कोरोनाको आशंका गरिएका धादिङका युवाको रिपोर्ट नेगेटिभ

कोरोनाको आशंका गरिएका धादिङका युवाको रिपोर्ट नेगेटिभ


■ विकास रौनियार, धादिङ

कोरोना भाइरसको आशंका गरिएका एक जना युवाको रिपोर्ट नेगेटिभ आएको छ । यही चैत २० गते बिहीबार जिल्ला अस्पताल धादिङमा स्वास्थ्य परीक्षण गर्दा कोरोनाको लक्षणको आशंका भएपछि अस्पतालको आइसोलेशन वार्डमा राखेर उनको उपचार शुरु गरिएको थियो ।

धादिङ नीलकण्ठ नगरपालिका–१४ निवासी १८ वर्षीय आयुस तामाङको मंगलबार (२५ चैत) आएको रिपोर्टमा कोरोना भाइरस नेगेटिभ रहेको उल्लेख छ । उनको स्वाब परिक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

जिल्ला अस्पताल धादिङका अनुसार धादिङमा कोरोना आशंका गरिएका र संक्रमितको उपचारको लागि ९ बेड क्षमताको आइसोलेशन वार्ड निर्माण गरिएको छ ।