जोखिम बढेपछि नेपाल-भारत सीमामा द्विदेशीय संयुक्त गस्तीको निगरानी

जोखिम बढेपछि नेपाल-भारत सीमामा द्विदेशीय संयुक्त गस्तीको निगरानी


■ दिलिप कुमार यादव, कपिलवस्तु

कोभिड–१९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई ध्यान दिँदै कपिलवस्तुका नेपाल–भारतको सीमामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय पुलिस र एसएसबीको संयुक्त टोलीले निगरानी बढाएको छ । जिल्लाको कृष्णनगर, भिल्मी, हरदौना, खुनुवा, चकारचौडा, हथिहवा लगायतको सिमा क्षेत्रमा संयुक्त रुपमा निगरानी बढाइएको हो ।

विश्वभर कोरोना भाइरस फैलिरहेको बेला कपिलवस्तुको भारतसँग सीमा जोडिएको ठाउँमा संयुक्त निगरानी गरिएको सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले बताएका छन् । सीमासँग सटेर रहेको कपिलवस्तुको ७ सीमा सशस्त्र प्रहरी बल (बिओपी)को अगुवाईमा निगरानी गरिएको छ । चोरबाटो भएर नेपालदेखि भारतमा र भारतदेखि नेपालमा मानिस आवागमन गर्ने गरेको गुनासोलाई मध्यनजर गर्दै सीमा क्षेत्र निगरानी बढाएएकोे पुरीले बताए ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रको तीन सय मिटरको दूरीमा एक जना सशस्त्र प्रहरी खटिएका छन् । भने कपिलवस्तुमा सीमा क्षेत्रमा १ सय ५० जना सशस्त्र प्रहरी थप गरिएको छ ।

कपिलवस्तुको भारत सीमा क्षेत्रको सिद्धार्थनगर जिल्ला र नेपालको कपिलवस्तु लगायतको ठाउँमा कोरोना भाइरस नदेखिए पनि पुर्व तयारी गरि निगरानी बढाएको भारतीय एसएसबी खुनुवाका प्रमुख भुपेन्द्र सिंहले बताएका छन ।

चकारचौडा, गौरा, पुन्निहवा, रंगपुर, खुनुवा, हरदौना, बढनी, भिल्मी, कृष्णनगरलगायतका सीमाबाट हुने आवतजावत पनि पूर्ण रूपले बन्द रहेको छ । बन्द गरिएका नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरीले संयुक्त रुपमा अनुगमन गस्ती गरिरहेको जनाइएको छ । जिल्लाको चकारचौडा, खुनुवा र कृष्णनगर मुख्य नाकाहरुमा हेल्थ डेस्क संचालनमा रहेको छ ।