर्ब डलर सहयोगको घोषणा गरेका छन् । डोर्सीले यो दान आफ्नो कुल सम्पत्तिको २८ प्रतिशत रहेको खुलासा समेत गरेका छन् ।

उता फ्रान्समा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दश हजार नाघेको छ । पछिल्लो आँकडाअनुसार फ्रान्समा दश हजार तीन सयले ज्यान गुमाएका छन् । यस तथ्याङ्कपछि फ्रान्स पनि दश हजार मृतक सङ्ख्या नाघ्ने तेस्रो मुलक बन्न पुगेको छ ।

यस्तै, चीनमा ६२ जनामा कोरोना भाइरस संक्रमणको नयाँ केश पाइएको एपीले जनाएको छ । यसका बाबजुद एघार साताको लकडाउनपछि बुधबार (८ अप्रिल) वुहानबाट पहिलो ट्रेन छुटेको छ भने वुहानका वासिन्दालाई अब जतासुकै जान अनुमति दिइएको छ ।